विज्ञापन

जम्मुमा ‘क्लाइमेट संवाद’

विज्ञापन
Image
विज्ञापन

१३ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय र सेन्ट्रल युनिभर्सिटी अफ जम्मुको संयुक्त आयोजनामा भारतको जम्मुमा तीनदिने ‘क्लाइमेट संवाद’ चलिरहेको छ । २५ मेदेखि सुरु कार्यक्रम २७ मेसम्म सञ्चालन हुने छ ।

कार्यक्रममा नेपाल र भारतका वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्राध्यापकहरूसहित १०० जना सहभागी छन् । नेपालका २ र भारतका ३८ जना वैज्ञानिकहरूले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

मौसम, जलवायु परिवर्तन तथा त्यससँग सम्बन्धित चुनौतीहरूबारे सहकार्य र अनुसन्धान विस्तार गर्ने उद्देश्यले संवाद आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. दिपक अर्यालले नेपालका उच्च हिमाली क्षेत्रको जलवायु अनुगमन तथा अनुसन्धान क्षमता सुदृढीकरण विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

उनले उच्च हिमाली क्षेत्रमा तीव्र जलवायु परिवर्तनको भइरहेको उल्लेख गर्दै हिमनदी पग्लिने गति बढ्दै गएको बताए । हिमपातको स्वरूप परिवर्तन भएको तथा जलप्रवाह प्रणालीमा असर परेको बताए । यद्यपि हिमाली क्षेत्रमा तथ्यांक अभाव रहेको उनले बताए ।

युवा अनुसन्धानकर्ता तथा स्थानीय संस्थाहरूलाई आधुनिक फिल्ड अध्ययन, मोडलिङ र विश्लेषणात्मक सीपमार्फत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

‘हिमाली क्षेत्रमा देखिँदै गएको जलवायुजन्य जोखिम न्यूनीकरण, पूर्वानुमान तथा दीर्घकालीन अनुकूलन योजना निर्माणका लागि वैज्ञानिक अनुसन्धान र अन्तरदेशीय सहकार्य अपरिहार्य छ,’ उनले भने ।

त्रिवि केन्द्रीय जल तथा मौसम विज्ञान विभागका प्राध्यापकसमेत रहेका अर्यालले उपकुलपतिबाट १७ वैशाखमा राजीनामा दिएका थिए । राजीनामापछि उनी विभागमै फर्किएर शैक्षिक तथा अनुसन्धानमूलक गतिविधिमा सक्रिय छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन