विज्ञापन

नेपालमै पहिलोपटक हेल्मेट स्यानिटाइजिङ मेसिन सार्वजनिक, ५ मिनेटमै हेल्मेट सफा र सुगन्धित

विज्ञापन
Image
विज्ञापन

बुटवल, १९ असार। नेपालमा पहिलोपटक हेल्मेट स्यानिटाइजिङ मेसिन भित्रिएको छ। भारतको हैदरावादस्थित फ्रेसपोड इन्डियाले उत्पादन गरेको उक्त मेसिन नेपालका लागि आधिकारिक वितरक गैरे फ्रेसपोड प्रालिमार्फत बजारमा ल्याइएको हो।

दैनिक हेल्मेट प्रयोग गर्ने मोटरसाइकल चालकहरूलाई लक्षित गर्दै ल्याइएको यो प्रविधिले हेल्मेटभित्र जम्मा हुने धुलो, पसिना, ब्याक्टेरिया तथा दुर्गन्ध हटाई हेल्मेटलाई सफा, स्यानिटाइज र सुगन्धित बनाउने कम्पनीले जनाएको छ।

बुटवलमा आयोजित एक कार्यक्रमबीच मेसिनको औपचारिक शुभारम्भ गरिएको हो। गैरे फ्रेसपोडको मातृ संस्था गैरे प्रतिष्ठान प्रालिका अध्यक्ष प्रेमराज गैरेले हेल्मेटको स्वच्छता र प्रयोगकर्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपालमा पहिलोपटक यस्तो प्रविधि भित्र्याइएको बताए।

गैरे फ्रेसपोडका अध्यक्ष प्रवेशराज गैरेका अनुसार मेसिनले करिब पाँच मिनेटमै हेल्मेटभित्र रहेको धुलो, दुर्गन्ध तथा जीवाणु हटाएर प्रयोगयोग्य बनाउँछ। उनका अनुसार मेसिनको नेपाली बजार मूल्य भ्याटसहित ५ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

कम्पनीले यो मेसिन मोटरसाइकल शोरुम, सर्भिस सेन्टर, पेट्रोल पम्प, हेल्मेट विक्रेता तथा अन्य व्यावसायिक संस्थाहरूलाई लक्षित गरी देशभर बिक्री–वितरण गर्ने जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन