विज्ञापन

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

विज्ञापन
Image
विज्ञापन

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) कावासोती–१६ डण्डामा अवस्थित मध्यविन्दु अस्पताल गण्डकी प्रदेश सरकारको निर्णय अनुसार सय शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति भएको छ। सुरुमा जिल्ला अस्पतालको रूपमा १५ शय्याबाट सेवा सुरु गरेको यस अस्पताललाई जेठ १२ गतेबाट एक सय शय्यामा विस्तार गरिएको हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्यका अनुसार हाल ९९ जनाको दरबन्दी स्वीकृत भइसकेको छ र आगामी चार वर्षभित्र थप दरबन्दी विस्तार गर्दै जान गण्डकी प्रदेश सरकारसँग सहमति भएको छ। प्रारम्भिक चरणमा २२ जना विशेषज्ञ चिकित्सक र १५ जना मेडिकल अधिकृतको दरबन्दी राखिनेछ भने अप्राविधिक जनशक्ति स्थानीय स्रोतबाट व्यवस्थापन गरिने बताइएको छ।

हाल अस्पतालमा फिजिसियन, नाक, कान, घाँटी र आँखा विभागका चिकित्सक कार्यरत छन्। चाँडै छालासम्बन्धी चिकित्सकको दरबन्दी पनि थपिने तयारी गरिएको छ। हालसम्म आइसीयू र एनेस्थेसिया विभाग नरहेकाले यी सुविधा थपिएपछि बिरामीले भरतपुर जानुपर्ने बाध्यता हट्ने बताइएको छ।

अस्पतालमा अत्याधुनिक प्रविधिसहित तीनवटा मोड्युलर अपरेसन थिएटर निर्माण भइसकेका छन्, तर विद्युत् आपूर्तिमा समस्या भएकाले ती सञ्चालनमा आउन सकेका छैनन्। साथै ट्रामा युनिट थप्ने तयारी भइरहेको छ भने डायलासिस सेवा हाल दुई सिफ्टमा सञ्चालन हुँदै आएकोमा अब तेस्रो सिफ्ट थप्ने प्रक्रिया अघि बढाइएको छ।

अस्पताल रहेको १०.५९ हेक्टर क्षेत्रफल वनको नाममा दर्ता भएकाले त्यसको व्यवस्थापनका लागि प्रयास भइरहेको छ। प्रारम्भिक रूपमा २.२ हेक्टर जमिन अस्पतालको नाममा ल्याउने काम अघि बढाइएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेका अनुसार नयाँ भवन निर्माण पनि यही असार मसान्तभित्र सम्पन्न गरी सबै सेवा त्यहाँबाट सुरु गर्ने लक्ष्य राखिएको छ।

दीर्घकालीन योजनाअन्तर्गत अस्पतालले आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गर्ने, पालिकास्तरमा स्वास्थ्य शिविर सञ्चालन गर्ने र शैक्षिक कार्यक्रम अघि बढाउने तयारी समेत गरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन