Sunday, December 22

Travel

११ महिनामै नेपाल आए १० लाख बढी पर्यटक

११ महिनामै नेपाल आए १० लाख बढी पर्यटक

Travel, ताजा समाचार
१६ मंसिर, काठमाडौं । नेपाल घुम्न आउने पर्यटक संख्या ११ महिनामै १० लाख नाघेको छ । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमन संख्याले दोस्रो पटक १० लाख नाघेको हो । पर्यटक आगमनको यो संख्याले पर्यटन उद्योगमा उत्साह थपेको छ । २०२४ नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । ‘पछिल्लो ११ महिनाको तथ्यांकबाट पर्यटन उद्योगले केही आशा गर्ने ठाउँ देखाएको छ,’ पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले भने, ‘अब बिस्तारै पर्यटनले गति लिने विश्वास छ ।’ बोर्डका अनुसार नोभेम्बरमा भारतबाट १९ हजार ९ सय १५ जना आएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा साढे १८ प्रतिशतले कम हो । त्यसबेला २४ हजार ४ सय ४३ जना आएका थिए । प्रमुख बजार अमेरिकाबाट १० हजार ९ सय ८...
पोखराका सबै ताल जोड्न साइकल ट्र्याक बन्ने

पोखराका सबै ताल जोड्न साइकल ट्र्याक बन्ने

Travel, ताजा समाचार
पोखरा । पोखरा महानगरपालिकाले नगरभित्रका सबै तालहरू जोड्ने गरी साइकल ट्र्याक निर्माण गर्ने भएको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा उक्त ट्र्याक निर्माण गर्न लागिएको हो । फेवातालदेखि सुरु हुने ट्र्याक कमलपोखरीबाट लेखनाथका सातै ताल छोइनेछ । ट्र्याक निर्माणको लागि मास्टर प्लान पनि तयार भइसकेको छ । एडिबीले पोखरालाई दिन लागेको साढे ७ अर्बको दिगो पर्यटन परियोजना अन्तर्गत नै ९८ करोड लगानी साइकल ट्र्याकमा गर्न लागिएको हो । ‘एडिबीले विदेशी कन्सल्ट्याण्ट पठाएर डीपीआर तयार गरिदिएको हो । ९८ करोड लागत लाग्छ,’ मेयर धनराज आचार्यले भने, ‘अब योजनाको काम पनि सुरु भइहाल्छ । केही समयमा टेण्डरमा जान्छ ।’ जापानको परामर्शदाताले ४ महिना अध्ययन गरेर यो रिपोर्ट निकालिएको हो । ट्र्याकको लम्बाइ १ सय १७ किलोमिटर छ । यसमा ट्र्याक र ट्रेल दुवै हुने आचार्यले सुनाए । ‘मुख्य ट्र्याकबाट सबै ताल जोडिन्छ । साना ...
पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित

पोखराको पर्यटकीय मौसम सुरु, ‘अकुपेन्सी’ घट्दा व्यवसायी चिन्तित

Travel, ताजा समाचार
पोखरा । हिमशृङ्खला, तालतलैयाका मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने पोखरामा पर्यटकीय मौसम सुरु भए पनि पर्यटकको चाप बढ्न नसक्दा पर्यटन व्यवसायी चिन्तित बनेका छन् । सामान्यतया अक्टुबर नोभेम्बर पर्यटकीय याम मानिन्छ । विगत वर्षहरुमा ९०र९५ प्रतिशत होटल ‘अकुपेन्सी’ हुने यो समयमा अहिले पुग–नपुग ४०र४५ प्रतिशतमा सीमित हुँदा व्यवसायीमा निराशा छाएको हो । पोखरा होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड महामारीपछि पर्यटन क्षेत्रमा आएको सुस्तताले अहिलेसम्म असर गरिरहेको बताए । “कोभिड अगाडिको जस्तो अवस्था पर्यटन क्षेत्रमा अझै आउन सकेका छैन, कोभिड पछाडिका केही वर्षमा ७०र८० प्रतिशत अकुपेन्सी हुने होटलहरु अहिले भने आधाआधीमा सिमित छन्”, उनले भने, “कोभिडले धेरै मुलुकको आर्थिक स्थिति कमजोर बनायो, पर्यटकहरु कम खर्च गर्न बाध्य भए, योसँगै आन्तरिक पर्यटकले पनि खर्च गर्ने क्षमता कम भयो, यसको असर सिङ्गो पर्यटन क...
दसैंपछि घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल

दसैंपछि घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल

Travel, ताजा समाचार
६ कात्तिक, म्याग्दी । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । हिमशृंखला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोडेपानीका होटल व्यवसायीहरुले बताएका छन् । दसैँको समयमा घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा जिप र मोटरसाइकल सञ्चालन गर्न मिल्ने बनाएपछि घोडेपानी तथा पुनहिलमा पर्यटकको आगमन बढेको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताए । उनका अनुसार तिहार र छठ पर्वका अवसरमा घोडेपानी घुम्न आउने आन्तरिक पर्यटकलाई यहाँका सबै होटल तथा लजले खाजा, खाना र आवासमा १० प्रतिशतसम्म छुट दिएका छन् । म्याग्दीको सदरमुकाम बेनीबाट सवारी साधनमार्फत दैनिक एक सयको हाराहारीमा आन्त...
बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार

बन्दीपुर आउने पर्यटकलाई स्थानीय परिकारले सत्कार

Travel, ताजा समाचार
१ कात्तिक, तनहुँ । पहाडकी रानीका रूपमा परिचित बन्दीपुर आउने पर्र्यटकका लागि स्थानीय मौलिक परिकारले सत्कार गर्न थालिएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले परम्परागत बाली संरक्षणाई प्राथमिकता दिएसँगै पाहुनाका लागि स्थानीय परिकारले सत्कार गर्न सहज पनि भएको छ । तोरी, कोदो, फापर, पिँडालु, साग, मुसुरोलगायत बाली लगाएर आयआर्जन वृद्धि तथा बालीको संरक्षणका लागि गाउँपालिकाले अनुदानका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । यी उत्पादन बन्दीपुर आउने आन्तरिक तथा बाह्य पर्यटकले रुचाएकाले तिनको प्रवद्र्धनमा लागेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । स्थानीय किसानको आयआर्जन वृद्धि गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको हो । अनुदान कार्यक्रमअन्तर्गत यसवर्ष पनि किसानको ५० प्रतिशत लागत सहभागितामा बीउमा अनुदान, मेसिनरी सहयोग, प्राविधिक ज्ञान तथा बिक्रीको व्यवस्था गरिएको अध्यक्ष थापाले बताए ...
विदेश घुम्न जाने नेपालीहरूको सङ्ख्या बढ्यो

विदेश घुम्न जाने नेपालीहरूको सङ्ख्या बढ्यो

Travel, ताजा समाचार
काठमाडौँ । विदेश घुम्न जाने नेपालीहरूको सङ्ख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । चाडपर्वको सिजनमा सिजनमा विदेश घुम्ने क्रम बढ्दो रहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । सन् २०२० देखि सन् २०२४ को सेप्टेम्बर–अक्टोबर–नोभेम्बर गरी तीन महिनामा नेपालबाट विदेश घुम्न जानेको सङ्ख्या बढेको देखिएको हो । विभागका अनुसार विगत पाँच वर्षको तथ्याङ्क हेर्दा युनाइटेड अरब इमिरेट्स (यूएई)जाने नेपालीको सङ्ख्या सबैभन्दा बढी छ । सन् २०२४ को सेप्टेम्बरमा नेपालबाट ४२ हजार ९५४ जना नेपाली विदेश घुम्न गएको देखिन्छ । यो सङ्ख्या युनाइटेड अरब इमिरेट्स (यूएई), थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया र युरोपका चार देश फ्रान्स, जर्मनी, स्पेन र इटालीमा घुम्न जाने नेपालीको हो । विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै भने यूएई जानेको सङ्ख्या छ । यूएई जानेको सङ्ख्या सन् २०२४ को सेप्टेम्बरमा मात्रै ३७ हजार ५२५ रहेको छ । ...
मनाङ र मुस्ताङमा बढ्यो पर्यटकको चहलपहल

मनाङ र मुस्ताङमा बढ्यो पर्यटकको चहलपहल

Travel, ताजा समाचार
१८ असोज, मनाङ। असोज महिनासँगै मनाङ र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ। गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे। एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो। बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका कर्मचारी भूपेन्द्र गुरुङले जानकारी दिए। असोज महिना घुम्न र पदयात्राका लागि उत्तम मानिन्छ । यस्तै असोज महिना सुरु भएयता सडक मार्ग भएर २० हजार चार सय ४६ जना पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीले बताए । म्याग्दीको सिमानामा रहेको घाँसा स्थित प्रहरी चौकीले मुस्ताङ भित्र्ने पर्यटकको विवरण सहित तथ्याङ राख्दै आएको छ । असोज महिना शुरु भएयता चार हजार ४४ वटा सवारी साधनमा १४ हजार ८५० स्वदेशी र पाँच हजार पाँच सय ९६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । मुस्ताङको मुक्तिनाथ मन्दिर...
९ महिनामा ८ लाख १६ हजार पर्यटकको आगमन, कुन महिनामा कति आए ?

९ महिनामा ८ लाख १६ हजार पर्यटकको आगमन, कुन महिनामा कति आए ?

Travel, ताजा समाचार
काठमाडौँ । सन् २०२४ को ९ महिनामा ८ लाख १६ हजार ६३९ पर्यटक नेपाल आएका छन् । तीमध्ये सबैभन्दा धेरै मार्च र अप्रिलमा १ लाखमाथि आएका छन् । जनवरीमा जनवरी ७९ हजार १०० पर्यटक आएका थिए । सेप्टेम्बरमा ९६ हजार ३०५ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको सेप्टेम्बरमा २८ हजार ६९४ पर्यटक आएका थिए । तर पनि सेप्टेम्बरमा नेपाल आउनेमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा धेरै हो । दोस्रोमा अमेरिकाबाट १० हजार ८४ जना आएका छन् । त्यस्तै चीनका ८ हजार ४२, अस्ट्रेलियाका ५ हजार ३८, बेलायतका ४ हजार ४ सय ९३, बंगलादेशका ४ हजार १०३ लगायत देशका पर्यटक नेपाल आएका छन् । कुन महिनामा कति ? जनवरी : ७९, १०० फेब्रुअरी : ९७,४२६ मार्च : १,२८,१६७ अप्रिल : १,११,३७६ मे : ९०,२११ जुन : ७६,७३६ जुलाई : ६४,५९९ अगस्ट : ७२,७१९ सेप्टेम्बर : ९६,३...
दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

Travel, ताजा समाचार
काठमाडौँ । नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको हो । सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको गतहप्ता बसेको बैठकले गत शनिबारदेखि लामो दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार असोज १२ गते १८ हजार तीन सय ६५ र असोज १३ गते ११ हजार पाँच सय ९० यात्रुले अग्रिम टिकट लिएका थिए । सरकारले सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्यूठान, रुकुम, रोल्पालग...
पहिरोका कारण भीमफेदी–फाखेल सडक अवरुद्ध

पहिरोका कारण भीमफेदी–फाखेल सडक अवरुद्ध

Travel, ताजा समाचार
काठमाडौँ । अविरल वर्षाका कारण पहिरो खसेर काठमाडौँबाट हेटौँडा जाने फाखेल सडक अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडान नम्बर–२ स्थित सुकौडामा पहिरो खसेको बागमती प्रदेश प्रहरी कार्यालयका एसपी दुर्गा रेग्मीले बताए । पहिरोका कारण भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको हो । घटनास्थलमा प्रहरी चौकी खानीखेतबाट टोली खटिएको छ । स्थानीय निकायसँगको समन्वयमा बाटो खुलाउने प्रयास भइरहेको एसपी रेग्मीले जानकारी दिए । @रातोपाटी...