Monday, December 23

विजनेस

अन्डाको मूल्य बढ्यो

अन्डाको मूल्य बढ्यो

विजनेस
४ पुस, काठमाडौं । कुखुराको अन्डाको मूल्य बढ्ने भएको छ । ५ पुसदेखि लागु हुनेगरी अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँको दरले बढाएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको हो । संघका अनुसार मिडियम साइज अन्डा प्रतिक्रेट ४७० रुपैयाँबाट ४८५ र ठूलो अन्डा प्रतिक्रेट ४८५ रुपैयाँबाट ५०० रुपैयाँ प्रतिक्रेट पुगेको हो । संघको बिहीबार बसेको बैठकले चितवनलाई आधार मानेर बिक्री मूल्य तय भएको हो । संघले अन्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेट सहितको प्रति पेटी १४० रुपैयाँ थप लाग्ने जनाएको छ । अब बजारमा अन्डाको मूल्य प्रतिगोटा १६ रुपैयाँ बढी पर्ने भएको छ ।...
बोटलर्स नेपाल तराईले कित्ताको ५० रुपैयाँ नगद लाभांश दिने

बोटलर्स नेपाल तराईले कित्ताको ५० रुपैयाँ नगद लाभांश दिने

विजनेस
४ पुस, काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको ५ मंसिरमा बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई प्रतिकित्ता ५० रुपैयाँ बराबर नगद लाभांश घोषणा गरेको हो । त्यसैगरी कम्पनीको ३८औं वार्षिक साधारणसभा २६ पुसमा हुने र १९ पुस एकदिन सेयरधनी दर्ता किताब बन्द रहने जनाइएको छ ।...
इन्फिनिटी लघुवित्तले लाभांश नदिने

इन्फिनिटी लघुवित्तले लाभांश नदिने

विजनेस
४ पुस, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । लघुवित्त सञ्चालक समितिको ३ पुसमा बसेको ११०औं बैठकले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सञ्चालक समिति बैठकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने जनाएको छ ।...
सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

विजनेस
४ पुस, काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामै १ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज बिहीबार १ हजार ७ सयले घटेर तोलाको १ लाख ४९ हजार रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार तोलामा १ लाख ५० हजारले कारोबार भएको थियो । त्यसैगरी चाँदीको भाउ पनि घटेको छ । महासंघका अनुसार आज बिहीबार चाँदी ५५ ले घटेर तोलाको १ हजार ७ सय ८० मा झरेको छ । बुधबार तोलाको १ हजार ८ सय ३५ रुपैयाँ थियो ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

विजनेस
४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरमा अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ शून्य एक पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आ...
बुटवलमा २४ औं औद्योगिक व्यापार मेला: लगानी, संस्कृति र नवप्रवर्तनको समागम

बुटवलमा २४ औं औद्योगिक व्यापार मेला: लगानी, संस्कृति र नवप्रवर्तनको समागम

विजनेस
|| दिनेश पाण्डे ||बुटवल ०३ पुस, बुटवलमा २४ औं औद्योगिक व्यापार मेला सुरु भएको छ। बुटवल उद्योग वाणिज्य संघको आयोजना, बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा सञ्चालन भइरहेको यो मेला पुस ३ देखि पुस १८ सम्म अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा जारी रहनेछ। ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित आयोजना गरिएको यस मेलाले ५ सय स्टलका माध्यमबाट स्थानीय तथा राष्ट्रिय स्तरका उत्पादक र व्यवसायीलाई एउटा साझा प्लेटफर्म उपलब्ध गराएको छ। मेलाको सुरुवात: उद्घाटनमा सरकारको प्रतिबद्धता मेलाको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्योगी र व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे। उनले लगानी सुरक्षाको पूर्ण प्रतिबद्धता व्यक्त गर्दै २८ हजार मेघावाट विद्युत उत्पादन र १६ हजार मेघावाट विद्युत निर्यात गर्ने सरकारको महत्वाकांक्षी योज...
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छः अध्यक्ष अग्रवाल

उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छः अध्यक्ष अग्रवाल

विजनेस
३ पुस,काठमाडौं। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन्। बुधबार थापाथलीमा रहेको परिसंघको कार्यालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष अग्रवालले अहिले नेपालको अर्थतन्त्र आयातमा निर्भर रहेकाले यसलाई उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनु परिसंघको उद्देश्य रहेको बताए। चार वर्षको अथक प्रयासपछि मन्त्रिपरिषद्ले स्वदेशी वस्तुको उपयोग सम्बन्धी कार्यविधि पारित गरेको उनको भनाइ छ। मेकइन नेपालको उद्देश्य नेपालमा उत्पादन गरेर नेपाली वस्तुको उपयोग गर्ने रहेको बताए। परिसंघले पूर्वधार सम्बन्धी गोष्ठि र महिलाहरुलाई सक्षम बनाउने खालका कार्यक्रम गरिरहेको र त्यसबाहेक सञ्चारकर्मीहरुसँग नयाँ कार्यक्रम सुरु गरेको उनले उल्लेख गरे । उनले भने, ‘कतिपय विषयहरु टेक्निकल हुन्छ । त्यसमा हाम्रो मि...
त्रिभुवन विमानस्थलमा एकै महिना साढे ८ लाख यात्रु, १२ हजार बढी उडान

त्रिभुवन विमानस्थलमा एकै महिना साढे ८ लाख यात्रु, १२ हजार बढी उडान

विजनेस
३ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनामा साढे लाखभन्दा बढी यात्रु आवागमन र साढे १२ हजारभन्दा बढी उडान–अवतरण भएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार जारी गरेको तथ्यांक अनुसार सन् २०२४ नोभेम्बर महिनामा ८ लाख ५१ हजार २५ यात्रु आवागमन भएको छ । नोभेम्बरमा १२ हजार ५ सय २५ उडान–अवतरण भएको छ । दुवै संख्या आन्तरिक र अन्तर्राष्ट्रियतर्फको हो । नोभेम्बरमा अन्तर्राष्ट्रियतर्फ ४ लाख २९ हजार ८ सय ४७ यात्रु आवागमन भएको छ । कुल २ हजार ६ सय ४८ उडान–अवतरणबाट १ लाख ९९ हजार ४ सय ९५ यात्रु आगमन भएको छ भने २ लाख २९ हजार ७ सय ६३ यात्रु बाहिरिएका छन् । त्यसैगरी आन्तरिकतर्फ ४ हजार ९ सय ३३ अवतरण हुँदा २ लाख १९ हजार ४ सय ३० र ४ हजार ९ सय ४४ उडानबाट २ लाख १ हजार ७ सय ४८ यात्रु बाहिरिएका छन् । कुल आन्तरिक यात्रु आवागमन संख्या ४ लाख २ हजार १ सय ७८ पुगेको छ ।...
औद्योगिक व्यापार मेला बुटवलमा सुरु

औद्योगिक व्यापार मेला बुटवलमा सुरु

विजनेस
३ पुस, बुटवल । बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला सुरु भएको हो । अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुन गईरहेको मेलाको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्घाटन गरे । त्यस अवसरमा मन्त्री खड्काले लगानीको सुरक्षा गर्न सरकार तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । उनले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरुको चिन्ताप्रति सरकार गम्भिर रहेको भन्दै व्यवसायीको लगानीको सुरक्षा गर्न र कानुनी जटिलता हटाएर व्यवसायिक वातावरण निर्माण गर्ने सरकार लागि परेको भनाई राखे । मन्त्री खड्काले सय दिन नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्थाका कारण म...
७०० ले घट्यो सुनको मूल्य

७०० ले घट्यो सुनको मूल्य

विजनेस
३ पुस, काठमाडौं । सुनको भाउ आज ७०० रुपैयाँले घटेको छ । मंगलबार एक लाख ५१ हजार ४०० मा कारोबार भएको सुनको भाउ आज एक लाख ५० हजार ७०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । पुसको पहिलो दिन एक लाख ५१ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन दोस्रो दिन मंगलबार बढेर एक लाख ५१ हजार ४०० पुगको थियो । आज फेरि ७०० रुपैयाँले घटेको हो । यस्तै दुई दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।...