Sunday, December 22

खेलकुद

एनपीएलको पहिलो उपाधिमा जनकपुरले लेखायो नाम, १ करोड १० लाख पुरस्कार

एनपीएलको पहिलो उपाधिमा जनकपुरले लेखायो नाम, १ करोड १० लाख पुरस्कार

खेलकुद, ताजा समाचार
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो । जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई उक्त कार प्रदान गरिएको हो । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो । नेपाल क्रिकेट सङ्घ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले मिलेर दिन लागेको कारको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ। नेपाल प्रिमियर लिगको फेयर प्लेको अवार्ड लुम्बिनी लायन्सले जितेको छ ।...
वर्षाले प्रभावित खेलमा नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य

वर्षाले प्रभावित खेलमा नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य

खेलकुद
५ पुस, काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप अन्तर्गत सुपर फोरको खेलमा नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ । वर्षाले प्रभावित खेल ११ ओभरमा छोट्याइएपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ५४ रन बनाएको हो । नेपालका लागि सावित्री धामीले सर्वाधिक ११ रन बनाइन् । नेपालका चार खेलाडी रनआउट हुँदा बंगलादेशका चार बलरले १-१ विकेट लिए । फाइनलमा स्थान बनाउनका लागि नेपाललाई जित्नैपर्ने दबाब छ । फेरि वर्षा भएर खेल रद्द भएमा बंगलादेश नै फाइनलमा पुग्ने छ । भारत यसअघि नै फाइनलका लागि छनोट भइसकेको छ ।...
युनाइटेडलाई हराउँदै टोटनहाम इएफएल कपको सेमिफाइनलमा

युनाइटेडलाई हराउँदै टोटनहाम इएफएल कपको सेमिफाइनलमा

खेलकुद
५ पुस, काठमाडौं । म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै टोटनहाम इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको रोमाञ्चक क्‍वाटरफाइनलमा टोटनहामले युनाइटेडलाई ४-३ गोलअन्तरले हराएको हो । टोटनहामको जितमा डोमिनिक सोलान्केले २ गोल गर्दा डेजान कुलुसेभ्स्की र सन ह्युङमिनले १-१ गोल गरे । युनाइटेडका जोसुआ जर्क्जी, अमाद दियालो र जोनी इभान्सले १-१ गोल गरे । खेलको १५औं मिनेटमा सोलान्केले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल मात्र भएपनि दोस्रो हाफ रोमाञ्चक बनेको थियो जहाँ थप ६ गोल भए । दोस्रो हाफको ४६औं मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ५४औं मिनेटमा सोलान्केले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहामलाई ३-० ले अगाडि राखे । तर ६३औं मिनेटमा जर्क्जीले गोल गर्दा ७०औं मिनेटमा दियालोले अर्को गोल थपेपछि युनाइटेड खेलमा फर्कन...
कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

खेलकुद
४ पुस, काठमाडौं । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो । बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा गरेको हो । जनकपुरले अब उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल शनिबार हुनेछ । सुदूरपश्चिमले जनकपुरलाई नै क्वालिफायरमा वानमा पराजित गर्दै फाइनल पुगेको थियो । जनकपुरका लागि जिमी नीशमले १७ बल खेल्दै २ चौका र ५ छक्काको मदतमा सर्वाधिक ४५ रन बनाए । शेर मल्लले अविजित १६ रन जोडे । शेरले १० बल खेल्दा १ छक्का प्रहार गरे । हर्श थाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन जोडे । बलिङमा कर्णालीका विपिन प्रसाद शर्माले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी, विलियम ...
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य

खेलकुद
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय १९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन बनाएको हो । कर्णाली याक्स बुधबार खेलिएको ‘एलिमिनेटर’ खेलमा बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो ‘क्वालिफायर’ मा प्रवेश गरेको हो । जनकपुर बोल्ट्स भने बुधबार नै खेलिएको पहिलो ‘क्वालिफायर’ खेलमा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटले पराजित भएपछि दोस्रो ‘क्वालिफायर’ खेल्न बाध्य भएको हो । दोस्रो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि पहिलो ‘क्वालिफायर’ को विजेता सुदूरपश्चिमसँग भिडन्त गर्नेछ ।...
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध

महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध

खेलकुद
४ पुस, काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षा कारण रोकिएको छ । मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा केही बेर अघि सुरु भएको खेल वर्षाले रोकिएको हो। नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो । पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो । नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउदैँ सुपर–४ मा प्रवेश गरेको थियो । यसैगरी, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अङ्क बाँडेका थिए । रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो।...
फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

खेलकुद, ताजा समाचार
४ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ । लिग चरणमा चौथो स्थानमा रहेको कर्णाली याक्सले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो । लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर १ मा सुदूरपश्चिम रोएल्ससँग पारजित भएपछि क्वालिफायर टु खेल्न लागेको हो । सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर छ । लिगको अन्तिम खेलमा पराजित भएपनि कर्णालीले एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई हराएकोले लयमा छ । चितवन विरुद्ध विशेषगरी कर्णालीको ब्याटिङ राम्रो देखिएको थियो । त्यसमा विदेशी खेलाडीहरुको प्रदर्शन अझ प्रभावकारी रह्यो । त्यही अनुसार नेपाली ब्य...
रियल मड्रिडले जित्यो फिफा इन्टर कन्टिनेन्टल कप

रियल मड्रिडले जित्यो फिफा इन्टर कन्टिनेन्टल कप

खेलकुद
४ पुस, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा मेक्सिकन क्लब पाचुकालाई ३-० गोलअन्तरले हराउँदै रियलले उपाधि जितेको हो । रियलको जितमा किलियन एमबापे, रोड्रिगो र भिनिसियस जुनियरले एक-एक गोल गरे । खेलको ३७औं मिनेटमा एमबापेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको रियलले दोस्रो हाफमा दुई गोल थप्यो । ५३औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८४औं मिनेटमा भिनिले पेनाल्टीमार्फत गोल गर्दै रियलको ३-० को जित सुनिश्चित गरे । यूरोपियन च्याम्पियन रियलले सिधै फाइनल खेल्दा पाचुकाले कनकाकाफ च्याम्पियन भएर ब्राजिल र इजिप्टको क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो ।...
सुपर फोरमा नेपालले आज श्रीलंकासँग खेल्दै

सुपर फोरमा नेपालले आज श्रीलंकासँग खेल्दै

खेलकुद
४ पुस, काठमाडौं । मलेसियामा भइरहेको एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा आज देखि सुपर फोर चरणका खेलहरु सुरु हुनेछन् । नेपालले सुपर फोरको पहिलो खेलमा आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ । नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका भने समूह ए को दुवै खेल जितेर समूह विजेता बनेको थियो । भारत र पाकिस्तानजस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो । भारतविरुद्ध दोस्रो खेल भने वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडेका थिए । समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेको हो । समूह ए बाट बंगलादेश दुवै खेल जितेर समूह विजेताको हैसियतमा सुपर फोरमा पुग्दा श्रीलंकाले एक खेल जितेको थियो । पहिलो खेलमा...
जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

खेलकुद
३ पुस, काठमाडौं । विनोद भण्डारीको अर्धशतक मदतमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा प्रवेश गरेको छ । ओपनर विनोदले अविजित रहँदै ५८ रन बनाएपछि जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गरेको हो । विनोदले ५५ बल खेल्दा ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान दीपेन्द्र सिंह ऐरील अविजित २० रन बनाए । उनले १६ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे । ऐरीले चौका प्रहार गर्दै खेल जिताएका थिए । जनकपुरका ललित राजवंशी र किशोर महतोले १-१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो । जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । शुभ क...