Monday, December 23

विजनेस

औद्योगिक व्यापार मेला बुटवलमा सुरु

औद्योगिक व्यापार मेला बुटवलमा सुरु

विजनेस
३ पुस, बुटवल । बुटवलमा औद्योगिक व्यापार मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला सुरु भएको हो । अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुन गईरहेको मेलाको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उद्घाटन गरे । त्यस अवसरमा मन्त्री खड्काले लगानीको सुरक्षा गर्न सरकार तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । उनले राजनीतिक अस्थिरताका कारण लगानीको वातावरण नभएको भन्ने उद्योगी व्यवसायीहरुको चिन्ताप्रति सरकार गम्भिर रहेको भन्दै व्यवसायीको लगानीको सुरक्षा गर्न र कानुनी जटिलता हटाएर व्यवसायिक वातावरण निर्माण गर्ने सरकार लागि परेको भनाई राखे । मन्त्री खड्काले सय दिन नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्थाका कारण म...
७०० ले घट्यो सुनको मूल्य

७०० ले घट्यो सुनको मूल्य

विजनेस
३ पुस, काठमाडौं । सुनको भाउ आज ७०० रुपैयाँले घटेको छ । मंगलबार एक लाख ५१ हजार ४०० मा कारोबार भएको सुनको भाउ आज एक लाख ५० हजार ७०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । पुसको पहिलो दिन एक लाख ५१ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन दोस्रो दिन मंगलबार बढेर एक लाख ५१ हजार ४०० पुगको थियो । आज फेरि ७०० रुपैयाँले घटेको हो । यस्तै दुई दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
दुई दिनको उच्च गिरावटपछि सेयर बजार तीन अंकले बढ्यो

दुई दिनको उच्च गिरावटपछि सेयर बजार तीन अंकले बढ्यो

ताजा समाचार, विजनेस
२ पुस, काठमाडौं । गत बिहीबार र सोमबार उच्च दरले घटेको नेप्से मंगलबार करिब तीन अंक (०.११ प्रतिशत) ले बढेर २६३३.८७ पुगेको छ । गत बिहीबार १.२३ प्रतिशतले घटेको नेप्से यो साताको पहिलो कारोबार दिन सोमबार करिब २ प्रतिशतले घटेको थियो । मंगलबार त्यो प्रवृत्तिमा सुधार आए पनि वृद्धि उत्साहजनक हुन सकेन । मंगलबारको सुधारलाई कारोबार रकमले पनि साथ नदिएको देखिएको छ । गएका दुई कारोबार दिन ६ अर्ब हाराहारीमा कारोबार भएकोमा मंगलबार जम्मा ४ अर्ब ३४ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको छ । यसले राजनीतिक तहमा उथलपुथल हुन्छ कि भन्ने डरले लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा बसेको देखिन्छ । मंगलबार कारोबारमा आएका १२ उपसूचकमध्ये सात उपसूचकहरू सीमान्त रूपमा बढेका छन् भने पाँच उपसूचक सोही प्रवृत्तिमा घटेका छन् । कुनै पनि उपसूचकको वृद्धि वा घटाइ एक प्रतिशतभन्दा बढी हुन सकेको छैन । सबैभन्दा उच्च दरमा फा...
मनकामना केबुलकार सेवा दुई दिन बन्द हुने

मनकामना केबुलकार सेवा दुई दिन बन्द हुने

विजनेस
३० मंसिर,चितवन । मनकामना केबुलकारको सेवा दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि १ र २ पुसमा सेवा बन्द गरिने जानकारी दिए । टावरको मर्मत सम्भारका लागि दुई दिन केबुलकार सेवा बन्द गर्न लागिएको भन्दै आगामी ३ पुस बुधबारदेखि नियमित सञ्चालन गरिने शेरचनले बताए । सो अवधिभर ‘वटम स्टेसन’स्थित रेस्टुरेन्ट सेवा भने यथावत् रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहज बनाउने उद्देश्यले नेपालमा पहिलो पटक ८ मंसिर २०५५ सालदेखि मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । केबुलकारको प्रवेशद्वार वटम स्टेशन चितवनको इच्छकामना गाउँपालिका–४ चेरेसमा पर्दछ ।...
अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर, एनमएबीले बढायो

अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर, एनमएबीले बढायो

विजनेस
३० मंसिर, काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले मंसिरको तुलनामा पुसको ब्याजदर स्थिर राख्दा एनमएबी बैंकले भने बढाएको छ । मंसिरको तुलनामा पुसका लागि एनएमबीले निक्षेपको अधिकतम ब्याजदर १.०३ प्रतिशत बिन्दुले बढाएको हो । व्यक्तिगत निक्षेपमा एनएमबीले मंसिरका लागि ५.५७ प्रतिशत ब्याजदर तोकेको थियो, जसलाई बढाएर पुसमा ६.६ प्रतिशत ब्याजदर तोकिएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकले पनि ०.५ प्रतिशत बिन्दुले ब्याज बढाएको छ । मंसिरका लागि ५.७५ प्रतिशत निक्षेपको ब्याज राखेको यो बैंकले पुसका लागि ६.२५ प्रतिशत ब्याज तोकेको छ । बाँकी बैंकले भने निक्षेपको ब्याज करिब स्थिर राखेका छन् । नेपाल बैंकले ०.३५ प्रतिशत बिन्दु, एनआईसी एसियाले ०.१९ प्रतिशत बिन्दु सानिमाले ०.१ प्रतिशत बिन्दु र कृषि विकास बैंकले ०.०३ प्रतिशत बिन्दुले ब्याज घटाएका छन् । तर, यो घटाइ सांकेतिक मात्रै हो । बाँकी सबै वाणिज्य बैंकहरूले व...
२२ सयले घट्यो सुनको मूल्य

२२ सयले घट्यो सुनको मूल्य

विजनेस
३० मंसिर,काठमाडौं । बजारमा आज सुन चाँदीको भाउ २ हजार २ सयले घटेको छ । शुक्रबार एक लाख ५३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५ दिन यताकै कम मुल्यमा झरेको हो । यस्तै बजारमा आज चाँदीको मुल्य पनि घटेको छ । शुक्रबार एक हजार ८६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।...
आज अधिकांश विदेशी मुद्राको भाउ घट्यो

आज अधिकांश विदेशी मुद्राको भाउ घट्यो

विजनेस
३० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले तय गरेको विनिमयदर अनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । आइतबारका लागि अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९७ पैसा कायम भएको छ । गत शुक्रबार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८ पैसा कायम भएको थियो । शुक्रबार अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड कायम भएको थियो । आइतबार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ १३ पैसा तोकिएको छ । केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैया...
राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भयो : मन्त्री गुरुङ

राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भयो : मन्त्री गुरुङ

विजनेस
२९, मंसिर काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिक साधारण सभा एंव सातौं महासभामा बोल्दै उनले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आएको उल्लेख गर्दै दुई प्रमुख दलको सरकारले समस्याहरूको समाधान खोज्न सुरु गरेको बताएका हुन् । मन्त्री गुरुङले राजस्व संकलनमा समस्या आएको स्वीकार गर्दै भने, ‘अर्थतन्त्रमा राजस्व इच्छाएको अनुसार उठ्न सकिरहेको छैन। भन्सार राजस्व भनेको अर्थतन्त्रको मुख्य स्रोत हो, र आयातमा गिरावट आएकोले यसले राजस्व र पुँजीगत खर्चमा असर पुर्‍याएको छ।’ उनले सरकारको आगामी कार्यहरूमा सुधारका लागि प्रधानमन्त्रीले सार्वजनिक खरिद ऐनमा संशोधन र नयाँ ऐन ल्याउनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएका बताए । ...
दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छ : महासंघ अध्यक्ष ढकाल

दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छ : महासंघ अध्यक्ष ढकाल

विजनेस
२८ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीतिहरू पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार सम्पन्न १५औं दक्षिण एसियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा अध्यक्ष ढकालले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने बताए । ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिका क्षेत्रहरूमध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबैभन्दा कम जोडिएको क्षेत्र रहेको बताएका हुन् । उनले क्षेत्रीय आर्थिक एकीकरणका लागि पछिल्लो दशकमा ठोस प्रगति नभएको जानकारी गराउँदै यस क्षेत्रमा घरेलु उद्योगहरूमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गतको न्यून भन्सार महसुलले महत्त्वपूर्ण दबाब सिर्जना गरेको बताए । विशेष गरी नेपालमा साना लगानी भएका उद्योगहरूको संरक्षण र प्रवर्द...
विश्व बैंकबाट नेपाललाई साढे १३ अर्ब ऋण स्वीकृत

विश्व बैंकबाट नेपाललाई साढे १३ अर्ब ऋण स्वीकृत

विजनेस
२८ मंसिर, काठमाडौं । विश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण स्वीकृत गरेको छ । विश्व बैंक कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालाई दिने उक्त रकम बराबरको ऋण स्वीकृत गरेको हो । नेपालमा कार्यान्वयन भइरहेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) हासिल गर्ने प्रयासलाई सहयोग गर्न विकास नीति सञ्चालन (डीपीओ) अन्तर्गत यो ऋण प्रदान गरिएको विश्व बैंकले जनाएको छ । विश्व बैंकका अनुसार डीपीओको दोस्रो शृंखलाअन्तर्गत सहयोग भएको हो । ‘कार्यक्रममा आधारित यो डीपीओ शृंखला नेपाललाई अझै बढी उत्थानशील बनाउन तथा दिगोपन हासिल गर्न उत्प्रेरकको काम गर्ने छ, यसले नेपालीका लागि दीर्घकालीन विकासको आधार सृजना र संरक्षण गर्ने छ,’ नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले भने । यो ऋणले नेपालका वित्तीय उपकरण, जलसुरक्ष...