बुटवल, १४ कार्तिक।गीत संगीतको बजारमा निरन्तर नयाँ सिर्जना आइरहेको छ। यसै क्रममा, गुल्मीको धुर्कोट बस्तु डुकुर्जीमा जन्मिएका नवोदित गायक सुवास पोखरेलले चर्चित लोक तथा दोहोरी गायिका देवी घर्तीमगरसँग नयाँ गीत ‘भाग्यले छल गर्यो’ सार्वजनिक गरेका छन्।
गीतमा सुवास र देवीको सुमधुर स्वर रहेको छ भने शब्द शिव पौडेलले र संगीत ऋषि खड्काले तयार पारेका हुन्।
भिडियोमा मोडल तथा निर्देशक आशिष प्रताप जङ्ग र स्मारिका ढकालले प्रभावशाली अभिनय प्रस्तुत गरेका छन्। निर्देशन आशिष प्रताप जङ्गले गरेका हुन् भने छायांकन करण चैसिर, सम्पादन र रङ संयोजन दीपक विष्टले गरेका छन्।
संगीत संयोजन रमेश सेन्चुरीले गरेका हुन्, मिक्सिङ र माष्टरिङ कुमार राणाले गरेका छन्, र रेकर्डिङ मारुनी स्टुडियोमा सम्पन्न गरिएको हो।
गीतलाई रेड एप्पल मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
हेर्नुहोस् भिडियो:








