विज्ञापन

प्रदीप पौडेलको प्रश्न– तेलको अन्तर्राष्ट्रिय मूल्य ३० प्रतिशत घट्दा पनि नेपालमा किन महँगो ?

विज्ञापन
Image
विज्ञापन

११ असार, काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा पनि उपभोक्ताले पुरानै महंगो दरमा इन्धन किन्नु परेकोभन्दै आपत्ति जनाएका छन् ।

उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो पटक उच्चतम विन्दुबाट ३० प्रतिशत घट्दा पनि उपभोक्ताले पुरानै महंगो दरमा इन्धन किन्नु परेको भन्दै आपत्ति जनाएका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्चतम बिन्दु ४११७.६३ प्रति ब्यारेलबाट घटेर ४६९.२१ मा आइपुग्दा करिब ३० प्रतिशतले भारी गिरावट आइसकेको महामन्त्री पौडेलको भनाइ छ ।

‘यति ठूलो मात्रामा भाउ घटिसक्दा पनि नेपाली उपभोक्ताले भने अझै पुरानै महंगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु निकै दु:खद् छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आमनागरिकले सहजै पाउनुपर्ने होइन र ?’

मूल्य किन घटेन भन्ने जनगुनासोमा आयल निगमले ‘हामीले कच्चा होइन, प्रशोधित तेल किन्ने भएकाले तुरुन्तै मूल्य घट्दैन’ भन्ने जस्ता बहाना देखाउने गरेको उनको भनाइ छ ।

‘कच्चा र प्रशोधित तेलको मूल्य समायोजनमा प्रशोधन खर्च र केही दिनको समय अन्तर अवश्य पर्छ,’ महामन्त्री पौडेलले लेखेका छन्, ‘तर, कच्चा तेलको मूल्यमा आएको यति ठूलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा पक्कै घटाउँछ ।’

मूल्य घटिरहेको वास्तविक सूचनासमेत नदिई तथ्य लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाउँदै मूल्य नघटाउँदा आमउपभोक्ता थप मारमा परेका उनले उल्लेख गरेका छन् । ‘यसले नेपाल सरकार र निगमभित्रको सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको छ,’ पौडेलले लेखेका छन् ।

नियमित १५/१५ दिनमा आउने नयाँ मूल्यसूची अनुसार स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य बढाउने र घटाउने दुवै काम सहज रूपमा गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘भाउ बढ्ने बेलामा तुरुन्तै लागू हुने, घट्ने बेलामा चाहिँ लागू नहुने,’ पौडेलले प्रश्न गरेका छन्, ‘घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर साथ दिने, अनि सस्तो हुँदा चाहिँ राहत नपाउने ?’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन