विज्ञापन

रामपुर नगरपालिकामा मंसिर ९ गते सार्वजनिक बिदा

विज्ञापन
Image
विज्ञापन

८ मंसिर, पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले विवाह पञ्चमीको अवसरमा मंसिर ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

कार्तिक २४ गते बसेको कार्यपालिका बैठकले विवाह उत्सव भव्यताका साथ सम्पन्न गर्नका मंसिर ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यस निर्णय अनुसार नगरपालिका मातहतका कार्यालय, सार्वजनिक विद्यालय तथा संघ संस्थामा सार्वजनिक बिदा हुने छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगर भित्र रहेका भगवान राम र सीतासंग सम्बन्धित ऐतिहासिक धार्मिक धार्मिक स्थलहरुको महत्व उजार गर्न यस वर्ष सीताकुण्डमा विवाह पञ्चमी भव्यताका मनाउन लागिएकाले सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

विवाह पञ्चमीको अवसरमा रामपुर नगरपालिका–३ सीताकुण्डमा राम–सीता विवाह उत्सवको तयारी भइरहेको छ ।

रामपुर नगरभित्र रामघाट, सीताकुण्ड, राम चुल्हो, राम्चे, राम कुवा लगायतका धार्मिक स्थलहरु रहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन