विज्ञापन

ग्याँस र पेट्रोलियम पदार्थको तुलनामा हरित कोइला ५० प्रतिशत सस्तो छ: कुबेरमणि नेपाल

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ, नेपाल — कुबेरमणि नेपाल, जैविक ऊर्जा क्षेत्रका सक्रिय व्यवसायी हुन् । उनी जैविक ऊर्जा व्यवसायी संघको उपाध्यक्ष र रिडी पावर कम्पनीको अध्यक्षको रूपमा कार्यरत छन् । हाल उनले ‘बकस रेन्युएबल इनर्जी कम्पनी लिमिटेड’ मार्फत नेपालमै हरित कोइला उत्पादन गरिरहेका छन् । यसको उद्देश्य भनेको आयातित पत्थर कोइलालाई विस्थापित गर्दै, जङ्गलमा फालिएका झारपात तथा अन्य जैविक फोहोरको प्रयोग गरेर स्वदेशी उर्जा उत्पादन गर्नु हो ।

हरित कोइला भन्नाले के जनाइन्छ?
हरित कोइला भन्नाले विभिन्न जैविक पदार्थलाई प्रशोधन गरेर बनाइएको इन्धन हो, जुन धुलो वा प्रेस गरिएको सानो टुक्रामा परिणत गरिन्छ । यस्तो कोइलामा बनका झारपात, काठको धुलो, प्लाइउडको अवशेष, तोरीको डाँठ जस्ता वस्तुहरू प्रयोग गरिन्छ । यसबाट दुई प्रकारका उत्पादन तयार हुन्छन्—बायोमास प्लेट र बायोमास ब्रिकेट, जुन हरित कोइलाको नामले चिनिन्छ । यिनको उत्पादन सर्लाही जिल्लामा रहेको कारखानामा गरिन्छ, जहाँ स्थानीयहरूले यसलाई ‘कोइला फ्याक्ट्री’ भनेर चिन्ने गरेका छन् ।

कच्चा पदार्थ कसरी जुटाइन्छ?
उत्पादनका लागि मुख्यतया बनमा पाइने फालिएका झारपात, बनमारा लगायतका वनस्पति तथा विभिन्न बायोमास स्रोतहरूको प्रयोग गरिन्छ । यिनलाई प्रशोधन गरेर उत्पादनका लागि प्रयोगमा ल्याइन्छ । यसबाहेक सडस्ट, भेनियरको फोहोर, तोरीको डाँठ, मसला र आँप जस्ता काठ पनि कच्चा पदार्थको रूपमा प्रयोग गरिन्छन् ।

यसको प्रयोग कसरी गरिन्छ?
यो नयाँ प्रकारको इन्धन भएकाले सामान्य कोइलाजस्तो सिधै बाल्न सकिँदैन । हरित कोइलाको प्रयोगका लागि विशेष प्रकारको चुल्हो वा बर्नर आवश्यक पर्छ । हाल ती उपकरणहरू नेपालमा उपलब्ध नभएकाले कम्पनीले भारत र चीनबाट आयात गरिरहेको छ । यद्यपि पछिल्लो समय उपभोक्ताहरू आफैंले पनि आवश्यक प्रविधि ल्याएर प्रयोगमा ल्याउन थालेका छन् । यसको प्रयोगले डिजेल, पेट्रोल र एलपी ग्यासजस्ता परम्परागत इन्धनलाई प्रतिस्थापन गर्न सक्ने सम्भावना देखिएको छ । तर, प्रयोगका लागि आवश्यक ‘ग्यासिफिकेशन’ प्रविधिको सहज उपलब्धताले बजार विस्तारमा ठुलो भूमिका खेल्नेछ ।

नेपाली बजारमा प्रयोग हुने चुल्हो किन छैन?
वर्तमानमा नेपाली बजारमा यस्तो प्रकारको चुल्हो पाइँदैन । त्यसैले कम्पनीले विदेशबाट झिकाएर ग्राहकलाई सिकाउने कार्य गरिरहेको छ । नेपालमै यस्तो चुल्हो बनाउन सकिने भए पनि प्राविधिक तथा औद्योगिक स्तरको विकास नहुँदा आयातमा निर्भर रहनु परेको हो । कम्पनीले प्रयोगकर्तालाई एलपीजी ग्यासको सट्टामा हरित कोइलाको प्रयोग गर्दा हुने लाभहरू पनि देखाइरहेको छ ।

प्रयोगकर्ता अनुभव र बजारको अवस्था
जसले यो प्रविधिको प्रयोग गरेका छन्, उनीहरूले यसको माग क्रमशः बढाउँदै लगेका छन् । विशेष गरी खाद्य उद्योग जस्तै भुजिया वा दालमोठ बनाउने उद्योगहरूमा यसको प्रयोगले ठुलो मात्रामा खर्च बचत गरेको पाइएको छ । एकपटक प्रयोग गरिसकेपछि उपभोक्ताले फेरि परम्परागत इन्धनमा फर्कनु नपरेको अनुभव साझा गरेका छन् ।

खर्चको हिसाबले कत्तिको व्यावसायिक?
घरायसी प्रयोगका लागि आवश्यक चुल्हो तथा उपकरणहरु एलपीजी जत्तिकै सस्ता नभएकाले सुरुमा खर्च धेरै हुन्छ । औद्योगिक स्तरमा प्रयोग गर्दा ५–७ लाखदेखि १ करोडसम्मको लगानी लाग्छ । तर, नियमित प्रयोगमा आउँदा करिब ६ महिनामा लगानी उठ्ने अनुमान गरिएको छ । त्यसैले प्रारम्भिक लगानीको चुनौती भए पनि लामो अवधिमा किफायती सावित भएको देखिन्छ ।

तुलनात्मक हिसाबले कत्तिको सस्तो?
ऊर्जा उत्पादनको हिसाबले हेर्दा, एक किलो एलपी ग्यासले ११,००० क्यालोरी, डिजेलले ११,२०० क्यालोरी, र पेट्रोलले पनि त्यति नै इनर्जी दिन्छ । यी इन्धनको मूल्य करिब १३५–१५० रुपैयाँ प्रतिकिलो पर्छ । तर, हरित कोइलाको प्लेटको मूल्य प्रतिकिलो ३० रुपैयाँ मात्र पर्छ, जसले करिब ४,२०० क्यालोरी इनर्जी उत्पादन गर्छ । यसको अर्थ, करिब २.२ किलो प्लेटले एक किलो ग्यास बराबरको इनर्जी दिन्छ, जसले गर्दा प्रयोगकर्तालाई ५० प्रतिशतसम्मको बचत हुन्छ । विशेषगरी डिजेलको तुलनामा त अझ सस्तो पर्छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन