फिफा विश्वकपको इतिहासमै पहिलोपटक दुई अर्बपतिले यो विश्वकप खेल्दै छन्- ती हुन् ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र ३८ वर्षीय लियोनेल मेस्सी ।
तपाईंहरुलाई सुन्दा अचम्म लाग्दा- दुई डलर अर्बपतिहरूले सुरुआती ११ मै रहेर चालू विश्वकप खेलिरहेका छन् । त्यति मात्रै होइन, अनेकौँ डलर करोडपति खेलाडीहरु यो विश्वकपमा जमेर खेलिरहेका छन् ।
वार्षिक आम्दानीकै कुरा गर्दा यो विश्वकप खेलिरहेका ११ खेलाडीले गएको एक वर्षमा ९५ करोड डलर (करिब १ खर्ब ४५ अर्ब रुपैयाँबराबर) कमाएको विश्वचर्चित म्यागेजिन फोर्ब्सले उल्लेख गरेको छ ।
को हुन् त ती खेलाडी- एक वर्षमै अर्बौं कमाउँछन् र एकै खेलाडीको सम्पत्ति डेढ खर्ब रुपैयाँभन्दा बढी छ ?
यो विश्वकप इतिहासमै पहिलोपटक तीन देशमा आयोजना भइरहेको छ । त्यतिमात्रै होइन, प्रतियोगिताको ९६ वर्षको इतिहासमा पहिलो पटक ४८ टोलीहरू सहभागी हुँदैछन् भने कीर्तिमानी १६ सहरहरूमा आयोजना हुन लागेको छ ।
र, अर्को रेकर्ड- इतिहासमै पहिलोपटक दुई अर्बपतिले यो विश्वकप खेल्दै छन्- ती हुन् ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र ३८ वर्षीय लियोनेल मेस्सी । रोनाल्डोले पोर्चुगलको कप्तानी सम्हालिरहेका छन् भने मेस्सी अर्जेन्टिनाको नेतृत्व गरिरहेका छन् ।
अब कुरा गरौँ- २०२६ को फिफा विश्वकपमा खेलिरहेका सबैभन्दा बढी कमाउने ११ खेलाडीले यो विश्वकप शुरु हुनुअघिका १ वर्षमा कति कमाए त ?
फोर्ब्सले तयार पारेको सबैभन्दा बढी कमाउने खेलाडीहरूको सूची यहाँ प्रस्तुत गरिएको छः
#१. ३० करोड डलर (४५ अर्ब ६० करोड रुपैयाँ)
क्रिस्टियानो रोनाल्डो
राष्ट्रियता: पोर्चुगल | उमेर: ४१ | अनफिल्ड: २३ करोड ५० लाख डलर •अफ फिल्ड: ६ करोड ५० लाख डलर
रोनाल्डो फुटबल मात्र होइन जुनसुकै खेलकुदका पनि विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी हुन् । लगातार चार वर्षदेखि उनी विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी रहँदै आएका छन् ।
यी ४१ वर्षीय पोर्चुगिज फरवार्डले गत १२ महिनामा अनुमानित ३० करोड डलर आर्जन गरेका छन् । यो फोर्ब्सद्वारा मापन गरिएका कुनै पनि खेलाडीको इतिहासकै सबैभन्दा ठूलो कमाइ हो । बक्सर फ्लोयड मेवेदर जुनियरसँग उनले यो रेकर्ड बराबरी गरेका हुन् ।
उनी आफ्नो खेलमा सक्रिय रहँदै खेल जीवनको कमाइमा २ अर्ब डलर पार गर्ने एक मात्र खेलाडी हुन्। अहिले उनको कुल सम्पत्ति १ अर्ब २० करोड डलर अनुमान गरिएको छ । उनी अर्बपति समूहमा प्रवेश गर्ने विश्वका चार मात्र सक्रिय खेलाडीहरूमध्ये एक हुन् । उनी छैटौं विश्वकपमा खेलिरहेका छन् र आफ्नो जीवनको पहिलो उपाधिको खोजीमा छन् ।
#२. १४ करोड डलर (२१ अर्ब २८ करोड रुपैयाँ)
लियोनेल मेस्सी
राष्ट्रियता: अर्जेन्टिना | उमेर: ३८ | अनफिल्ड: ७ करोड डलर • अफफिल्ड: ७ करोड डलर
रोनाल्डो जस्तै मेस्सी पनि हालै फोर्ब्सको विश्वका अर्बपतिहरूको सूचीमा परेका छन्, जसको कुल सम्पत्ति अनुमानित १ अर्ब १० करोड डलर छ। रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआ जस्तै- मेस्सी पनि आफ्नो छैटौं विश्वकप खेलिरहेका छन् । हालसम्म पाँच गोल गरिसकेका छन् ।
अर्जेन्टिनालाई सन् २०२२ विश्वकप जिताएका मेस्सी यो यात्रालाई दोहोऱ्याउने प्रयासमा छन् । यदि यसपटक पनि अर्जेन्टिनाले विश्वकप जित्यो भने समग्रमा चौथो उपाधि हुनेछ । मेस्सीले विश्वकप इतिहासमा सबैभन्दा बढी गोल गर्ने मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानलाई उछिनिसकेका छन् । उनी एडिडास (ब्याड बन्नी र टिमोथी शालामेसँग) र मिचेलोब अल्ट्रा (क्रिस्टियन पुलिसिक र बिल्ली बब थर्नटनसँग) का नयाँ विज्ञापनहरूमा देखिनेछन् ।
#३. ९ करोड ५० लाख डलर (१४ अर्ब ४४ करोड रुपैयाँ)
किलियन एमबाप्पे
राष्ट्रियता: फ्रान्स | उमेर: २७ | अनफिल्ड: ७ करोड डलर • अफफिल्ड: २ करोड ५० लाख डलर
मेस्सीको तुलनामा तीनवटा कम विश्वकप खेलेका भए तापनि, एमबाप्पे प्रतियोगितामा हालसम्मको गोल सूचीमा उनीभन्दा दुई गोलले मात्रै पछि छन् । यो विश्वकपमा हालसम्म ४ गोल गरेका एम्बाप्पेले विश्वकप इतिहासमा १६ गोल गरिसकेका छन्, जुन यसअघि सम्मका सर्वकालीन उच्च गोलकर्ता मिरोस्लाभ क्लोजको बराबरी हो ।
पोस्ट नजिकै घातक प्रहार क्षमता देखाएका उनलाई रियल म्याड्रिडका लागि २०२५-२६ को सिजनमा च्याम्पियन्स लिगको शीर्ष स्कोरर बनाएको थियो। १९ वर्षको उमेरमा फ्रान्सलाई २०१८ को विश्वकप उपाधि दिलाएका र चार वर्षपछि प्रतियोगिताको फाइनलमा पुऱ्याएका यी २७ वर्षीय फरवार्ड अहिले नै फुटबलका सबैभन्दा बढी बैंकेबल खेलाडीहरूमध्ये पर्छन् ।
#४. ८ करोड डलर (१२ अर्ब १६ करोड डलर)
एर्लिङ हालान्ड
राष्ट्रियता: नर्वे | उमेर: २५ | अनफिल्ड: ६ करोड डलर • अफफिल्ड : २ करोड डलर
हालान्डले गत वर्ष म्यानचेस्टर सिटीसँग ठूलो सम्झौता नवीकरण गरेका थिए । तर सो सम्झौताले उनलाई लिने रियल म्याड्रिडको प्रयासलाई रोक्न नसक्ने देखिन्छ। नवीकरणीय ऊर्जा उद्यमी एनरिक रिक्वेल्मेले गत हप्ता स्पेनिस क्लब रियल म्याड्रिडको अध्यक्षमा निर्वाचित भए यी २५ वर्षीय स्ट्राइकरलाई अनुबन्ध गर्ने वाचा गरेका छन्। त्यसो गरे कानुनी कारबाही गर्ने चेतावनी मैनचेस्टर सिटीले दिएको छ ।
तर हालान्डले भने आफ्नो पूर्ण ध्यान विश्वकपमा लगाएका छन् । आफ्नो जन्म हुनुभन्दा दुई वर्षअघि अर्थात् १९९८ पछि पहिलोपटक नर्वे विश्वकपमा छनोट भएको छ । र, लिग चरणमा हलान्ड र नर्वे दुवैले यो विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका छन् । हलान्डले हालसम्म ४ गोल गरिसकेका छन् भने लगातार दुई खेल जितेर नर्वे नकआउट चरणमा प्रवेश पनि गरेको छ ।
#५. ६ करोड डलर (९ अर्ब १२ करोड)
भिनिसियस जुनियर
राष्ट्रियता: ब्राजिल | उमेर: २५ | अनफिल्ड:: ४ करोड डलर • अफफिल्ड: २ करोड डलर
रियल मड्रिडको निराशाजनक सिजनले उनको मानसिकतामा प्रभाव पारेर हुनसक्छ भिनिसियसले यस विश्वकपमा ब्राजिलको सम्भावनालाई लगातार कम आँकलन गर्दै आएका छन् । फेब्रुअरीमा स्पेनिस क्रिएटर इबाई ल्यानोससँगको कुराकानीमा उनले अर्जेन्टिना, पोर्चुगल, स्पेन र फ्रान्सलाई विश्वकपको प्रमुख दाबेदारका रूपमा प्रस्तुत गरेका थिए ।
मार्चमा उनले ५ पटकको विश्वविजेता आफ्नै देशलाई यसपटकको फेवरेट मानिनु नहुने कुरा दोहोऱ्याएका थिए। फ्यानड्युल र ड्राफ्टकिङ्ग्सले ब्राजिललाई विश्वकप जित्ने सम्भावना भएको क्रमशः चौथो र पाँचौं सूचीमा राखेका छन् ।
यो विश्वकपमा मोरक्कोसँग बराबरी खेलेर विश्वकप शुरु गरेको ब्राजिलले हाइटीलाई हराए पनि अझै नकआउट चरण प्रवेश जोखिमपूर्ण नै छ । तर यी २४ वर्षे ब्राजिलियन खेलाडीले यो वर्ष केही नयाँ ब्रान्डहरुसँग सहकार्य गर्ने सम्भावना छ जसले उनको आम्दानीलाई बढाउनेछ ।
#६. ५ करोड ५० लाख डलर (८ अर्ब ३६ करोड रुपैयाँ)
मोहम्मद सालाह
राष्ट्रियता: इजिप्ट | उमेर: ३३ | अनफिल्ड: ३ करोड ५० लाख डलर • अफफिल्ड: २ करोड डलर
लिभरपुलसँग नौ सिजन, २५७ गोल र दुई प्रिमियर लिग उपाधि पछि सलाह यो टोली छोड्दैछन् । जुन १५ मा ३४ वर्ष पुग्ने यी विङ्गरले मार्चमा लिभरपुलसँग आफ्नो सम्झौता एक वर्ष अगावै रद्द गर्ने सहमति गरे, जसले गर्दा उनलाई यो समरमा फ्री ट्रान्सफरका रूपमा नयाँ टोलीमा हस्ताक्षर गर्न अनुमति मिल्नेछ।
यद्यपी, लिभरपुलमा इस्लाम विरोधी भावना (इस्लामोफोबिया) कम गरेको श्रेय पाएका ‘किङ अफ इजिप्ट’ भनिने यी खेलाडी चौथो विश्वकप खेलिरहेको आफ्नो देशको प्रदर्शनमा केन्द्रित छन् ।
हालसम्म बेल्जियमसँग बराबरी र न्युजिल्यान्डलाई हराएको इजिप्ट नकआउटमा प्रवेश गर्ने सम्भावना प्रबल छ ।
#७. ५ करोड ४ लाख डलर (८ अर्ब २० करोड रुपैयाँ)
साडियो माने
राष्ट्रियता: सेनेगल | उमेर: ३४ | अनफिल्ड: ५ करोड डलर • अफफिल्ड: ४० लाख डलर
मानेले यस वर्ष दुईवटा ठूला ट्रफीहरू जितेका थिए । तर उनको टिम सेनेगलको विश्वकप यात्रा भने निराशाजनक भयो । शुरुआती दुवै खेल जितेर सेनेगल विश्वकपको लिग चरणबाटै बाहिरियो । घुँडाको चोटका कारण २०२२ को प्रतियोगिता गुमाएका मानेले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा थियो । तर हालसम्म त्यो देखिएको छैन । उनको साउदी अरेबियाको क्लब अल-नास्रसँगको सम्झौता यसै महिनाको अन्त्यमा समाप्त हुने बताइएको छ । त्यसपछि उनको यात्रा कता जाने टुंगो छैन ।
#८. ४ करोड ४० लाख डलर
जुड बेलिङहम
राष्ट्रियता: इङ्गल्याण्ड | उमेर: २२ | अनफिल्ड: २ करोड ९० लाख डलर • अफफिल्ड: १ करोड ५० लाख डलर
एमबाप्पे र भिनिसियससँगै, बेलिङ्घम रियल म्याड्रिडका लागि समेत खेल्ने र विश्वकपमा सबैभने बढी कमाउने सूचीमा रहेका तीन खेलाडीमध्ये एक हुन् । उनी अझै २३ वर्ष पुगेका छैनन् । उनले २०२२ कै विश्वकपमा इङ्गल्याण्डका लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
इरान विरुद्धको समूह चरणको खेलमा गोल गरी यी मिडफिल्डर प्रतियोगिताको इतिहासमा इङ्गल्याण्डका लागि गोल गर्ने दोस्रो कान्छा खेलाडी बनेका थिए । यो विश्वकपमा पनि उनले एक गोल गरिसकेका छन् ।
२०२२ को प्रदर्शनले बेलिङ्घमलाई बोरुसिया डर्टमन्डबाट रियल म्याड्रिडमा १० करोड डलरभन्दा बढीमा ट्रान्सफर हुन मद्दत गऱ्याो, जुन इतिहासकै सबैभन्दा ठूलो रकममध्ये एक हो । यो विश्वकपमा उनको प्रदर्शन राम्रो त्यसको प्रभाव उनको कमाइमा पक्कै पर्नेछ ।
#९. ४ करोड ३० लाख डलर (६ अर्ब ५३ करोड रुपैयाँ)
लामिन यमाल
राष्ट्रियता: स्पेन | उमेर: १८ | अनफिल्ड: ३ करोड ३० लाख डलर • अनफिल्ड: १ करोड डलर
ह्यामस्ट्रिङको चोटका कारण यमालले ला लिगामा बार्सिलोनाको च्याम्पियनसिप सिजनको अन्त्य गुमाएका थिए । तर यी १८ वर्षीय विङ्गर मे महिनाको अन्त्यमा स्पेनिस टोलीसँग प्रशिक्षणमा फर्किएका थिए ।
चोटबाट पूरा बाहिर ननिस्केका यमालले केप भर्डे विरुद्ध १९ मिनेट र साउदी अरब विरुद्ध ६४ मिनेट मात्रै खेलेका छन् । साउदी विरुद्ध उनले एक गोल पनि गरे । यद्यपि, टेलिभिजनमा उनको समय धेरै घटेको छैन । जनवरीमा, यमालले अमेरिकन इगलसँग विज्ञापन सम्झौतामा हस्ताक्षर गरेका थिए । उनी कोका-कोला, म्याकडोनाल्ड्स, पावरेड र भिसाका लागि विश्वकप अभियानहरूमा प्रस्तुत भइरहेका छन् ।
#१०. ४ करोड १० लाख डलर (६ अर्ब २३ करोड रुपैयाँ)
ह्यारी केन
राष्ट्रियता: इङ्गल्याण्ड | उमेर: ३२ | अनफिल्ड: २ करोड ९० लाख डलर • अफफिल्ड: १ करोड २० लाख डलर
बायर्न म्युनिखको स्ट्राइकरको रूपमा क्लब फुटबल खेल्ने केन विश्वकपका ११ सबैभन्दा बढी कमाउने खेलाडीहरूमध्ये जर्मनीको बुन्डेसलिगामा खेल्ने एकमात्र सदस्य हुन् । ११३ अन्तर्राष्ट्रिय उपस्थितिमा ७९ गोलका साथ उनी इङ्गल्याण्डको सर्वकालीन शीर्ष स्कोरर पनि हुन्। २०२४ मा इङल्यान्ड युरोपेली च्याम्पियनसिपको उपविजेता बनेको थियो । कप्तान केनको ध्यान त्यो स्थान सुधार गर्न हुने छ । हालसम्म खेलेको एकमात्रै खेलमा क्रोएसियालाई ४-२ को प्रभावशाली जित निकालेको इङल्यान्डका लागि केनले नै २ गोल गरेका थिए । उनलाई २०२६ मा क्लब र देशका लागि ३४ गोल दिलाएको छ ।
strong>#११. ३ करोड ८० लाख डलर (५ अर्ब ७७ करोड रुपैयाँ)
नेयमार
राष्ट्रियता: ब्राजिल | उमेर: ३४ | अनफिल्ड: १ करोड डलर • अफफिल्ड: २ करोड ८० लाख डलर
नेयमार अझै पनि पिँडौलाको चोटबाट निको हुँदैछन् जसले गर्दा उनले विश्वकपका शुरुआती दुई खेल गुमाउनुपरेको छ । तर यसअघि नै ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटी ३४ वर्षीय यी सान्तोसका फरवार्ड निको भए पनि प्लिइङ ११ मा पर्न भिनिसियस जुनियर र राफिन्हासँग प्रतिस्पर्धा गर्नुपर्ने बताएका थिए । तर नेयमारलाई ब्राजिलले सम्मानमा कमी हुन दिएको छैन । आफ्नो प्रतिष्ठित १० नम्बर जर्सी सुम्पिएको छ। चारवटा विश्वकपमा यो नम्बर लगाउने नेयमार एकमात्र ब्राजिलियन हुनेछन् । यो जर्सी यसअघि पेले, जिको, रिभाल्डो, रोनाल्डिन्हो र काकाजस्ता दिग्गजहरूले लगाएका थिए।

















