विज्ञापन

रूरूक्षेत्र गाउँपालिकाबाट महिला स्वयंसेविकाको लागि पेन्सन योजना सुरु

विज्ञापन
Image
विज्ञापन

रूरूक्षेत्र (गुल्मी) — महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न रूरूक्षेत्र गाउँपालिकाले नागरिक लगानी कोषसँग पेन्सन योजना सम्बन्धी महत्वपूर्ण सम्झौता गरेको छ। यो कार्यक्रम नेपालमै पहिलोपटक महिला स्वयंसेविकालाई लक्षित गरी सञ्चालनमा ल्याइएको योजनाका रूपमा चिनिएको छ।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की प्रमुख अतिथि थिए। कार्यक्रममा उपाध्यक्ष मिनादेवी गौतम, कोषका उप–निर्देशक नारायणप्रसाद घिमिरे, क्षेत्रीय कार्यालय बुटवलका प्रमुख रामेश्वर पुडासैनी, अधिकृत शंकर अधिकारी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वयंसेविका, करार सेवाका कर्मचारी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोह सञ्चालन सामाजिक तथा आर्थिक विकास शाखा प्रमुख दामोदर ज्ञवालीले गरेका थिए भने स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले दिएका थिए। उनले पेन्सन योजनाको उद्देश्य र दीर्घकालीन महत्त्वबारे जानकारी दिएका थिए।

गाउँपालिकाका अध्यक्ष ज्ञवालीले स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान दिँदै आएका महिला स्वयंसेविकाहरूको भविष्य सुरक्षित गर्न यो कदम उठाइएको बताए। “स्वयंसेविकाको जीवनको उत्तरार्द्ध सुरक्षित राख्ने हाम्रो प्रयास हो यो,” उनले भने।

कार्यकारी निर्देशक कार्कीले पनि नागरिक लगानी कोष महिला स्वयंसेविकाको सामाजिक सुरक्षाका लागि सधैं तत्पर रहेको भन्दै यो योजना अन्य पालिकाहरूले पनि अनुकरण गर्न सक्ने उदाहरण बन्ने विश्वास व्यक्त गरे।

आर्थिक वर्ष ०८१/८२ को साउनदेखि लागू हुने योजनाअन्तर्गत प्रारम्भमा ७७ जना स्वयंसेविकाका लागि वार्षिक १० हजार रुपैयाँका दरले कोषमा रकम जम्मा गरिनेछ। गाउँपालिकाले आगामी वर्षहरूमा योजना विस्तार गर्दै करार शिक्षक, विद्यालय कर्मचारी र अस्थायी सेवामा कार्यरत कर्मचारीहरूलाई समेत समेट्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन