विज्ञापन

भैरहवाका १० वटा अवैध निजी स्वास्थ्य संस्थामा जिल्ला प्रशासनले लगायो ताला

विज्ञापन
Image
विज्ञापन

भैरहवा । भैरहवामा सञ्चालित १० वटा अवैध निजी स्वास्थ्य संस्था जिल्ला प्रशासनको अगुवाइमा बुधबार बन्द गरिएका छन्। जिल्लास्तरीय संयुक्त अनुगमन समितिको अनुगमनका क्रममा दर्ता नगरी गैरकानुनी रूपमा सञ्चालनमा रहेका ती स्वास्थ्य संस्था तुरुन्तै बन्द गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले नेतृत्व गरेको टोलीले १४ वटा संस्थाको अनुगमन गर्दा १० वटा दर्ताविनै सञ्चालित पाइएपछि कारबाहीस्वरूप ताला लगाएको हो।

अनुगमनका क्रममा तीमध्ये कतिपय क्लिनिकले फार्मेसीको मात्र अनुमति लिई बिरामी भर्ना गरी उपचार समेत गरिरहेको पाइएको छ। यस्तो कार्यले न त मापदण्ड पूरा गर्छ, न त स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्डहरू पालना भएको मानिन्छ। त्यसैले स्वास्थ्य सुरक्षाको गम्भीरता हेरेर ती संस्थाहरूलाई तुरुन्त बन्द गरिएको अनुगमन समितिले जनाएको छ। केही संस्थाले जिल्ला स्वास्थ्य कार्यालय वा स्थानीय तहबाट अनुमति लिएका थिएनन्, जसले प्रशासनिक प्रक्रियाको समेत अवहेलना गरेको देखिन्छ।

बन्द गरिएका क्लिनिक र ल्याबमध्ये शिवम् क्लिनिक, होमटाउन फार्मेसी क्लिनिक, नेपाल चम्सा पसलमा सञ्चालित क्लिनिक, लुम्बिनी प्याथोलोजी ल्याब, न्यु ओम प्याथोलोजी ल्याबलगायतका नाम उल्लेखनीय छन्। यी सबै सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्रका छन्, र अधिकांश भैरहवास्थित जिल्ला अस्पताल भीम अस्पताल आसपासमा अवस्थित छन्।

प्रशासनले ती संस्थाहरूलाई दर्ता र मापदण्ड पूरा गरेर मात्र पुनः सञ्चालन गर्न पाउने निर्देशन दिएको छ। यसअघि आइतबार मात्रै बुटवलमा पनि ६ वटा अवैध क्लिनिक बन्द गरिएका थिए। हालैका दिनमा क्लिनिक तथा ल्याब खोल्ने तर अनुमति नलिने प्रवृत्ति बढिरहेको पाइएको छ। प्रशासनले यस्ता संस्थालाई कानूनी दायरामा ल्याउन नियमित तथा उजुरीका आधारमा अनुगमनलाई तीव्र बनाउने जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन