गुगलले ल्यायो ‘सुपरब्रेन’ क्वान्टम चिप, खोल्नेछ अर्बौं वर्षको रहस्य
काठमाडौं । दिग्गज सूचनाप्रविधि कम्पनी गुगलले सोमबार आफ्नो पहिलो क्वान्टम चिप विलो (Willo)सार्वजनिक गरेको छ । गुगलको उक्त चिपलाई क्वान्टम कम्प्युटिङ क्षेत्रमा एउटा ठूलो कदम मानिएको छ ।
विलोको चर्चा चुलिँदै जाँदा टेस्ला तथा एक्सका मालिक एलन मस्कले समेत गुगलका सीईओ सुन्दर पिचाइसँग कुराकानी गरेका छन् ।
यसले पनि गुगलले बनाएको क्वान्टम चिप विलो कस्तो हो ? भन्ने आम जिज्ञासा हुनु स्वाभाविकै हो ।
समाचार अनुसार उक्त क्वान्टम चिपले कठिनभन्दा कठिन सवालहरु समेत केही मिनेटमा समाधान गर्न सक्दछ । सो चिपकै कारण समानान्तर ब्रम्हाण्ड तथा मल्टिभर्स जस्ता अवधारणाहरुमाथि समेत चर्चा हुन थालेको छ । यो चिपले भविष्यमा धेरै कुरा परिवर्तन गर्नसक्ने बताइएको छ ।
के हो गुगल विलो ?
क्वान्टम चिप गुगल विलोलाई अर्को पुस्ताको चिप भनिएको छ । यो चिपलाई सेन्ट बार्बारास्थित कम्पनीको क्वान्टम ल्याबमा तयार गरिएको हो...