Sunday, December 22

Travel

नेपाल घुम्न आए अपाङ्‍गता भएका १२ सहित ९६ इजरायली, विमानस्थलमा स्वागत

नेपाल घुम्न आए अपाङ्‍गता भएका १२ सहित ९६ इजरायली, विमानस्थलमा स्वागत

Travel, ताजा समाचार
२ असोज, काठमाडौं । अपाङ्‍गता भएका १२ सहित ९६ इजरायली पर्यटक नेपाल भ्रमणमा आएका छन् । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । नेपालस्थित इजरायली दूतावासको समन्यवमा नेपाल आएको टोलीलाई मंगलबार राति इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरे । सालोम राफ्टिङ ट्रेक्स एन्ड एक्सपिडिसन र मास्टर हिमालयले उनीहरूको नेपाल यात्रा संयोजन गरेको हो । यी पर्यटक पोखरा, मनाङ र मुस्ताङका विभिन्न क्षेत्र भ्रमणमा जाने उद्देश्यले आएका हुन्। बुधबार काठमाडौंबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकप्टर मार्फत मनाङको हुम्दे, त्यसपछि थोरङला पास हुँदै मुक्तिनाथ र जोमसोमबाट पुनः हेलिकप्टर मार्फत पोखरा र पोखराबाट काठमाडौं फर्किने तालिका छ । अपाङ्‍गता भएका पर्यटक आगमन र उनीहरूले गर्ने साहसिक यात्राले नेपाल साहसिकमात्र नभई अ...
स्थानीय तहले मनास्लु पदयात्रामा जाने पर्यटकसँग १००० शुल्क लिने

स्थानीय तहले मनास्लु पदयात्रामा जाने पर्यटकसँग १००० शुल्क लिने

Travel, ताजा समाचार
२ असोज, काठमाडौं । मनास्लु संरक्षण क्षेत्रभित्र पदयात्रामा जाने पर्यटकका लागि स्थानीय सरकारले प्रवेश शुल्क तोकेको छ । यसअघि यस्तो शुल्क लिने सुरुवात सालेखुम्बुको पासाङल्हामु गाउँपालिकाले गरेको थियो । गोरखाको चुमनुब्री गाउँपालिकाले अब विदेशी पर्यटकबाट प्रवेश शुल्क बापत प्रतिव्यक्ति एक हजार रुपैयाँ लिने भएको छ । स्वदेशी पर्यटकले प्रतिव्यक्ति २ सय रुपैयाँ प्रवेश शुल्क तिनुपर्ने भएको छ । गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी यो शुल्क तोक्ने निर्णय गरेको स्थानीय सरकारको निर्णयमा उल्लेख छ । गाउँपालिकाले यो शुल्क मनास्लु संरक्षण क्षेत्रकै संरक्षण र विकासमा खर्च गर्ने प्रतिबद्धता समेत जनाएको छ । स्थानीय सरकारले यो रकम पर्यटकको सुरक्षा, फोहोरमैला व्यवस्थापन, डढेलो नियन्त्रण, नयाँ तथा वैकल्पिक पदमार्थ निर्माण, बाटो–पुल निर्माणमा खर्च गर्ने बताएको छ । ...
इटहरीमा सुरुभयो बिजुली बस सेवा

इटहरीमा सुरुभयो बिजुली बस सेवा

Travel, ताजा समाचार
२ असोज, धरान (सुनसरी) । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ भएको हो । नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई २० तोकिएको छ । गत साउन २२ गते रु छ करोड ३६ लाख ८६ हजारमा उपमहानगरपालिकाले खरिद गरेको हो । अपाङ्गता भएका व्यक्तिहरू पनि यी बसमा सहजरूपमा यात्रा गर्नसक्ने छन् । @रासस...
नागढुंगा मन्दिर नजिक पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

नागढुंगा मन्दिर नजिक पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

Travel, ताजा समाचार
२४ भदौ, काठमाडौं । नागढुंगा मन्दिर नजिक पहिरो गएको छ । नागढुंगा चेकपोस्टबाट करिब ३ सय मिटर तल नागढुंगा मन्दिर नजिक पहिरो गएको हो । प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले पहिरो गएका कारण अहिले दुई तर्फीबाट अवरुद्ध भएको बताए । पहिरोका कारण पृथ्वीराजमार्ग हुँदै काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन् । @अनलाइनखबर...
टाटा ‘पन्च ईभी’, नामै काफी

टाटा ‘पन्च ईभी’, नामै काफी

Travel, ताजा समाचार, विजनेस
१५ भदौ, काठमाडौं । नेपालमा दशकौंदेखि टाटा मोटर्सका गाडी सबैतिर गुडिरहेका देखिन्छन् । नेपाली भूगोल अनुसारका गाडी निर्माण भएकाले पनि भारतीय ब्रान्ड टाटाका गाडी यहाँ चर्चित छ । टाटाका पेट्रोल, डिजेल गाडीले दशकौंदेखि नेपाली बजारमा वर्चश्व कायम गर्दै आएका छन् । प्रविधि विकाससँगै विद्युतीय सवारीसाधन (ईभी) मा पनि पछिल्लो पटक टाटाका गाडीमा आकर्षण देखिएको छ । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा देखिएको आकर्षण त्यसैको एउटा उदाहरण हो । शोमा पुगेकाले पहिलो नजर नै टाटाको पन्च डट ईभीमा पुर्‍याउँछन् । सरल मूल्यमा आकर्षक डिजाइनमा बनेको टाटा ‘पन्च ईभी’ मा देखिएको आकर्षण लोभलाग्दो छ । टाटा मोटर्सले पन्च ईभी लन्च गर्ने बित्तिकै नेपालमा ५ हजारभन्दा धेरै गाडी पारखीले जिज्ञासा राखेको यसको आधिकारिक वितरक सिप्रदीले जानकारी दिएको छ । पन्च ईभी नाडा अटो शोमा पहिलो दिनमै १ सयभन्दा धेरै युनिट बुकिङ भएको...
चितवनमा चालु आर्थिक वर्षको डेढ महिनामा ३६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

चितवनमा चालु आर्थिक वर्षको डेढ महिनामा ३६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

Travel, ताजा समाचार
१२ भदौ, चितवन । सवारी दुर्घटना बढी हुने जिल्लाको सूचीमा उपल्लो स्थानमा रहेको चितवनमा चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा १२ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले दिएको जानकारी अनुसार साउन महिनामा १० जना र भदौ १० गतेसम्ममा २ जना गरी १२ जनाको मृत्यु भएको हो । उनका अनुसार चितवनमा साउनमा २८ वटा र भदौको १० गतेसम्म ८ वटा दुर्घटना भएका छन् । मृत्यु हुनेमा १० पुरूष र २ महिला छन् । ट्राफिक प्रहरी प्रमुख सुवेदीकाअनुसार पूर्व–पश्चिम राजमार्गमा भएका दुर्घटनामा २ जना, नारायणगढ–मुग्लिन सडकखण्डमा ४ जना, शहरी सडकखण्डमा १ जना र भित्री सडकमा ५ जनाको मृत्यु भएको छ । गत वर्ष यो अवधिमा साउनमा ४ जना र भदौमा ६ जना गरी १० जनाको मृत्यु भएको थियो । यस वर्षको यही अवधिमा पृथ्वी राजमार्गमा भने कुनै पनि सवारी दुर्घटना नभएको चितवन प्रहरीले जनाएको छ । सबैभन्दा धेरै ...
नागार्जुनमा जिपले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

नागार्जुनमा जिपले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

Travel, ताजा समाचार
९ भदौ, काठमाडौं । नागार्जुनमा जिपले मोटरसाइकल ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । नागार्जुन नगरपालिका-७ स्थित सडकमा प्र.०१-०२५ च ९२४३ नम्बरको जिप र बा.प्र.०२-०१७ प १०९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक प्रवेश खड्का गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको शहीद मेमोरियल अस्पताल कलंकीमा क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
मुग्लिन–नारायणगढ खण्डमा भिरबाट खसेको ढुंगा लागेर बस पल्टियो

मुग्लिन–नारायणगढ खण्डमा भिरबाट खसेको ढुंगा लागेर बस पल्टियो

Travel, ताजा समाचार
७ भदौ, काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १:५० बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् । यता, चितवन प्रहरीका अनुसार बस दर्घटनामा परी २५ जना यात्रुहरू घाइते भएका छन् । घाइते भएका ९ जनाको भरतपुर अस्पतालमा, ८ जनाको पुरानो मेडिकल कलेजमा र ८ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ। बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ। ढुंगा लागेर बसमा क्षति पुगेको छ। पल्टिएको बस अहिले पनि घटनास्थलमै छ । सडक भने सुचारू गराइएको छ । यसअघि गत असार २८ गते सोही सडकख...
तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

Travel, ताजा समाचार, स्वास्थ्य
७ भदौ, काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ । बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ ।तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । उनका अनुसार बसमा चालक, सहचालकसहित ४३ जना थिए । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा ...
सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना

सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना

Travel, जीवनशैली, ताजा समाचार
७ भदौ, इलाम। छेकी शेर्पा १९ वर्षकी भइन्। उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन्। साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आएका छन् । त्यसो त सवारी चलाउने महिला नभएका हैनन्। तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उनी इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुन् । पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उनले गाडी चलाउन थालेका हुन् । बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उनी बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जान्छिन् । दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्छिन् । उनको बुवा पहिलेदेखि सवारी चालकको काम गर्थिन् । घरमा तीन छोरी भएका कारण बुव...