बुटवल ।
बुटवलका दुईपाङ्ग्रे सवारी प्रयोगकर्ता तथा नयाँ सवारी खरिदको योजना बनाइरहेका ग्राहकहरूका लागि Balaji Automobiles ले आकर्षक योजना सार्वजनिक गरेको छ। TVS मा Upgrade भन्नेलाई ‘अचम्मैको Deal’ र TVS Jupiter स्कुटरमा विशेष अफर एकसाथ ल्याइएको कम्पनीले जनाएको छ।
असार ३ गतेदेखि असार १० गतेसम्म TVS Showroom मा सञ्चालन हुने विशेष एक्सचेञ्ज योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ TVS सवारी खरिद गर्दा विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार पुरानो सवारीको Highest Valuation Guaranteed अर्थात् उच्चतम मूल्याङ्कन सुनिश्चित गरिनेछ।
योजनाअन्तर्गत नयाँ TVS सवारी खरिद गर्ने ग्राहकले आर्थिक वर्ष २०८३/८४ सम्मको रोड ट्याक्स निःशुल्क (Free Road Tax) सुविधा प्राप्त गर्नेछन्। साथै, आकर्षक नगद छुट (Attractive Cash Discount) को व्यवस्था समेत गरिएको छ। ग्राहकलाई थप सहजता दिन फटाफट फाइनान्स सुविधा उपलब्ध गराइएको छ, जसका लागि नागरिकता भए पुग्ने जनाइएको छ। त्यस्तै, प्रतिदिन १२४ रुपैयाँबाट EMI सुरु हुने सुविधा पनि राखिएको छ।
योजनामा सहभागी भई सवारी खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेट समेत प्रदान गरिनेछ। TVS सवारीमा उपलब्ध Lifetime Warranty ले ग्राहकलाई थप भरोसा प्रदान गर्ने कम्पनीको विश्वास छ।
यसैबीच, पेट्रोलको बढ्दो खर्चबाट चिन्तित ग्राहकलाई लक्षित गर्दै TVS Jupiter मा विशेष अफर पनि ल्याइएको छ। कम्पनीले “Petrol को Tension? अब TVS Jupiter Solution” नारासहित Jupiter स्कुटर खरिदकर्ताका लागि ९ महिनासम्म फ्री पेट्रोल उपलब्ध गराउने जनाएको छ।
TVS Jupiter मा ६० किलोमिटर प्रतिलिटर (60 KMPL Tested Mileage) सम्मको माइलेज दाबी गरिएको छ। साथै, ग्राहकले मासिक २,८९९ रुपैयाँको EMI बाट समेत Jupiter खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यो विशेष योजना Jagadamba Motors अन्तर्गत Balaji Automobiles, बुटवल मा सञ्चालन भइरहेको छ। कार्यक्रम तथा अफरसम्बन्धी थप जानकारीका लागि 9802699762 वा 9802699770 मा सम्पर्क गर्न सकिनेछ।
TVS ले एकैसाथ एक्सचेञ्ज, फ्री रोड ट्याक्स, आकर्षक छुट, सजिलो फाइनान्स, फ्री हेल्मेट, ९ महिनासम्म फ्री पेट्रोल तथा न्यून EMI जस्ता सुविधा ल्याएपछि बुटवलका सवारीप्रेमीहरूको आकर्षण बढेको छ।

















