Sunday, December 22

विजनेस

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक संसद पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक संसद पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

विजनेस
७ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रूपमा विभाजन गर्ने दुई विधेयक संघीय संसदमा पेस गर्न मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार ५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । योसँगै अब नेपाल हवाई सेवा प्राधिकरण स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्राप्त भएको छ । यसैगरी नेपाल नागरिक उड्डयनसँग सम्बन्धित कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ समेत संघीय संसदमा पेस गर्न स्वीकृति प्राप्त भएको छ । प्राधिकरणलाई नियमनकारी र सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै संस्था बनाउने सम्बन्धमा लामो समयदेखि बहस जारी छ । अन्तर्राष्ट्रिय नियामक निकायबाट समेत यस सम्बन्धमा चासो व्यक्त हुने गरेको छ । तर, प्राधिकरण नेतृत्व र अधिकतम कर्मचार...
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

विजनेस
७ पुस, काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका छन् । म्याग्दी हाइड्रोले प्रतिसेयर १ सय रुपैयाँका दरले ४७ लाख ४५ हजार कित्ताबापत ४७ करोड ४५ लाख रुपैयाँ बराबर सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौता अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म छ ।...
पोखरामा दोस्रो ‘ड्रागन बोट फेस्टिभल’ हुने

पोखरामा दोस्रो ‘ड्रागन बोट फेस्टिभल’ हुने

विजनेस
७ पुस, काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा दोस्रो ‘ड्रागन बोट फेस्टिभल’ आयोजना हुने भएको छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा फेस्टिभल हुन लागेको हो । १४ देखि १५ पुस (२९–३० डिसेम्बर २०२४) सम्म आयोजना हुन लागेको ड्रागन बोट फेस्टिभलमा नेपालका ११, चीन ८ र सिंगापुरका एक गरी २० समूह सहभागी हुने आयोजकले जनाएको छ । २ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीयले १ हजार २ सय डलर पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी सहभागी बाँकी १७ समूहलाई प्रतिसमूह ५ सय डलर प्रदान गरिने छ । ड्रागन बोटको दोस्रो संस्कर...
१३.५३ अंकले घट्यो सेयर बजार, कारोबार साढे ४ अर्ब

१३.५३ अंकले घट्यो सेयर बजार, कारोबार साढे ४ अर्ब

विजनेस
७ पुस, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १३.५३ अंक (०.५३ प्रतिशत) ले घटेको छ । बजार २५८३.२९ बिन्दुमा रोकिएको छ । आइतबार कुल ३ सय १९ धितोपत्रको ५७ हजार ८ सय ६३ वटा कारोबार भएको छ । यस दिन ९१ लाख ८० हजार ७ सय १८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७ रुपैयाँ बराबर कारोबार भएको छ । आइतबार जलविद्युत्, उत्पादन तथा प्रशोधन बाहेक सबै उपसमूहको मूल्य घटेको छ । सबैभन्दा धेरै (२.०५ प्रतिशत) विकास बैंक उपसमूहका लगानीकर्ताले गुमाएका छन् । लगानी उपसमूहका लगानीकर्ताले १.१८ प्रतिशत बराबर घाटा बेहोरेका छन् । घटेको बजारमा पनि आइतबार चार वटा धितोपत्रको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, बाराही हाइड्रोपावर र न्यादी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । सुपर मादी हाइड्रोको ९.९९ र पिपुल्स पावरको मूल्य ९.७१ प्रतिश...
सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

विजनेस
७ पुस, काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार एक सय र चाँदी प्रतितोला ३० रूपैयाँले बढेको हो । गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ४९ हजार छ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँ कायम भएको छ ।...
लगातार उकालो लागेको यूरो र अमेरिकी डलरको भाउ घट्यो

लगातार उकालो लागेको यूरो र अमेरिकी डलरको भाउ घट्यो

विजनेस
६ पुस, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दर अनुसार, स्वीस फ्र्याङ्कको मात्रै मूल्य बढेको छ । लगातार उकालो लागेको अमेरिकी डलर, युरोपियन युरोलगायतको मूल्य आज भने घटेको छ । यस्तै, साउदी अरेबियन रियाल, कतारी रियाल, यूएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ । त्यसैगरी युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउ पनि घटेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ र बिक्री...
यो साता सेयर बजार ३.१८ प्रतिशत घट्यो, धेरै घट्नेमा व्यापार समूह

यो साता सेयर बजार ३.१८ प्रतिशत घट्यो, धेरै घट्नेमा व्यापार समूह

विजनेस
५ पुस, काठमाडौं । यो साता सेयर बजार ३.१८ प्रतिशत घटेको छ । गत साता २६८२.२९ अंकमा रहेको बजार यो साता २५९६.८२ अंकमा झरेको छ । गत साता बजार १.९ प्रतिशत घटेको थियो । पछिल्ला दिनमा बजारमा खरिद पक्ष कमजोर देखिएको छ । यो साता एकदिन बजार बढ्दा तीन दिन घटेको छ । पहिलो दिन सोमबार ५१.३७ अंक घट्यो । मंगलबार भने २.९५ अंक बढेको थियो । तर, बुधबार ५.६० र बिहीबार ३१.४३ अंक घटेको थियो । बजार घट्दा कारोबार रकम समेत घट्दो देखिन्छ । सोमबार ५ अर्ब ७९ करोडको कारोबार भयो । मंगलबार ४ अर्ब २९ करोड, बुधबार ४ अर्ब २१ करोड र बिहीबार ४ अर्ब ७० करोडको कारोबार भयो । यो साता सबै सेक्टरका सूचक घटे । व्यापार समूह सबैभन्दा धेरै २.७३ प्रतिशत घटेको छ । त्यसपछि फाइनान्स सेक्टर २.३१ प्रतिशत घटेको छ । त्यसैगरी लगानी समूह १.९५, हाइड्रोपावर १.५२ र डेभलपमेन्ट बैंक १.२५ प्रतिशत घटेका छन् । बजारका शक्तिशाली सेक्टर बैंकिङ ०...
घरजग्गा कारोबारमा देखिएको शिथिलता हटाउँछौं : उपप्रधानमन्त्री सिंह

घरजग्गा कारोबारमा देखिएको शिथिलता हटाउँछौं : उपप्रधानमन्त्री सिंह

विजनेस
५ पुस, काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले घर जग्गा कारोबारमा देखिएको शिथिलतालाई हटाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार जग्गा आवास विकासमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठन गरिएको कार्यदलको प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री सिंहले घर जग्गा कारोबारलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाए। उनले प्रतिवेदनमा उठेका विषयलाई क्रमिक रुपमा कार्यान्वयन गर्दै लैजाने पनि बताए । ‘जग्गा तथा आवास विकाससँग सम्बन्धित ऐतिहासिक दस्तावेजका रुपमा यो प्रतिवेदन पछिसम्म रहनेछ। जग्गा तथा आवाससम्बन्धि अनुसनधान गर्नेहरुले पनि यो प्रतिवेदनलाई आधार बनाउनेछन् भन्ने विश्वास छ,’ उनले भने, ‘तपाइहर्रुंले दिनुभएको प्रतिवेदनलाई केलाएर मन्त्रालयले ऐननियम बनाउने क्रममा पनि यसले आधार दिनेछ । प्रतिवेदनमा भएका सुझाव कार्यान्वयनका लागि मन्त्रालयले काम गर्नेछ । यसलाई राम्रो बना...
हेटौँडा सिमेन्ट उद्योगले पुस १३ देखि उत्पादन थाल्ने

हेटौँडा सिमेन्ट उद्योगले पुस १३ देखि उत्पादन थाल्ने

विजनेस
५ पुस, बागमती । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए । उपकरणको कार्य पुसको १० गतेसम्ममा सकिने र त्यस लगत्तैबाट उत्पादन गर्ने तयारीमा रहेको उनले बताए । ‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणको मर्मतकार्य अझै भइरहेकै छ’, अध्यक्ष भण्डारीले भने, ‘हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौँ, तर उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन गर्न समय लागेको हो।’ उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाल...
थाइल्यान्डको बिमस्टेक सत्रमा परराष्ट्र टोलीको भर्चुअल सहभागिता

थाइल्यान्डको बिमस्टेक सत्रमा परराष्ट्र टोलीको भर्चुअल सहभागिता

विजनेस
४ पुस, काठमाडौं । ‘बिमस्टेक’ सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरूको थाइल्यान्डको बैंककमा जारी बैठकको २४औं सत्रमा कार्यवाहक परराष्ट्र सचिव अमृतबहादुर राई नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भर्चुअल माध्यमबाट सहभागी भएको छ । ‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यमा बंगालको खाडीको प्रयास’ (बिमस्टेक) को उक्त सत्रको अध्यक्षता थाइल्यान्डको परराष्ट्र मन्त्रालयका डेपुटी स्थायी सचिव पैसान रुपानिच्किजले गरेका छन् । उनी हाल बिमस्टेकका अध्यक्ष पनि हुन् । उक्त सत्रमा कार्यवाहक सचिव राईले बिमस्टेकको बडापत्रको दृष्टिकोण र उद्देश्यप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याएका छन् । त्यसैगरी क्षेत्रीय सहकार्यका उपलब्धिमाथि प्रकाश पार्दै राईले जनता–जनताबीच सम्पर्क क्षेत्र र तिनका उपक्षेत्र संस्कृति, पर्यटन, गरिबी निवारणका साथै सम्पर्क मञ्चबीच भएका प्रगतिको अवस्थाबारे जानकारी दिए । यिनमा नेपाल एक अग्रणी देश रहेको उनल...