Sunday, December 22

जीवनशैली

जहाँ बेहुलीले बिहेको एक महिना अगावै रुन थाल्छिन्, आँसु नआए आमाले कुटेर रुवाउँछिन्

जहाँ बेहुलीले बिहेको एक महिना अगावै रुन थाल्छिन्, आँसु नआए आमाले कुटेर रुवाउँछिन्

जीवनशैली
काठमाडौँ । विवाह भनेपछि हामी खुसीको उत्सव भनेर सम्झन्छौँ । तर,के तपाईँलाई थाहा छ संसारमा यस्तो ठाउँ छ जहाँ विवाहमा दुलही रुनै पर्नै बाध्यता छ । एउटा चिनियाँ जनजातिमा विवाह एउटा यस्तो अवसर हो जहाँ दुलही रुनैपर्छ। निस्सन्देह तपाईँलाई यो परम्परा निकै अनौठो लाग्न सक्छ तर यो जनजातिको विश्वास छ कि दुलही रोए मात्र विवाह शुभ हुन्छ । कल्पना गर्नुहोस्, एकातिर विवाहको दिन जीवनको सबैभन्दा सुन्दर दिन हो भने अर्कोतर्फ यस जनजातिका केटीहरू एक महिनाअघि नै रोइरहने अभ्यास गर्न थाल्छन् । कयौँ पटक परिवारका सदस्यले उनीहरूलाई धेरै रोउन् भनेर उक्साउँछन् र आँसु नआए बेहुलीकी आमाले छोरीलाई कुटेर भए पनि रुवाउन थाल्छिन् । चीनको दक्षिणपश्चिमी प्रान्त सिचुआनमा बसोबास गर्ने तुजिया जनजातिको विवाह बिलकुलै फरक हुन्छ । यस जनजातिका मानिसहरू हजारौँ वर्षदेखि यहाँ बस्दै आएका छन् र उनीहरूको विवाहमा दुलहीहरू रोइरहनु धेरै...
विराटनगरले एनपीएल उपाधि जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्रीको घोषणा

विराटनगरले एनपीएल उपाधि जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्रीको घोषणा

जीवनशैली, ताजा समाचार
१२ मंसिर, विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारकाे तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । एनपीएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । विराटनगरका किङ्सका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि जिते ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगक लागि कोशी प्रदेशबाट विराटनगर किंग्सले सहभागिता जनाउँदै छ । मुख्यमन्त्री कार्कीले टोलीलाई विदाइ गर्दै जितको शुभकामना दिए । मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको बताए ।...
आज कात्तिक शुक्ल प्रतिपदा : गाई,गोरु र गोवर्द्धन पूजा गरिंदै

आज कात्तिक शुक्ल प्रतिपदा : गाई,गोरु र गोवर्द्धन पूजा गरिंदै

आध्यात्मा, जीवनशैली, ताजा समाचार
१७ कात्तिक, काठमाडौं । आज कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात तिहारको चौंथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले ज...
दीपावलीमा बालबालिकाको स्वास्थ्यमा हुने फाइदा र बेफाइदा

दीपावलीमा बालबालिकाको स्वास्थ्यमा हुने फाइदा र बेफाइदा

जीवनशैली, ताजा समाचार, स्वास्थ्य
दीपावलीले घर, आँगन, र बालबालिकाको अनुहारमा खुसीको झिलमिलि ल्याउँछ। रंगिन बत्तीको उज्यालोमा दियो बाल्ने र मिठाइको मिठासमा झुम्ने दीपावलीको उल्लासले बालबालिकाको जीवनलाई रंगीन बनाउँछ। तर, यस चमक र धुमधामको जगत् भित्र केही सावधानीका सन्देश लुकेका छन्, जसलाई नसम्झी बालबालिकालाई रमाइलो गराउनु भनेको खतराको निम्ति ढोका खोल्नु हो। दीपावलीको रमाइलोले बालबालिकालाई धेरै कुरा सिकाउँछ र केही नकारात्मक असरहरू पनि दिन सक्छ। यहाँ दीपावलीको उत्सवले बालबालिकामा पार्न सक्ने सकारात्मक प्रभाव र सावधानी नअपनाउँदा हुन सक्ने समस्याहरूलाई थप रोचक र विवरणसहित प्रस्तुत गरिएको छ: फाइदाहरू १. संस्कार र परम्परामा समाहित हुने अवसर दीपावलीले बालबालिकालाई हिन्दू परम्पराको भव्यता र पौराणिक कथा-कथाहरू बुझ्ने अवसर दिन्छ। लक्ष्मी पूजादेखि भाइटीकासम्म, बालबालिका हाम्रा आदर्शहरू, देवी-देवताका पूजाको महत्व, र धर्मक...
नेवार समुदायले आज म्हः पूजा गर्दै

नेवार समुदायले आज म्हः पूजा गर्दै

जीवनशैली, ताजा समाचार, समाज
१७ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ । यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, चौतारालगायत स्थानमा मनाउने गरिएको छ ।...
कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन

कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन

अन्तरास्ट्रिय, आध्यात्मा, जीवनशैली, ताजा समाचार, समाज
१५ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो । त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मनपर्ने परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको छ । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्ने...
आज धनतेरस, के छ महत्व ?

आज धनतेरस, के छ महत्व ?

जीवनशैली
१३ कात्तिक, काठमाडौं । आज कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि अर्थात् धनत्रयोदशी मनाइँदै छ । यस दिनलाई धनतेरस पनि भनिन्छ । यस दिन बहुमूल्य सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने चलन छ । यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाइन्छ । यस दिन धातुका भाँडावर्तन, सुनचाँदीका गरगहना किनमेल गरे लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वास रहीआएको ज्योतिषाचार्य एवम् वास्तुविद पण्डित नारायणप्रसाद दुलाल बताउँछन् । धनतेरसमा सुनको विशेष महत्व हुन्छ । सुनलाई समृद्धिको प्रतीक मानिन्छ । यही महत्वलाई आत्मसाथ गरेर धनतेरसको अवसरमा सुन किन्ने परम्परा लामो समय देखि चलिआएको छ । धनी हो वा गरीब, यस दिन प्रत्येक व्यक्तिले आफ्नो सामर्थ्य अनुसार सुन किन्ने गर्छन् । भनिन्छ, यस दिन सुनको खरिद गर्नाले घरमा समृद्धी रहिरहन्छ । त्यसैले राष्ट्र बैंकले पनि धनतेरसलाई लक्षित गरी...
टिनका टहराबाट मुक्तभए वेदकोटका पौरखी मुक्तकमैया

टिनका टहराबाट मुक्तभए वेदकोटका पौरखी मुक्तकमैया

जीवनशैली, ताजा समाचार
६ कात्तिक, कञ्चनपुर । वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ। त्यतिबेला उहाँलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो। नदीको छेउमै रहेको त्यो बस्तीमा बाढी पस्थ्यो । होचो भूभाग हुनाले डुबानका कारण जमिनमा उब्जाउ पनि हुँदैनथ्यो। आशापुरमा मुक्तकमैया बस्ती हो । विसं. २०५७ सालमा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई त्यहाँ जग्गा उपलब्ध गराएको थियो । हाल मुक्तकमैया बस्ती आशापुरको मुहार फेरिएको छ। ‘वर्षा याममा बाढी पसेर कटान र डुबान हुन्थ्यो । जमिनमा उब्जाउ नै नभएर दैनिक हातमुख जोर्न समस्या थियो,’ डगौँराले भने, ‘पछि नदी किनारमा तटबन्ध निर्माण भयो। जमिनमा माटो भरेपछि उब्जाउ पनि हुन थालेको हो।’ हाल मुक्त कमैया शिविरका टिनका टहरा पक्की घरमा परिणत भएका छन् यहाँ मुक्तकमैयाको परिवार पनि बढेर २२ परिवार पुगेको छ । आशापुरको मुहार ...
६ वर्ष स्याहारेको श्रीमानले हिँड्न सक्ने भएपछि अर्कैलाई बिहे गरेपछि

६ वर्ष स्याहारेको श्रीमानले हिँड्न सक्ने भएपछि अर्कैलाई बिहे गरेपछि

जीवनशैली, ताजा समाचार
क्वालालम्पुर । एक जना मलेसियाली महिलाले ६ वर्षसम्म ओछ्यानमा थला परेका आफ्ना श्रीमान् स्याहारेर बसेकी थिइन् । कार दूघर्टनाका कारण महिलाको श्रीमान् ओछ्यान परेका थिए । तर निको भएपछि ती पुरुषले आफूलाई दुःखमा साथ दिने श्रीमतीलाई छाडेर अर्कै महिलासँग बिहे गरेका छन् । वर्षौँसम्म नुरुल स्याजवानीले सामाजिक सञ्जालमा आफूलाई बिरामी श्रीमानको हेरचाहकर्ताको रूपमा आफ्नो दैनिक जीवन सार्वजनिक गरेकी थिइन् । श्रीमानलाई खुवाउनेदेखि उनको डाइपर फेर्ने र नुहाइदिनेसम्मका गतिविधि सामाजिक सञ्जालमा पोस्ट गर्थिन् । कार दुघर्टनापछि थला परेका उनको श्रीमानलाई आफ्नै खुट्टामा उभिन ६ वर्ष लाग्यो । यो समयमा हरदम, हर क्षण नुरुल श्रीमानको साथमा थिइन् । बिरामी श्रीमानप्रति उनले देखाएको समर्पण र कतव्र्यका कारण फेसबुकमा मात्रै उनलाई हजारौँले पछ्याएका थिए । तर निको भएपछि श्रीमानले नुरुलसँगको सम्बन्ध तोडेर अर्की महिलासँग बिह...
राधाकृष्ण मन्दिर व्यवस्थापन अध्यक्षमा बाबुराम खनाल

राधाकृष्ण मन्दिर व्यवस्थापन अध्यक्षमा बाबुराम खनाल

जीवनशैली, ताजा समाचार, समाज
२४ असोज तम्घास, गुल्मी जिल्लाको रेसुङ्गा नगर पालिका ५ भुवनपानीको ऐतिहासिक राधाकृष्ण मन्दिरको मन्दिर व्यवस्थापन समितिको दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वर्तमान अध्यक्ष बाबुराम खनाललाइनै पुनः अध्यक्षमा निर्वाचित गरेको हो । बाबुराम खनालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि खिलध्वज पन्थीले धर्म संस्कृतीको रक्षा एवं जगेर्ना गर्दै धार्मिक सहिष्णुता कायम गर्दै अगाडि बढ्नुपर्ने बताए । समग्र मन्दिरको ऐतिहासिक पृष्ठभुमि सहित आध्यात्मिक चिन्तनको बिषय सहित कृष्ण खनाल (कुस्मा) ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधिहरु, नेपाल सरकारका उपसचिवहरु झविन्द्र खनाल र गोकर्ण खनाल, समाजसेवी व्यक्तित्वहरु, प्रध्यापक, शिक्षक, बुद्दिजिवी, आजिवन सदस्यहरू लगायत १५० जना बढिको उपस्थिति र...