विज्ञापन

बचत मात्र होइन, अब घर बनाउने सपना पनि पूरा गर्दै नागरिक लगानी कोष !

विज्ञापन
Image
विज्ञापन

एक समय कर्मचारी तथा सहभागीको बचत व्यवस्थापन र भविष्य सुरक्षामा मात्र केन्द्रित रहेको नागरिक लगानी कोष अहिले सर्वसाधारण सहभागीका लागि विभिन्न प्रकारका कर्जा सुविधा विस्तार गर्दै गएको छ। बचतसँगै आवश्यक पर्दा सहज रूपमा कर्जा उपलब्ध गराउने व्यवस्थाले कोषप्रति सहभागीहरूको आकर्षण झन् बढ्दै गएको छ।

विशेषगरी बुटवल शाखाबाट लुम्बिनी प्रदेशका १२ जिल्लाका सहभागीहरूले केन्द्रबाट उपलब्ध अधिकांश सेवासँगै विभिन्न कर्जा सुविधाको लाभ लिन सकिरहेका छन्। सहभागीको आवश्यकता र आर्थिक क्षमताअनुसार सरल कर्जा, घर खरीद सापटी कर्जा, जग्गा खरीद सापटी कर्जा, घर निर्माण सापटी कर्जा, घर मर्मत सापटी कर्जा लगायतका विभिन्न कर्जा योजनाहरू सञ्चालनमा रहेका छन्। साथै बचतमा आधारित सापटी सुविधा, पेन्सन योजना, बायोमेट्रिक KYC, अवकाश सुविधा तथा अन्य वित्तीय सेवासमेत शाखाबाट उपलब्ध भइरहेका छन्।

नागरिक लगानी कोषले कर्मचारी तथा सहभागीको बचत सुरक्षित राख्ने मात्र होइन, जीवनका महत्वपूर्ण आवश्यकतामा सहज वित्तीय सहारा प्रदान गर्ने उद्देश्यका साथ आफ्ना सेवा विस्तार गर्दै आएको जनाएको छ। घर किन्ने, जग्गा जोड्ने, नयाँ घर निर्माण गर्ने वा पुरानो घर मर्मत गर्ने योजनामा रहेका सहभागीहरूका लागि यी कर्जा योजनाहरू महत्वपूर्ण विकल्प बन्न थालेका छन्।

बुटवल शाखाले २०७८ सालदेखि निरन्तर सेवा प्रवाह गर्दै आएको छ। शाखामार्फत रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका सहभागीहरूले स्थानीय स्तरमै सेवा प्राप्त गरिरहेका छन्, जसका कारण काठमाडौं धाउनुपर्ने बाध्यता पनि धेरै हदसम्म कम भएको छ।

बचत, सामाजिक सुरक्षा, पेन्सन र सहज कर्जा—यी सबै सेवालाई एउटै छानामुनि उपलब्ध गराउँदै नागरिक लगानी कोषले सहभागीमैत्री सेवा विस्तारलाई निरन्तरता दिइरहेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन