Monday, December 23

Travel

मर्स्याङ्दी बस दुर्घटना अपडेट : १५ यात्रु अचेत

मर्स्याङ्दी बस दुर्घटना अपडेट : १५ यात्रु अचेत

Travel, ताजा समाचार
७ भदौ, काठमाडौं । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेतावस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले १५ जना अचेतावस्थामा रहेको जिल्लाबाट जानकारी पठाएको बताए । आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी ऐनापहारा भन्ने ठाउँबाट मर्स्याङ्दी मा खसेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । बस सडकबाट मर्स्याङ्दी किनारमा कच्याकुचुक अवस्थामा देखिन्छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली खटिएको छ । घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल दमौलीमा पुर्‍याइएको छ । उनीहरुको अवस्था हेरी रेफर गर्ने काम पनि जारी छ । डा भूसालका अनुसार थप उपचारका लागि काठमाडौं ल्या...
काठमाडौं-पोखरा बाटो २४ घण्टादेखि अवरुद्ध

काठमाडौं-पोखरा बाटो २४ घण्टादेखि अवरुद्ध

Travel, ताजा समाचार
६ भदौ, तनहुँ । अविरल वर्षाका कारण काठमाडौं-पोखरा सडकखण्ड २४ घण्टादेखि अवरुद्ध बनेको छ । तनहुँ घाँसीकुवामा हिजो बुधबार साँझ खसेको पहिरो आजसम्म हटाउन नसक्दा सडक अवरुद्ध बनेको हो । सडकको पहिरो बिहीबार बिहानैबाट हटाउन सुरु गरिएको थियो । तर सडकमा ठूला रुखसहित पहिरोले खसेकाले पहिरो हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरोले सडकको करिब डेढ सय मिटर भाग ढाकेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आज बिहानदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार सडक विस्तारको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी र नेपाली सेनाको टोली बाटो खुलाउने काममा खटिएका छन् । मुख्य राजमार्ग अवरुद्ध भएपछि साना तथा ठूला सवारी साधनहरुलाई अलग-अलग वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ । दमौलीबाट तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवा निस्किने बाटोलाई वैकल्पिक बाटोका रुपमा ...
हुम्ला जिप दुर्घटनाका एक घाइतेको उपचारका क्रममा मृत्यु

हुम्ला जिप दुर्घटनाका एक घाइतेको उपचारका क्रममा मृत्यु

Travel, ताजा समाचार
६ भदौ, सुर्खेत । हुम्ला जिप दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगुको छायाँनाथ रारा नगरपालिका–१ का ३५ वर्षीय रमेश मल्ल छन्। मल्लको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा बुधवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए । मल्ल उक्त जिपका मालिक हुन् । दुर्घटनामा गम्भीर घाइते भएका रमेश मल्लसहित चार जनालाई बुधवार बेलुका मात्रै हेलिकप्टरमार्फत प्रदेश अस्पताल ल्याइएको थियो । हुम्लाको चङ्खेली गाउँपालिका–२, गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा घाइते भएका ७ जनामध्ये चार जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि सुर्खेत ल्याइएको थियो ।...
हुम्लामा जिप दुर्घटनाका गम्भीर घाइतेलाई अस्पताल पुर्‍याउन समस्या

हुम्लामा जिप दुर्घटनाका गम्भीर घाइतेलाई अस्पताल पुर्‍याउन समस्या

Travel, ताजा समाचार
५ भदौ, सुर्खेत । हुम्लामा बुधबार भएको जिप दुर्घटनाका गम्भीर घाइतेको उपचारमा समस्या भएको छ । बुधबार बिहान चंखेली गाउँपालिका–२, गौरीसल्लाबाट देउली बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश २०० च ०९२२ नम्बरको जिप गौरीसल्लामा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर छ । सामान्य घाइतेको हुम्लाकै दार्मा स्वास्थ्य चौकीमा सामान्य उपचार भइरहेको र गम्भीर घाइते तीन जनालाई जिल्ला अस्पताल मुगुतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी रवीन्द्र खनालले जानकारी दिए । घटनास्थल हुम्ला र मुगुको सिमानामा पर्छ । घटनास्थलबाट मुगु सदरमुकाम पुग्न ५ घण्टा लाग्ने भएकाले गम्भीर घाइतेहरूको उपचारमा समस्या भएको डीएसपी खनालले बताए । गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाउनुपर्ने भए पनि खराब मौसमका कारण हेलिकप्टर दुर्घटनास्थलमा पुग्न नसकेको डीएसपी खनालले बताए । ह...
हुम्लाको चङ्खेलीमा जिप दुर्घटना हुँदा ५ जना घाइते https://hamalakhabar.com/archives/3534

हुम्लाको चङ्खेलीमा जिप दुर्घटना हुँदा ५ जना घाइते https://hamalakhabar.com/archives/3534

Travel, ताजा समाचार
५ भदौ, सिमकोट (हुम्ला) । जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँचजना सख्त घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश२००१च ०९२२ नम्बरको जिप चङ्खेली-२ गर्खाबाट देउली बजारतर्फ जाने क्रममा मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको हो । जिपमा चालकसहित सातजना सवार भएकोमा पाँच जना सख्त घाइते भएको र दुईजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सख्त घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही, मुगुको छायाँनाथ नगरपालिका-१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते छन् । बाजुरा बुढीनन्दा नगरपालिका-४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली-२ का मायादेवी शाही सामान्य घाइते भएका छन् । दुर्घटना हुनासाथ मिमी प्रहरी...
पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट

पोखराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट

Travel, समाज
५ भदौ, पोखरा । पोखराबाट काठमाडौंका लागि उडेको विमान मौसम खराबीका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ । पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थल स्रोतले जनाएको छ । साढे ७:२५ मा उड्ने तय भएको जहाज मौसम खराबीको कारण सवा ९ बजेमात्र काठमाडौं उठेको थियो । तर, काठमाडौंको मौसम खराबीका कारण करिब २० मिनेर आकासमा घुमेर भैरहवा अवतरण भएको हो । वुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाडौंका लागि उडान भए पनि भैरहवा ल्याण्ड भएको पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन् । अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने जानकारी दिइएको यात्रु टीका रेग्मीले बताए । काठमाडौं अवतरण नभएपछि भैरहवा डाइभर्ट गरेर १०:२० मा भैरहवामा ल्याण्ड भएको रेग्मीले जानकारी द...
नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द

नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द

Travel, समाज
५ भदौ, काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगा नजिक पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ बन्द भएको छ । बेला–बेला पहिरो झर्ने क्रम जारी छ । त्यसैले पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ । राजमार्ग बन्द भएकाले यात्रुहरु मर्कामा परेका छन् । कतिपयले वैकल्पिक मार्गको रुपमा खानीखोला–नागढुङ्गा र सीतापाइला–धार्के सडक प्रयोग गरेका छन् ।...
अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ ।

Travel, समाज, सुचना/संचार
४ भदौ, म्याग्दी । अविरल वर्षाका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सीमाना फापरखेतमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको हो । पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको सो सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गर्दछ । यसबाट पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् । अहिले वर्षा भइरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाएर यातायात सञ्चालन गर्न नसकिएको सिंगा तातोपानीका व्यवसायी कुमार केसीले जानकारी दिए । सडक अवरुद्ध भएपछि यात्रु र सिमलचौर, सिमलगायतका ठाउँबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थीलाई समस्या भएको छ । धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका –६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए । ‘बेनी–दरबाङ सडक पाखो र...
त्रिशूलीमा बेपत्ता बस खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

त्रिशूलीमा बेपत्ता बस खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

Travel, What's Hot, जीवनशैली, ताजा समाचार
३१ असार, काठमाडौं । त्रिशूली नदीमा चार दिनदेखि हराइरहेका दुई वटा बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ । आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् । स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले अनलाइनखबरसँग भने, ‘हामीले नेपालमा उपलब्ध सबै खालका प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी गरिरहेका छौं । खोजी कार्यमा सहयोग गर्न भारत र बंगलादेशलाई भने भनेका छौं ।’ भारतीय टोलीसँग भारतमा सिधै सम्पर्क गरेर सहयोग मागेको उनले बताए । उनीहरुलाई घटनास्थलको अवस्था र पानीको बहावको वेग लगायतका जानकारी आइतबार नै पठाइएको भन्दै भूसालले उताबाट प्रतिउत्तरको प...
गृहसचिव र आईजीसहितको टोली आज चितवन जाँदै

गृहसचिव र आईजीसहितको टोली आज चितवन जाँदै

Travel, What's Hot, ताजा समाचार
३० असार, काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थाबाट त्रिशूली नदीमा वेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुहरुको खोजी आज पनि जार आज दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु पनि चितवन जाँदै छन् । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘आज गृह मन्त्रालयका सचिवज्यू आईजीसापहरुका साथ चितवन आउँदै हुनुहुन्छ ।’ त्रिशुलीमा हराइरहेका यात्रुहरुको आज बिहान ७ बजेदेखि खोजी गरिने भनिए पनि पानी परिरहेकाले खोजी कार्य केहीबेर ढिला सुरु भएको थियो । गृह मन्त्रालयका अनुसार गत शुक्रबारदेखि हराइरहेका बस र ती बसमा सवार यात्रुहरुको खोजीका लागि ५०० भन्दा बढी सुरक्षाकर्मी र २८ जना गोताखोर परिचालन गरिएको छ । आइतबार ठूलो चुम्बक (म्याग्नेट) को प्रयोग गरेर बस खोजिँदै छ । हालसम्म बस खसेको ठाउँ वरपर ब...