सातै प्रदेशका कृषि मन्त्री सिहंदरबारमा
७ पुस, काठमाडौं । सातै प्रदेशका कृषिमन्त्रीहरूको बैठक सिंहदरबारमा बसेको छ । प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय विषयगत समितिको बैठक बसेको हो ।
बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सामुहिक प्रयास आवश्यक रहेको बताएका छन् ।
विषयगत समितिको १० औं बैठकको अध्यक्षता गर्दे मन्त्री अधिकारीले राज्यको क्षमताले भ्याउने गरि योजना बनाउनुपर्ने र कार्यन्वयनलाई प्रभावकारी बनाउन पर्नेमा जोड दिए । ‘बाँझो रहेका जग्गामा खेती गर्ने व्यवस्था गर्ने गरि स्थानीय तहमार्फत् कानुन तथा कार्यविधि वनाई लागू गर्न आवश्यक रहेको छ । यसका लागि प्रदेश र संघिय सरकारले सर्शत र विशेष अनुदान उपलब्ध गराउनुर्छ,’ मन्त्री अधिकारीले भने ।
मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफुलको सम्भावना रहेको र यसका लागि तिनै तहले योजना ...