काठमाडौँ । देशभर डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको पाइएको छ । सन् २०२५ को सुरुवातदेखि हालसम्म २ हजार २१३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने देशका ७३ जिल्लामा यसको प्रकोप फैलिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडिसीडि) का अनुसार पछिल्लो एक हप्तामा मात्र १५७ नयाँ डेंगुका बिरामी थपिएका छन् भने पछिल्लो २४ घण्टामा १० जनामा सङ्क्रमण पुष्टि भएको छ।
डेंगुको प्रादेशिक अवस्था
(इडिसीडि)को आँकडा अनुसार गण्डकी र बागमतीमा सबैभन्दा बढी जोखिम डेंगुको सङ्क्रमणबाट गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ ।त्यहाँ हालसम्म ६ सय १२ जना सङ्क्रमित भएका छन् भने पछिल्लो एक हप्तामा मात्रै ६० नयाँ केस थपिएको छ ।
त्यस्तै, बागमती प्रदेशमा ४ सय ८१ जना, कोशी प्रदेशमा ४ सय २ जना र लुम्बिनी प्रदेशमा ३ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो साता लुम्बिनीमा ३६ र बागमतीमा २२ नयाँ बिरामी भेटिएको हो । मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने सङ्क्रमणको दर तुलनात्मक रूपमा कम छ ।


















