Monday, December 23

कृषि

३० करोड लगानीमा रुपन्देहीमा नेपालकै ठूलो अर्गानिक मल उद्योग

३० करोड लगानीमा रुपन्देहीमा नेपालकै ठूलो अर्गानिक मल उद्योग

कृषि, ताजा समाचार, विजनेस
१५ मंसिर,बुटवल । रुपन्देहीको रोहिणीमा ३० करोड लगानीमा नेपालकै ठूलो अर्गानिक मल उद्योगले व्यवसायिक उत्पादन थालेको छ । नेपालमा बर्सेनि मलको अभाव भइरहने सदाबहार समस्याका बीच कोरोना महामारीका बेला झन् बढी मल अभाव र अन्य वस्तु आयात ठप्प हुँदा जनजीवनमा परेको असर देखेपछि भैरहवाका व्यवसायी दम्पति सिद्धार्थ अग्रवाल र पुनमकुमारी अग्रवालले रुपन्देहीमा देशकै ठूलो अर्गानिक मल उद्योग खोल्ने सोच बन्यो । पुनम मेडिकल माइक्रो बायोलोजी विषयमा पीएचडी पूरा गरेकी हुनाले रासायनिक मलको प्रयोगबाट माटोको उर्बराशक्तिमा आउने ह्रास तथा रासायनिक मलको प्रयोगबाट उत्पादित खाद्यान्नले मानव स्वास्थ्यमा पार्ने असरबारे राम्रो जानकार थिइन् । त्यही भएर उनले ठूलो क्षमताको अर्गानिक मल उद्योग खोलेर देशव्यापी बजार विस्तार गर्न सकिने संभावना देखिन् । तर उद्योग स्थापनालाई चाहिने ३० करोड मध्ये १० करोड उनीहरुलाई अपुग थियो । उद...
बिउको गुणस्तरीयतामा कृषिमन्त्री अधिकारीको जोड

बिउको गुणस्तरीयतामा कृषिमन्त्री अधिकारीको जोड

कृषि, ताजा समाचार
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमै गुणस्तरीय बीउ उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँमा आयोजित १५ औँ राष्ट्रिय हर्टिकल्चर सम्मेलनमा अधिकारीले नेपालमा गुणस्तरीय बीउ उत्पादन गर्नुपर्नेमा जोड दिएका हुन् । गुणस्तरीय बीउ उत्पादनसँगै वितरणलाई प्रभावकारी बनाउन सबै निकायहरूको भूमिका महत्त्वपूर्ण हुने उनले बताए । सबै कृषिजन्य बालीहरूको उत्पादनको आधारभूत स्रोत बिउनै भएकाले गुणस्तरीय बीउ उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए । आलु तथा मसालाबाली क्षेत्रको विकासको लागि सरकारी तथा गैरसरकारी निकायहरूका साथै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको मन्त्री अधिकारीले उल्लेख गरे । नेपालका रैथाने बीउ बिजनको संरक्षण अपरिहार्य रहेकोमा जोड दिँदै मन्त्री अधिकारीले मन्त्रालयबाट हालसालै बीउ विजन नियमावली संशोधन गर्ने क...
२ दशकदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?

२ दशकदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, भजनी (कैलाली) । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे । २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गामा आएर बसे । सरकारले गरिबलाई जग्गा वितरण गरिरहेको छ भन्ने लागेर टीकापुर झरेको उनी बताउँछन् । तर, टीकापुर पुग्दा बुदेले सोचे जस्तो भएन । अछाममा हुँदा पनि अरुको काम गरेर दैनिकी गुजारा गर्ने उनी टीकापुर झरेपछि अछाम फर्किएनन् । ‘अछाममा पनि केही थिएन, यता पनि केही छैन । जता बसे पनि सुकुम्वासी’, उनले भने, ‘१९ वर्षदेखि सरकारले व्यवस्थापन गर्छ कि भन्ने आशामा छौँ । आशा गर्दागर्दै मर्ने बेला भइसक्यो ।’ अछामकै तडिगैराबाट ५० वर्षको उमेरमा टीकापुर पुग्नुभएका नन्दे लुहारलाई बुढ्यौलीले छोइसकेको छ । जग्गा पाइएला भन्ने आशामा बस्दा बस्दै लुहार सामाजिक सुरक्षा भत्ता पाउने उमेरको भइसके । उनी भन्छन्, ‘...
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे चार दिन अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी मङ्सिर ९ देखि १२ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको हो । फोरम फर इथिकल रिभ्यु कमिटी इन द एशिया एन्ड वेस्टर्न प्यासिफिक रिजनको २४ औं शिखर सम्मेलन काठमाडौँ आयोजना गर्न हुन लागेको हो । सो सम्मेलनकाने नारा ‘म्याक्सिमाइज बेनिफिट थ्रो रेस्पोन्सिबल कन्डक्ट अफ रिसर्च’ रहेको छ । सम्मेलनमा स्वदेश तथा विदेशबाट अनुसन्धान आचारसंहिता विषयसँग सम्बद्ध विभिन्न विधाका विज्ञहरु, अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू, प्राज्ञिक संस्थाका प्रतिनिधिहरू तथा विद्यार्थीहरूको महत्त्वपूर्ण उपस्थिति रहने छ । अनुसन्धान आचारसंहिताका विभिन्न पाटोहरुमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुबिच गहन छलफल, बहस तथा प्रस्तुतीकरण हुनेछ । करिब ६ सय जनाको स्वदेशी त...
रवि र छविसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

रवि र छविसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, चितवन। सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए । साहाराबाट गोर्खा मिडियासहित ५ वटा संस्था/ कम्पनीमा रकम पठाइएका संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय चितवनका वरिष्ठ प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।...
हजारबाट सयमा झरेको दुर्गा प्रसाई पक्षधरको भेला

हजारबाट सयमा झरेको दुर्गा प्रसाई पक्षधरको भेला

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । अघिल्लो वर्ष आजैको दिन सम्झँदै विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शनको घोषणा गरेका थिए । प्रसाईले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नाम दिएर प्रदर्शन गर्ने भएपछि सुरक्षा चुनौतीको धेरथोर आँकलन पनि गरिएको थियो । लाख भन्दा बढीमान्छे उतार्ने भन्दै प्रचार प्रसार गरेका प्रसाईं पक्षधरको प्रदर्शनलाई राज्यले बल्खु क्षेत्र तोक्यो । सुरक्षा उपस्थिति पनि सोही अनुरुप बाक्लो बनाइयो । त्यतिबेला प्रसाईंले युवालाई विदेशबाट फर्काउने, विदेशको जेलमा रहेका ७ हजार युवालाई फिर्ता बोलाउने, २० लाखभन्दा मुनिको ऋण मिनाहा गराउने लगायतका अभिव्यक्ति दोहोर्‍याए । व्यवस्था विरुद्धको प्रदर्शनमा निषेधाज्ञा तोड्नैपर्ने भन्दै उनले प्रदर्शनलाई जनविद्रोहको संज्ञा दिए । सुरक्षा निकायको विश्लेषण अनुसार त्यतिबेला करिब ८ हजारको हाराहारीमा मान्छ प्रसाईंले उतार...
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबिच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गरे । उनले दुई मुलुकबिचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए । सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस गर्दै आफूलाई भाग्यमानी ठानेको बताउँदै दुई देशको सम्बन्धलाई थप विस्तारमा आफूले सक्दो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, नेपाली सेनाका उपरथी मधुकर कार्क...
विराजभक्तसँग रविले भनेः जनताले आफैं बुझेका छन्

विराजभक्तसँग रविले भनेः जनताले आफैं बुझेका छन्

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यले आफूप्रति गरेको व्यवहार जनताले बुझेको बताएका छन् । सभापति लामिछानेलाई हिरासतमा भेट्न शुक्रबार पोखरा पुगेका संसदीय दलका उपनेता विराजभक्तसँगको कुराकानीमा उक्त कुरा बताएका हुन् । सभापति लामिछानेको भनाइ उधृत गर्दै श्रेष्ठले भने, ‘अब त मैले केही भन्नै परेन । पहिले त मैले बोल्नु परेको थियो । अहिले राज्यले के गरेको छ । जनताले आफैं बुझेका छन् ।’ लामिछानेलाई हिरासतमा राखेको शुक्रबार ३५ दिन पुगेको छ । जनताले दुख पाउनु हुँदैन भन्ने सभापतिको इच्छा बमोजिम विरोधको प्रदर्शनको शैली फेरिएको श्रेष्ठले बताए । भेटपछि प्रतिक्रिया दिने क्रममा श्रेष्ठले एमालेको आजको प्रदर्शन औचित्यहिन भएको बताए वर्तमान सरकार डरको मानसिकताबाट बनेको र सत्तारुढ दुई दलले गरेको साँतबुँदे सहमतिमा काम हुन नसकेको श्रेष्ठले बताए । ‘यो सरकारको निर्माण न...
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना

जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना

What's Hot, कृषि, ताजा समाचार, भिडियो, शिक्षा, समाज, स्वास्थ्य
दैलेख । कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा बस दुर्घटना भएको छ । शुक्रबार बेलुकी पाँच बजे जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ख ६०५६ नम्बरको बस आठविस नगरपालिका –३ सिस्नेमा बे्रक फेल हुँदा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ । बस भित्तामा ठोकिएको र केही घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले जानकारी दिए ।घटनाबारे थप विवरण भने आउन बाँकी रहेको छ ।...
चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

What's Hot, कृषि, ताजा समाचार, शिक्षा, समाज, स्वास्थ्य
७ मंसिर, काठमाडौँ। निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका छिटफुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेकोभन्दा फरक नपार्न निर्देशन दिएको हो। प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइनबोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सूचित गराएको छ । आचारसंहिता उल्लङ्घन भए÷गरेमा तत्कालै कारबाही गर्न निर्वाचन अधिकृत वा अनुगमनकर्ता र स्थानीय प्रशासनलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । मंसिर १६ गते आइतवार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम...