बुटवल । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ अन्तर्गत अर्घाखाँची रुपन्देही सम्पर्क समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशन समिति संयोजक रमेश पाण्डे वशिष्टको अध्यक्षता एवम् नेपाली काङ्ग्रेस अर्घाखाँची जिल्ला पार्टी सभापति केशव श्रेष्ठको प्रमुख अतिथ्यतामा बुटवलमा सम्पन्न भएको अधिवेशन बाट रमेश पाण्डे वशिष्टको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
भाद्र ८ गतेको विद्यार्थी भेलाले असोज १२ गते अधिवेशन गर्ने गरी रमेश पाण्डेको संयोजकत्वमा ७ सदस्यीय समिति घोषणा गरेको थियो । समितिले तोकिएको समयमा अधिवेशन सम्पन्न गरेको छ। नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीका सभापति केशव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेपाली काङ्ग्रेस, नेपाल तरुण दल र नेविसंघका नेताहरुको उपस्थिति रहेको थियो ।
विद्यार्थी भेला तथा तेस्रो अधिवेशन बाट रमेश पाण्डेको अध्यक्षतामा किशोर खनाल र उमेश पछाई उपाध्यक्ष, नारायण घिमिरे सचिव, प्रतिमा क्षेत्री सहसचिव, आशिका खनाल कोषाध्यक्ष र युवराज पाण्डे सह-कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन । यस्तै सोनिया पन्थ, दामोदर आचार्य, अर्जुन पौडेल, आकाश क्षेत्री, सन्तोष कुँवर, कृष्ण न्यौपाने, सुजाता पौडेल, पुन्या पौडेल, गिता थापा, शर्मिला टण्डन, मिलन जि.सी. र अनिल भुसाल सदस्य पदमा निर्वाचित भएको सह-सचीव युवराज पाण्डेले हमला खबरलाइ जानकारी गराएका छन ।
नेपाली काङ्ग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समितिका अध्यक्ष तुल्सी भुसालको संयोजकत्वमा रहेको निर्वाचन समितिमा विनोद घिमिरे र टिकाराम बन्जाडे सदस्य रहेका थिए । निर्वाचन समितीले ६ घन्टा लामो कसरत बाट सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो ।
अधिवेशनमा जिल्ला सदस्य विष्णु पौडेल, मधु पन्थ, नेपाल तरुण दल केन्द्रीय सदस्य विनोद घिमिरे, नेविसंघ केन्द्रीय सदस्य विकाश पाण्डे, प्रदिप घर्ती मगर, नेविसंघ अर्घाखाँची जिल्ला सभापति कृष्ण भुसाल, नेपाली काङ्ग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समिती अध्यक्ष तुल्सी भुसाल, नेविसंघ अर्घाखाँची रुपन्देही सम्पर्क समिती पूर्व अध्यक्ष ठाकुर घिमिरेले लगायतको शुभकामना मन्तव्य संगै नारायण घिमिरे भावुकको संचालन र हरि घिमिरेको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।