२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई पराक्रमवादीहरूको बनाउनु पर्ने बताएका छन् ।
‘अब परिक्रमावादीहरूको कांग्रेस होइन, पराक्रमवादीको कांग्रेस बनाउनुपर्नेछ,’ कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने ।
मुलुक भ्रष्टाचारको दलदलमा फसेको भन्दै उनले महाधिवेशनले भ्रष्टाचारविरुद्ध विशेष प्रस्ताव पारित गरोस् भन्ने सुझाव दिए ।
उनले अहिलेसम्म सार्वजनिक पदमा बसेका सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने, पाँच सय र एक हजारका नोट प्रतिस्थापन गर्नु पर्ने धारणा पनि राखे ।
प्रतिक्रिया जनाउनुहाेस्
















