विज्ञापन

देशभर चिकित्सकको आन्दोलन् : आकस्मिकबाहेक सबै सेवा ठप्प

विज्ञापन
Image
विज्ञापन

बुटवल – देशभरका अस्पतालहरूमा आजदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प भएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरू आन्दोलनमा उत्रिएसँगै अस्पतालहरूको नियमित सेवा प्रभावित बनेको हो।

चिकित्सकहरू उपभोक्ता अदालतको पछिल्ला निर्णयप्रति असन्तुष्ट छन्। अदालतले केही घटनामा उपचारमा लापरवाही भएको भन्दै चिकित्सक र अस्पताललाई क्षतिपूर्ति तिराउने निर्णय गर्न थालेपछि चिकित्सा क्षेत्र आक्रोशित बनेको हो। यसको विरोधस्वरूप चिकित्सकहरूले आज देशव्यापी रूपमा नियमित सेवा बहिष्कार गरेका छन्।

नेपाल चिकित्सक संघका महासचिव डा. सन्जीव तिवारीलाई अदालतको अवहेलना गरेको भन्दै पाटन उच्च अदालतले सात दिनभित्र उपस्थित हुन आदेश दिएपछि आन्दोलन् झनै चर्किएको हो। संघको नेतृत्वमा जारी आन्दोलनमा हालसम्म नौ वटा स्वास्थ्य संस्थाहरूले समर्थन जनाइसकेका छन्।

सेवा बहिष्कारका कारण सर्वसाधारण बिरामीहरूलाई उपचारमा ठूलो सास्ती भएको छ। कतिपय अस्पतालहरूमा ओपीडी सेवा बन्द हुँदा विरामीहरू उपचार नपाएर अन्योलमा परेका छन्।

चिकित्सक संघले यो आन्दोलन तत्कालको प्रतिक्रिया मात्र नभई, स्वास्थ्यकर्मीको कामप्रति सम्मान र निष्पक्ष न्यायको मागमा आधारित भएको बताएको छ। संघका पदाधिकारीहरूका अनुसार, चिकित्सा व्यवसायलाई अपराधिक दृष्टिकोणले हेर्न थालिएमा सेवामा असर पर्ने चेतावनीसमेत दिइएको छ।

सरकारले समयमै वार्ता नगरेमा आन्दोलन अझै चर्किने सम्भावना संघले जनाएको छ। अहिले आकस्मिक सेवा मात्र सुचारु रहेको छ भने अन्य सेवा कहिले पुनः सुरु हुने भन्ने विषयमा कुनै निश्चितता छैन।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन