विज्ञापन

बाढीमा चेक, कार्ड, मोबाइल हराएका ग्राहकले पनि बैंकिङ कारोबार गर्न पाउने

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ । बाढीले प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकले पनि बैंकिङ कारोबार गर्न पाउने भएका छन् । राष्ट्र बैंकले बैंकहरुलाई परिपत्र गरेर आफैँसँग रहेको ग्राहक जानकारी (केवाईसी) सँग भिडाएर पुष्टि भएमा ग्राहकलाई वित्तीय जानकारी गर्न निर्देशन दिएको हाे ।

‘हालै रसुवा लगायतका जिल्लामा आएको प्राकृतिक विपतबाट प्रभावित भई बैंकिङ कारोबार गर्न आवश्यक चेक, कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकहरूलाई संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा ग्राहकको अन्य विवरणको आधारमा ग्राहक यकिन गरी वित्तीय सेवाको पहुँच सुनिश्चित गर्नु,’ परिपत्रमा भनिएको छ ।

ग्राहकलाई आवश्यक सहयोग सहजीकरण गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन