विज्ञापन

लेबनानको ठूलो भूभाग खाली गर्न इजरायली सेनाको चेतावनी

विज्ञापन
Image
विज्ञापन

१४ जेठ, काठमाडौं । इजरायली सेनाले दक्षिणी लेबनानको ठूलो भूभाग खाली गर्न आदेश जारी गरेको छ । इजरायली सेनाले नयाँ आक्रमणभन्दा अघि उक्त क्षेत्रलाई ‘युद्ध क्षेत्र’ घोषण गर्दै खाली गराउन आदेश जारी गरेको हो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दक्षिणी लेबनानमा बसोबास गर्दै आएका बासिन्दाहरूलाई जहरानी नदीको उत्तरतर्फ जान भनेको छ । उक्त नदी इजरायलको सीमाबाट झण्डै ४० किलोमिटरको दूरीमा रहेको बीबीसीले जनाएको छ ।

आईडीएफले अत्यन्त कडाइका साथ कारबाही गरिने पनि बताएको छ । उसले हिज्बुल्लाहमाथि पटक-पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।

बीबीसीका अनुसार इजरायली सेनाको पछिल्लो जारी आदोश १७ अप्रिलमा लागू भएको युद्धविराम पछिको सबैभन्दा ठूलो आदेश हो । यसले लेबनानको झण्डै १४ प्रतिशत क्षेत्रलाई प्रभावित पर्ने बताइएको छ ।

यसअघि बुधबार इजरायलले दक्षिणी सहर टायरमाथि हवाई आक्रमण गरेको थियो । हिज्बुल्लाहले पनि इजरायलमाथि युद्धविराम उल्लंघनको आरोप लगाएको छ । उसने आफ्नो समूहका लडाकुको इजरायली सैनिकका झडप भएको पनि बताएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन