विज्ञापन

स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ

विज्ञापन
Image
विज्ञापन

विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगदसहित एक सरकारी कार्यालयका प्रमुख पक्राउ परेका छन् । गत साउन ३ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङलाई ६ लाख ६५ हजार रुपैयाँ नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौँ जाने तयारीमा थिए । विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा तामाङले बोकेको कालो रङको झोलाभित्र लुकाइराखेको अवस्थामा १ हजार दरका ५१५ थान र ५०० दरका ३०० थान गरी जम्मा ६ लाख ६५ हजार रुपैयाँ फेला परेको थियो । उक्त रकमको वैधानिक स्रोतबारे सोधपुछ गर्दा उनले सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल प्रहरी सुरक्षा गार्डले उनलाई नियन्त्रणमा लिएको थियो ।

विमानस्थलमा खटिएका प्रहरी नायव निरीक्षक (सई) राजेन्द्र तिम्सिनाले तामाङलाई बरामद रकमसहित थप अनुसन्धानका लागि सोही दिन जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाएका थिए

उपसचिव तहकै कर्मचारी पक्राउ परेको यति ठुलो घटनालाई भने मोरङ प्रहरीले हालसम्म गुपचुप राखेको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले घटनाको अनुसन्धान भइरहेको बताए ।

‘हामीले नियन्त्रणमा लिएको व्यक्तिले सम्पत्तिको स्रोत देखाउन सक्नुभएको छैन,’ एसपी कटुवालले भने, ‘सम्भवतः आज जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी छ ।’

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन