Monday, January 13

खेलकुद

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको गतिलो सुरुवात

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाको गतिलो सुरुवात

खेलकुद
भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले गतिलो सुरुवात गरेको छ। मेलबर्नमा टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले पहिलो दिनको खेलको समाप्तिमा ६ विकेट गुमाएर ३११ रन बनाएको छ। पहिलो दिन नै अघिल्लो क्रमका चार ब्याट्सम्यानले अर्धसतक प्रहार गरेका छन्। साम कोन्सटासले ६८, उस्मान खवाजाले ५७, मार्नुस लाबुस्चेनले ७२ र स्टेभन स्मिथले नटआउट ६८ रन बनाएका छन्। ट्रेभिस हेड शून्य रनमा बोल्ड हुँदा एलेक्स केरीले ३१ र मिचेल मार्सले ४ रन बनाए। स्मिथसँगै क्याप्टेन प्याट क्युमिन्स ८ रनमा क्रिजमा छन्। भारतका लागि जस्प्रित बुमराहले ३ तथा रविन्द्र जडेजा र आकाश दीपले समान एक विकेट लिएका छन्। ५ खेलको शृंखला १-१ को बराबरीमा छ। पहिलो टेस्टमा भारत २९५ रनले र दोस्रोमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो। वर्षाले प्रभावित तेस्रो टेस्ट भने बराबरीमा सकिएको थियो।...
नेपाल भलिबल लिगको लोगो सार्वजनिक, ६ टोली सहभागी हुने

नेपाल भलिबल लिगको लोगो सार्वजनिक, ६ टोली सहभागी हुने

खेलकुद, ताजा समाचार
९ पुस, काठमाडौं । भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक भएको छ । आयोजक केडिया ग्रुपले मंगलबार एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको नाम लोगो र स्लोगान सार्वजनिक गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले लोगो अनावरण गरेका थिए । यस्तै मन्त्री चाैधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा ‘उचाईको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे । केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप यचाईमा पुर्याउने लक्ष्यका साथ यचाईको उडान स्लोगान राखिएको बताए । एनभीएलका एडमिन तथा अपरेसन हेड विकास खेतानले पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउण्ड रोविनका आधारमा खेल हुने जानकारी दिए । खेतानका अनुसार ९ दिनसम्म चल्ने लिगमा कुल १५ खेल हुने र लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेछ । यस्तै हरेक टोलीमा १२ ...
कुशल मल्लले डेजर्ट भाइपर्सबाट आईएलटी२० खेल्ने

कुशल मल्लले डेजर्ट भाइपर्सबाट आईएलटी२० खेल्ने

खेलकुद
९ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर कुशल मल्लले इन्टरनेशनल लिग टी२० खेल्ने भएका छन् । उनलाई डेजर्ट भाइपर्सको टिमले तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो । मल्ललाई नेदरल्याण्ड्सका अलराउण्डर बास डे लिडेको स्थानमा टिममा भित्र्याइएको हो । डे लिडे चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि टिमले मल्ललाई अनुबन्ध गरेको जनाएको छ । कुशल मल्ललाई अनुबन्ध गरेकोबारे टिप्पणी गर्दै डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले कुशललाई डेजर्ट भाइपर्समा स्वागत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । ‘उनी युवा खेलाडी भएपनि सानै उमेरमा धेरै अनुभव बटुलिसकेका छन्, उनी भाइपर्सको सेटअपमा महत्वपूर्ण खेलाडी हुनेछन्’, मुडीले भनेका छन् । मल्लले ब्याटिङ र बलिङ दुवैबाट टिममा योगदान दिन सक्षम रहेको मुडीले बताए । उनको १४७ हाराहारीको स्ट्राइक-रेटले उनको क्षमता स्प्षट पार्ने समेत उनले बत...
एनपीएलको पहिलो उपाधिमा जनकपुरले लेखायो नाम, १ करोड १० लाख पुरस्कार

एनपीएलको पहिलो उपाधिमा जनकपुरले लेखायो नाम, १ करोड १० लाख पुरस्कार

खेलकुद, ताजा समाचार
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिएको जनकपुरले शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेट पराजित गर्दै इतिहासमा नाम लेखाउन सफल भएको हो । जितसँगै जनकपुरले १ करोड १० लाख नगद पुरस्कारसँगै ट्रफी हात पारेको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई उक्त कार प्रदान गरिएको हो । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो । नेपाल क्रिकेट सङ्घ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले मिलेर दिन लागेको कारको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ। नेपाल प्रिमियर लिगको फेयर प्लेको अवार्ड लुम्बिनी लायन्सले जितेको छ ।...
वर्षाले प्रभावित खेलमा नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य

वर्षाले प्रभावित खेलमा नेपालले बंगलादेशलाई दियो ५५ रनको लक्ष्य

खेलकुद
५ पुस, काठमाडौं । एसीसी यू-१९ महिला एसिया कप अन्तर्गत सुपर फोरको खेलमा नेपालले बंगलादेशलाई ५५ रनको लक्ष्य दिएको छ । वर्षाले प्रभावित खेल ११ ओभरमा छोट्याइएपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ५४ रन बनाएको हो । नेपालका लागि सावित्री धामीले सर्वाधिक ११ रन बनाइन् । नेपालका चार खेलाडी रनआउट हुँदा बंगलादेशका चार बलरले १-१ विकेट लिए । फाइनलमा स्थान बनाउनका लागि नेपाललाई जित्नैपर्ने दबाब छ । फेरि वर्षा भएर खेल रद्द भएमा बंगलादेश नै फाइनलमा पुग्ने छ । भारत यसअघि नै फाइनलका लागि छनोट भइसकेको छ ।...
युनाइटेडलाई हराउँदै टोटनहाम इएफएल कपको सेमिफाइनलमा

युनाइटेडलाई हराउँदै टोटनहाम इएफएल कपको सेमिफाइनलमा

खेलकुद
५ पुस, काठमाडौं । म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै टोटनहाम इंग्लिस फुटबल लिग (इएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको रोमाञ्चक क्‍वाटरफाइनलमा टोटनहामले युनाइटेडलाई ४-३ गोलअन्तरले हराएको हो । टोटनहामको जितमा डोमिनिक सोलान्केले २ गोल गर्दा डेजान कुलुसेभ्स्की र सन ह्युङमिनले १-१ गोल गरे । युनाइटेडका जोसुआ जर्क्जी, अमाद दियालो र जोनी इभान्सले १-१ गोल गरे । खेलको १५औं मिनेटमा सोलान्केले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल मात्र भएपनि दोस्रो हाफ रोमाञ्चक बनेको थियो जहाँ थप ६ गोल भए । दोस्रो हाफको ४६औं मिनेटमा कुलुसेभ्स्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ५४औं मिनेटमा सोलान्केले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहामलाई ३-० ले अगाडि राखे । तर ६३औं मिनेटमा जर्क्जीले गोल गर्दा ७०औं मिनेटमा दियालोले अर्को गोल थपेपछि युनाइटेड खेलमा फर्कन...
कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा

खेलकुद
४ पुस, काठमाडौं । जनकपुर बोल्ट्स जारी नेपाल प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर कोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो । बिहीबार भएको क्वालिफायर टु मा कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले एक ओभर बाँकी हुादा ८ विकेट गुमाएर पूरा गरेको हो । जनकपुरले अब उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल शनिबार हुनेछ । सुदूरपश्चिमले जनकपुरलाई नै क्वालिफायरमा वानमा पराजित गर्दै फाइनल पुगेको थियो । जनकपुरका लागि जिमी नीशमले १७ बल खेल्दै २ चौका र ५ छक्काको मदतमा सर्वाधिक ४५ रन बनाए । शेर मल्लले अविजित १६ रन जोडे । शेरले १० बल खेल्दा १ छक्का प्रहार गरे । हर्श थाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन जोडे । बलिङमा कर्णालीका विपिन प्रसाद शर्माले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी, विलियम ...
कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो ११९ रनको लक्ष्य

खेलकुद
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय १९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १८ रन बनाएको हो । कर्णाली याक्स बुधबार खेलिएको ‘एलिमिनेटर’ खेलमा बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो ‘क्वालिफायर’ मा प्रवेश गरेको हो । जनकपुर बोल्ट्स भने बुधबार नै खेलिएको पहिलो ‘क्वालिफायर’ खेलमा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटले पराजित भएपछि दोस्रो ‘क्वालिफायर’ खेल्न बाध्य भएको हो । दोस्रो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि पहिलो ‘क्वालिफायर’ को विजेता सुदूरपश्चिमसँग भिडन्त गर्नेछ ।...
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध

महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध

खेलकुद
४ पुस, काठमाडौँ । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षा कारण रोकिएको छ । मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा केही बेर अघि सुरु भएको खेल वर्षाले रोकिएको हो। नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो । पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो । नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउदैँ सुपर–४ मा प्रवेश गरेको थियो । यसैगरी, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अङ्क बाँडेका थिए । रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो।...
फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै

खेलकुद, ताजा समाचार
४ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर टु मा आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्न १२ बजे सुरु हुनेछ । लिग चरणमा चौथो स्थानमा रहेको कर्णाली याक्सले बुधबार भएको एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गर्दै क्वालिफायर टु मा प्रवेश गरेको थियो । लिगमा दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्स भने क्वालिफायर १ मा सुदूरपश्चिम रोएल्ससँग पारजित भएपछि क्वालिफायर टु खेल्न लागेको हो । सुदूरपश्चिमसँग पराजित भएपनि जनकपुरका लागि फाइनल पुग्ने अर्को अवसर छ । लिगको अन्तिम खेलमा पराजित भएपनि कर्णालीले एलिमिनेटरमा उत्कृष्ट प्रदर्शन गर्दै चितवनलाई हराएकोले लयमा छ । चितवन विरुद्ध विशेषगरी कर्णालीको ब्याटिङ राम्रो देखिएको थियो । त्यसमा विदेशी खेलाडीहरुको प्रदर्शन अझ प्रभावकारी रह्यो । त्यही अनुसार नेपाली ब्य...