Sunday, December 22

खेलकुद

कोल्सावाला र बोसिस्टोको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

कोल्सावाला र बोसिस्टोको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

खेलकुद
३ पुस, काठमाडौं । जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि एनपीएल एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेट गुमाएर १७५ रन बनाएको हो । एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । यस्तै बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र२ छक्का मदतमा ५२ रन बनाए ।...
एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार

एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार

खेलकुद, ताजा समाचार
१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् । प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार पुरस्कार दिने यसअघि नै क्यानले घोषणा गरिसकेको छ । प्रतियोगिताको पुरस्कार घोषणा आज गरिएको हो । एनपीएलमा बुधबारदेखि प्लेअफका खेलहरू सुरू हुँदे छन् । सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स शीर्ष चारमा रहँदै प्लेअफमा पुगिसकेका छन् ।...
यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै

यू-१९ महिला एसिया कपमा नेपालले पाकिस्तानसँग खेल्दै

खेलकुद
१ पुस, काठमाडौं । एसीसी यू१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । समूह बी मा रहेका नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार बिहान १२: ४५ बजे क्वालालम्पुरस्थित बायुमास ओभलमा सुरु हुनेछ । पाकिस्तान पहिलो खेलमै भारतसँग पराजित भएकोले नेपालले आजको खेल जित्न सके सुपर फोर मा प्रवेश गर्नेछ । पुजा महतोको कप्तानीमा रहेको नेपाली टोली उच्च मनोबलका साथ मलेसिया पुगेको छ । आईसीसी यू१९ महिला टी२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू१९ विश्वकप र यू१९ एसिया कपमा छनोट भएको थियो ।...
कमजोर प्रदर्शनको जिम्मेवारी आफैँ लिन्छु : कुशल भुर्तेल

कमजोर प्रदर्शनको जिम्मेवारी आफैँ लिन्छु : कुशल भुर्तेल

खेलकुद
३० मंसिर, काठमाडौं। पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो प्रदर्शन किन कमजोर भयो भनेर आफैँ बु्झ्न नसकेको बताएका छन् । आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुदूरपश्चिमसँग ५ रनले पराजित भएपछि कप्तान कुशल भुर्तेलले यसो बताएका हुन् । ‘म आफैँले बुझ्न सकेको छैन मेरो प्रदर्शन यस्तो भयो भनेर।’ भुर्तेलले पोष्ट म्याचमा भने। उनले समग्र लिगमा आफ्नो प्रदर्शनबाट सन्तुष्ट नभएको बताए । साथै उनले कमजोर प्रदर्शनको जिम्मेवारी पनि आफै लिने बताए । उनले भने, ‘कमजोर प्रदर्शनको जिम्मेवारी आफैँ लिन्छु।’ कुशलले प्रतियोगिताभर ७ खेलमा ५४ रन बनाए, एक खेलमा ब्याटिङ गर्नै नपर्दा एक खेलमा डकआउट भएका थिए । उनले ३१ रनको उच्च स्कोर बनाए ।...
कुगेलेइन चम्कँदा सुदूरपश्चिमको रोमाञ्चक जित

कुगेलेइन चम्कँदा सुदूरपश्चिमको रोमाञ्चक जित

खेलकुद
३० मंसिर, काठमाडौं । स्कट कुगेलेइनले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि नेपाल प्रिमियर लिग सुदूरपश्चिम रोएल्सले पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक जित हात पारेको छ । सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा अन्तिममा सम्हालिन नसक्दा २ बल अगावै १४८ रनमा अलआउट भयो । अन्तिम ओभरमा जितका लागि पोखरालाई ६ बलमा ८ रन आवश्यक रहँदा २ रन मात्र जोडेर ३ विकेट गुमाएपछि जिन नजिक पुगेर पनि पराजित भयो । पोखरालाई अलआउट गर्न सुदूरका स्कट कुगेलेइनले अन्तिम ओभरमा ३ सहित कूल ५ विकेट लिए ।...
सुदूरपश्चिम रोयल्सलाई हराउन पोखरा एभेन्जर्सले १५४ रन बनाउनु पर्ने

सुदूरपश्चिम रोयल्सलाई हराउन पोखरा एभेन्जर्सले १५४ रन बनाउनु पर्ने

खेलकुद
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई एक सय ५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाएको हो । सुदूरपश्चिम रोयल्सका लागि आरिफ शेखले ४२ रनको योगदान गरे । पाँचौँ नम्बरमा क्रिज सम्हाल्न आएका आरिफ शेखले ३८ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए ।...
विराटनगरलाई हराएपछि काठमान्डुको प्लेअफ सम्भावना कायमै

विराटनगरलाई हराएपछि काठमान्डुको प्लेअफ सम्भावना कायमै

खेलकुद
३० मंसिर, काठमाडौं । विराटनगर किंगसमाथि १ विकेटको रोमाञचक जित हात पारेपछि काठमान्डु गुर्खाजले प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ । लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ । अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ । काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।...
विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य

विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य

खेलकुद
३० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो ।
बसिरको अलराउण्ड प्रदर्शनमा विराटनगरले चितवनलाई हरायो

बसिरको अलराउण्ड प्रदर्शनमा विराटनगरले चितवनलाई हरायो

खेलकुद
२८ मंसिर, काठमाडौं । बसिर अहमदको अलराउण्ड प्रदर्शनमा विराटनगर किंगसले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । यो जितपछि ६ खेलबाट ४ अंक जोडेको विराटनगरको प्लेअफको झिनो सम्भावना कायम राखेको छ । चितवनको भने ६ खेलमा यो तेस्रो हार हो र प्लेअफ पुग्ने चितवनको अभियानमा ठूलो धक्का लागेको छ । ६ खेलबाट ६ अंकसहित चितवन चौथो स्थानमै यथावत छ । चितवनले अब लिगको अन्तिम खेलमा शनिवार प्लेअफमा छनोट भइसकेको जनकपुर बोल्ट्सको सामना गर्नेछ । विराटनगरको जितमा अलराउण्ड प्रदर्शन गरेका बसिरले ब्याटिङमा अर्धशतक बनाए भने किफायती बलिङ गर्दै १ विकेट लिए । विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेल्दा ५ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो । चितवनका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ बल खेल्दै ३ चौका र २ छक्का मदतम...
बसिरको अर्धशतकमा विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

बसिरको अर्धशतकमा विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

खेलकुद
२८ मंसिर, काठमाडौं । बसिर अहमदले अर्धशतक बनाएपछि विराटनगर किंग्सले नपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको हो । एनपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका बसिरले अविजित ६८ रन जोडे । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे । यस्तै राजेश पुलामी मगरले अविजित ३३ रन बनाए । मार्टिन गप्टिलले ४५ रन बनाए । कमजोर सुरुवात गरे पनि इनिङ्सको अन्तिममा आक्रमक बनेको विराटनगरले अन्तिम चार ओभरमा ६९ रन बनाएको थियो । कुनैबेला १० रनमै ३ विकेट गुमाएको विराटनगर ३३-४ को अवस्थामा थियो । तर बसिर र मार्टिन गप्टिलले पाँचौ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरे । ओपनर लोकेश बम र वान डाउनमा आएका दिपक बोहरा पहिलो ओभरमै आउ...