Monday, December 23

अन्तरास्ट्रिय

यमनमा रहेका हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण

यमनमा रहेका हुथी विद्रोहीमाथि अमेरिकाको आक्रमण

अन्तरास्ट्रिय, ताजा समाचार
७ पुस, काठमाडौं । अमेरिकाले यमनको राजधानी सानामा रहेका हुथी विद्रोही रहेका स्थानमा आक्रमण गरेको छ । अमेरिकाले हुथी विद्रोहीका मिसाइल भण्डार केन्द्रमा हवाई हमला गरेको हो । अमेरिकी सेन्ट्रल कमाण्डले यमनमा आक्रमण पुष्टि गरेको छ । उसले लाल सागरमा हुथी विद्रोहीका ड्रोनहरु र एक एन्टी–सिप क्रुज मिसाइललाई पनि खसालेको जनाएको छ । इजरायलमाथि हुथी विद्रोहीले आक्रमण गरेपछि अमेरिकाले पछिल्लो दुई दिनमा दोस्रोपटक आक्रमण गरेको हो । यो आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन । तर कम्तिमा १६ जना मानिस घाइते भएको समाचार छ । हुथी विद्रोहीहरुले शनिबार इजरायलको तेल अविवमा एक ब्यालेस्टिक मिसाइलबाट हमला गरेका थिए । यो आक्रमणबाट दर्जनौं व्यक्तिहरु घाइते भएका थिए । हुथी इरान समर्थित विद्रोही समूह हो । उसले यमनको उत्तरपश्चिम क्षेत्रमा नियन्त्रण कायम गरेको छ । गत अक्टुबर २०२३ मा गाजामा युद्ध सुरु भएपछि...
क्रोएसियाको विद्यालयमा भएको चक्कु आक्रमणमा ७ वर्षीया बालिकाको मृत्यु, ६ जना घाइते

क्रोएसियाको विद्यालयमा भएको चक्कु आक्रमणमा ७ वर्षीया बालिकाको मृत्यु, ६ जना घाइते

अन्तरास्ट्रिय
५ पुस, जाग्रेब। क्रोएसियाको राजधानी जाग्रेबस्थित एक विद्यालयमा शुक्रबार भएको चक्कु आक्रमणमा ७ वर्षीया बालिकाको मृत्यु भएको र एक शिक्षक तथा अन्य पाँच विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमण स्थानीय समयानुसार बिहान ९ः५० बजे प्रेच्को एलिमेन्टरी स्कूलमा भएको हो । उनीहरूले आक्रमणकारीलाई ‘युवा पुरुष’ भनी वर्णन गरे र उनलाई पक्राउ गरिएको बताए । स्वास्थ्यमन्त्री इरेना ह्रिस्टिकले आक्रमणकारी १८ वर्षभन्दा माथिको भएको बताए । यद्यपि मिडियाले उनी १९ वर्षका भएको बताएको छ । क्रोएसियाली मिडियाले प्रकाशित गरेको भिडियो फुटेजमा बालबालिकाहरू स्कुलको भवनबाट भागेको र मेडिकल हेलिकप्टर स्कुलको आँगनमा अवतरण गरेको देखाइएको छ । प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकले सरकारी बैठकको सुरुआतमा आक्रमणबाट ‘स्तब्ध’ भएको बताउँदै अधिकारीहरूले अझै के भयो भनेर पत्ता लगाउन काम गरिरहेको जानकारी ...
भारतीय संसद् अगाडि भएको झडपपछि सत्ता पक्ष र विपक्षीबीच आरोप-प्रत्यारोप

भारतीय संसद् अगाडि भएको झडपपछि सत्ता पक्ष र विपक्षीबीच आरोप-प्रत्यारोप

अन्तरास्ट्रिय, ताजा समाचार
४ पुस, नयाँदिल्ली । भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबीच भएको झडपलाई लिएर दुवै पक्षले एकअर्कालाई आरोप-प्रत्यारोप गरिरहेका छन् । संसद परिसरमा अम्बेडकरको मुद्दामा विपक्षी सांसदहरूले प्रदर्शन गर्ने क्रममा झडप भएको कांग्रेस नेता राहुल गान्धीले बताएका छन् । उनले गौतम अडानीको मुद्दालाई दबाउन भाजपाले जानाजान गरेको झडप भनेका छन् । ‘भाजपाले यो सबै जानाजान गरेको हो ताकि अडानीको मुद्दालाई दबाउन सकियोस्,’ उनले भने । उनले अडानीको मुद्दामा छलफलबाट बच्न भाजपाले ध्यान मोड्ने प्रयास गरिरहेको छ। अडानीविरुद्ध अमेरिकामा आरोप पत्र दर्ता भएको र कांग्रेसले संसदमा यसबारे छलफल चाहिरहेको सन्दर्भमा भाजपाले विषयान्तर गर्न खोजेको उनको आरोप छ । कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले भाजपाले अम्बेडकरको अपमान गरेको छ र यस्ता मानसिकता निन्दनीय रहेको बताए । संसद भवन अगाडि भएको झडपमा भारतीय...
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?

क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?

अन्तरास्ट्रिय, स्वास्थ्य
मस्को । आफूहरूले क्यान्सर विरुद्धको खोप तयार पारेको दाबी रुसको स्वास्थ्य मन्त्रालयले गरेको छ । यो खोप आफ्ना नागरिकलाई सित्तैमा लगाइने मन्त्रालयले भनेको छ । डेली मेलमा छापिएको एउटा समाचारका अनुसार रुसको स्वास्थ्य मन्त्रालयमातहतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टका प्रमुख एन्ड्री काप्रिनले भनेका छन् कि खोपलाई सन् २०२५ को सुरुमा लन्च गरिनेछ । खबरका अनुसार यो खोपबाट क्यान्सर निको हुनेछ । यसले ट्यूमर बन्नबाट भने रोक्ने छैन । खोपको हरेक मात्रा बिरामीका लागि छुट्टा छुट्टै तयार पारिने वैज्ञानिकहरूले भनेका छन् । यो खोप पश्चिमी देशमा बनाइरहेको क्यान्सर विरुद्धको खोप जस्तै भएको बताइएको छ । तर अहिलेसम्म यो खोपले कसरी क्यान्सरको निको पार्छ भनेर चाँहि स्पष्ट बताइएको छैन । यो खोपको कत्तिको प्रभावकारी हुनेछ वा रुसले यसलाई कसरी लगाउनेछ भन्ने जस्ता जानकारी पनि आएका छैनन् । न त मन्त्रालयले खोपको नाम ...
चीन र भारत पनि ईयूको प्रतिबन्धमा

चीन र भारत पनि ईयूको प्रतिबन्धमा

अन्तरास्ट्रिय
३ पुस, काठमाडौं । रुससँग निकट सम्बन्ध बनाएको भारत पश्चिमा देशको निशानामा पर्दै गएको छ । केही महिना अघि अमेरिकाको प्रतिबन्ध सामना गरेको भारत ईयूको समेत प्रतिबन्धबाट दबाबमा छ । रुसको अर्थव्यवस्था र युद्ध क्षमता कमजोर बनाउने उद्देश्यले युरोपेली संघले नयाँ प्रतिबन्धहरु लागू गरेको छ । १५ औं प्याकेजका यी प्रतिबन्धमा रुसको ‘श्याडो फ्लिट’ का साथै प्रविधि आपूर्तिमा नियन्त्रण तथा भारत, चीन, इरान जस्ता देशका कम्पनी समावेश छन् । श्याडो फ्लिट जहाजहरुको एक समूह हो जसले प्रतिबन्धित सामान तस्करीका लागि छद्म रणनीति उपयोग गर्दछ । युक्रेनसँग युद्ध सुरु भएयता ईयूले रुसको ‘श्याडो फ्लिट’का अरु धेरै जहाजलाई प्रतिबन्धको सूचीमा थपेको छ । यी जहाजले प्रतिबन्धलाई नजरअन्दाज गर्दै रुसी तेल, हतियार र युक्रेनबाट चोरिएका अन्न लैजाने गर्दछन् । युरोपेली आयोगका अनुसार यीमध्ये ३३ जहाजले रुसी तेल र पेट्रोलियम उत्पा...
हिन्द महासागरको मायोट द्वीपमा शक्तिशाली तुफान, कम्तिमा १०० जनाको मृत्यु

हिन्द महासागरको मायोट द्वीपमा शक्तिशाली तुफान, कम्तिमा १०० जनाको मृत्यु

अन्तरास्ट्रिय, ताजा समाचार
१ पुस, काठमाडौं । हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अनुमान अधिकारीहरुले गरेका छन् । फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानले क्षति पुर्‍याएको हो । ३ लाख २० हजार जनसंख्या रहेको मायोट द्वीपमा २२५ किलोमिटरको गतीमा तुफान आएको थियो । यसलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली तुफान भनिएको छ । यो तुफानबाट हजारौं व्यक्तिहरु प्रभावित भएका छन् । क्षतिग्रस्त क्षेत्रमा खोज, उद्धार र राहतको काम जारी छ । अहिलेसम्म ११ जनाको मात्र शव फेला परेको भनिए पनि मृतकको संख्या एक सयभन्दा बढी पुग्न सक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । त्यहाँका हजारौं व्यक्तिहरु खाना, पानी र आवास विना बस्न बाध्य छन् ।...
ट्रम्पको गुप्तचर सल्लाहकार समितिको अध्यक्षमा नुन्स नियुक्त

ट्रम्पको गुप्तचर सल्लाहकार समितिको अध्यक्षमा नुन्स नियुक्त

अन्तरास्ट्रिय
३० मंसिर, वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा डेभिन नुन्सलाई नियुक्त गरेका छन् । ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत नुन्सलाई गुप्तचर निकायको सल्लाहकार नियुक्त गरेका हुन् । हाउस इन्टेलिजेन्स कमिटीको पूर्व अध्यक्षको रूपमा नुन्सको अनुभव र सन् २०१६ को अमेरिकी चुनावमा रूसी हस्तक्षेपको पर्दाफास गर्न उनको महत्त्वपूर्ण भूमिकाको लागि नुन्स योग्य रहेको ट्रम्पले बताएका छन् । ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट शेयर गर्दै अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले लेखेका छन्, ‘म ट्रुथ सोसलका कार्यकारी प्रमुख नुन्सलाई राष्ट्रपतिको ‘इन्टेलिजेन्स एडभाइजरी बोर्ड’ को अध्यक्षमा नियुक्त गर्ने कुरा घोषणा गर्न पाउँदा खुसी छु । यस समितिमा संघीय सरकार बाहिरका प्रतिष्ठित नागरिकहरू समावेश छन् ।’ सञ्चार तथा ...
ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभीले तिर्‍यो १५ मिलियन डलर*

ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभीले तिर्‍यो १५ मिलियन डलर*

अन्तरास्ट्रिय, ताजा समाचार
३० मंसिर, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभी च्यानलले १५ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएका थिए । उनको त्यो अभिव्यक्ति विरुद्ध मानहानीको मुद्दा परेको थियो । सोही मुद्दामा एबीसी टिभी च्यानल ट्रम्पलाई १५ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्न तयार भएको हो । शनिबार भएको सम्झौता अनुसार एबीसीले प्रस्तोता स्टेफानोपोलोसको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै खण्डन प्रकाशन पनि तयार भएको छ । साथै एबीसीले ट्रम्प पक्षको कानुनी फीबापत एक मिलियन डलर पनि तिर्ने छ । *१५ मिलियन हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ -स....
इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु

इजरायलले गाजामा आक्रमण गर्दा मेयरसहित २२ जनाको मृत्यु

अन्तरास्ट्रिय
३० मंसिर, काठमाडौं । इजरायलले गाजामा गरेको हवाई हमलामा मेयरसहित कम्तिमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) र हमासका दुवैले यसको पुष्टि गरेका छन् । बीबीसीका अनुसार मृत्यु हुनेमा दीर अल बलाह शहरका मेयरसहितका व्यक्तिहरु छन् । यो शहरमा मात्रै १३ जनाको मृत्यु भएको छ । यसैगरी एक स्कुलमा महिला र शिशुसहित सात जनाको मृत्यु भएको छ । इजरायलका अनुसार त्यो स्कुललाई हमासले आफ्नो आधार इलाकाको रुपमा प्रयोग गर्दै आएको थियो । त्यसैले त्यहाँ आक्रमण गरेको इजरायली सेनाको दाबी छ । तर इजरायलको यस्तो दाबीमा हमासले खण्डन गर्दै आएको छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले गाजा क्षेत्रमा युद्धविराम सम्झौता हुने विश्वास व्यक्त गरिरहेका बेला इजरायलको यो पछिल्लो आक्रमण भएको हो । गत वर्ष अक्टुबरमा हमासले इजरायलमा आक्रमण गर्दा १० नेपालीसहित १ हजार २०० जना इजराय...
दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाअभियोग प्रस्ताव, संसद बाहिर हजारौं भेला

दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाअभियोग प्रस्ताव, संसद बाहिर हजारौं भेला

अन्तरास्ट्रिय
२९ मंसिर, काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल विरुद्ध फेरि पनि महाअभियोग प्रस्ताव अघि बढेको छ । यस प्रस्तावको पक्ष–विपक्षमा आज शनिबार सांसदहरुले मतदान गर्नेछन् । भोटिङ सुरु हुँदै गर्दा संसद बाहिर हजारौं नागरिक भेला भएका छन् । राष्ट्रपति योलले यसअघि देशमा सैनिक कानुन लागू गर्ने घोषणा गरेपछि विपक्षी दलले विरोध गरेको थियो । लगत्तै उनले निर्णय फिर्ता लिएका थिए । त्यसपछि विपक्षी दलले उनीविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको थियो । तर प्रक्रिया रोकिएको थियो । नेशनल एसेम्बलीमा मतदान प्रक्रिया अघि बढाउन पर्याप्त संख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने घोषणा सभामुखले गरेसँगै महाभियोग प्रस्तावमाथिको प्रक्रिया रोकिएको थियो । अहिले फेरि विपक्षी दलले महाअभियोग प्रस्ताव ल्याएको हो । विपक्षी दलका नेताहरुले राष्ट्रपति योललाई पदबाट नहटाएसम्म महाअभियोग प्रस्ताव ल्याइरहन...