Monday, December 23

सुदूरपश्चिम रोयल्सलाई हराउन पोखरा एभेन्जर्सले १५४ रन बनाउनु पर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई एक सय ५४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाएको हो ।

सुदूरपश्चिम रोयल्सका लागि आरिफ शेखले ४२ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज सम्हाल्न आएका आरिफ शेखले ३८ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *