विज्ञापन

तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा डाक्टर नहुँदा सेवा अवरुद्ध

विज्ञापन
Image
विज्ञापन

१७ साउन, घोराही- राप्ती प्रादेशिक अस्पताल तुुलसीपुरमा डाक्टर नहुँदा सेवा अवरुद्ध भएको छ। अस्पतालमा लामो समयदेखि प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर एकजना मात्रै हुनुहुन्छ । केही दिनअघि उहाँ घरायसी काम परेको भन्दै बिदा बसेपछि अहिले अस्पतालको प्रसूति कक्ष कामबिहीन भएको छ ।

सामान्य अवस्थाका सुत्केरी सेवा लिन आएका बिरामी पनि डाक्टर नभएको थाहा पाएपछि घोराही तथा नेपालगञ्ज पुग्ने गरेका छन् । दिनमा १५ जनासम्मले प्रसूति सेवा लिने कक्ष अहिले सुनसान जस्तै भएको छ । असार महिनामा सामान्य, जटिल र अप्रेशन गरेर १९४ जनाले प्रसूति सेवा लिएको अस्पतालमा साउन महिनामा बिहीवारसम्म ४३ जनाले प्रसूति सेवा लिएका छन् ।

डाक्टर नभएको थाहा पाएपछि १० गतेदेखि १५ गतेसम्म छ दिनमा जम्मा ६ जनाले मात्रै प्रसूति सेवा लिएको तथ्यांकमा छ । यो ६ दिनमा सामान्य अवस्थाका ४१ जना बिरामी रिफर गरिएको प्रसूति कक्षमा कार्यरत नर्स कमला खड्काले बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पताललाई प्राथमिकतामा नराखेका कारण समस्या भएको अस्पतालका कार्यवाहक निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. पदमराज अधिकारीले बताउनुभयो ।

सरकारले बेवास्ता गर्दा अस्पतालबाट प्रसूति तथा स्त्री रोगसम्बन्धी भरपर्दो सेवा प्रवाह गर्न नसकिएको उहाँको भनाई छ । अस्पतालमा डाक्टर व्यवस्थापन गर्नुपर्ने अवस्थाबारे लुम्बिनी प्रदेश सरकार जानकार भएपनि डाक्टर व्यवस्थापनमा चुनौती भएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन