Monday, December 23

Travel

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

Travel, ताजा समाचार
२५ असार, काभ्रेपलाञ्चोक । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमबार रातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । पाँचखाल नगरपालिका-८ स्थित उक्त सडकमा पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको हो । सोमबार राति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् । साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएकाले आज बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउने काम सुरु हुँदैछ ।...
पलेंटी कसेर बसेर खानु पाचनका लागि कति फाइदाजनक ?

पलेंटी कसेर बसेर खानु पाचनका लागि कति फाइदाजनक ?

Travel, समाज, स्वास्थ्य
भुईंमा पलेंटी कसेर बसेर खाने नेपाली परम्परा नै हो । आधुनिक जीवनशैलीसँगै अहिले टेबल-कुर्सीमा बसेर खाने चलन व्यापक छ । यस्तोमा प्रश्न उठ्छ कुर्सीमा बसेर खानु राम्रो कि पलेंटी मारेर बसेर ? आयुर्वेदका अनुसार भुईंमा पलेटी कसेर बसेर खाना खानुलाई राम्रो मानिन्छ । यसरी पलेंटी कसेर खानुलाई योगमा सुखासन पनि भनिन्छ । यसरी बसेर खाँदा मनमा एकाग्रता पैदा हुने र मस्तिष्कमा आराम मिल्नुका साथै मानसिक तनाव कम हुन्छ । यसरी खाँदा खाना पचाउन पनि राम्रो मद्दत गर्छ । साथै बसेर खानु पाचन प्रणालीको लागि उत्तम अभ्यास मानिन्छ । किन राम्रो पलेंटी कसेर बसेर खानु ? मुटुबाट निस्केको रगत शरीरभर प्रवाह हुन्छ । तर खाना खाँदाखेरि रक्तसञ्चारको आवश्यकता सबैभन्दा बढी आमाशय र आन्द्राको भागमा हुन्छ, जुन पलेंटी कसेर खाँदा पूरा हुन्छ । किनभने यसबेला घुँडाको तल खुट्टा मोडिएको हुन्छ, जसकारण खुट्टातिर जाने रक्तसञ्चार शरीरको ...
दाउन्नेमा हिलो र लेदोले सडक अवरुद्ध

दाउन्नेमा हिलो र लेदोले सडक अवरुद्ध

Travel, समाज
परासी — बुधबार रातिदेखि परेको वर्षाको कारण पूर्वपश्चिम राजमार्ग अर्न्तगत पूर्वी नवलपरासीको दाउन्ने सडक खण्ड अवरुद्ध बनेको छ । दाउन्ने सडकको आर्धा दर्जन भन्दा बढी स्थानमा स-साना पहिरो र सडकमा भल बग्दा आज बिहान ५ बजेबाट सडक अवरुद्ध भएको हो । नारायणगण बुटवल सडक खण्ड विस्तारको क्रममा सडकको अवस्था जिर्ण हुँदा भलले गर्दा सामान्य वर्षामा पनि घण्टौ सडक जाम हुने गरेको छ । सडक अवरुद्ध हुँदा पूर्व र पश्चिम तर्फ जान लागेका सवारी र यात्रु अलपत्र परेका छन् । ठूला र मालबहाक सवारीलाई पश्चिममा बर्दघाट र पूर्वमा दुम्कीबासमा रोकिएको छ । पहिरो र सडकमा जमेको लेदो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बेदबहादुर पौडेलले बताए । यसैगरी गैंडाकोटको थुम्सीमा पनि डाइभसर्नमा हिलोले सवारी सञ्चालन गर्न कठिनाइ भइरहेको छ । सडक एकतर्फी सञ्चालनमा आएको छ उनले बताए । सडक विस्तारको क्रममा दाउन्ने डाँड...
मुस्ताङमा विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर

मुस्ताङमा विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर

Travel, ताजा समाचार, समाज
६ जेठ, म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि देख्न सकिन्छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस सडक खण्डअन्तर्गत कालीगण्डकीका सहायक नदीमा निर्माण गरिएका कतिपय पक्की पुल प्रयोजनहीन बन्न पुगेका छन् भने अर्को स्थानमा पुल निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पाण्डाखोलामा २०७६ सालमा ५० मिटर लामो पक्की पुल, दुई वटा कल्भर्ट र १०० मिटर पहुँचमार्ग निर्माण भएको थियो । बेनी–जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत तत्कालीन अवस्थामा मुस्ताङ कार्यक्षेत्र भएको सडक डिभिजन कार्यालय बागलुङमार्फत पाण्डा लुप्रा खोला मोटरेबल पुल निर्माणका लागि २०७३ सालमा लोकप्रिय शङ्कर माली जेभीले रु नौ...
विदेश पढ्न जाने विद्यार्थीले लगे १ खर्ब

विदेश पढ्न जाने विद्यार्थीले लगे १ खर्ब

Travel, Uncategorized, अन्तरास्ट्रिय, विजनेस
३० वैशाख, काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै करिब १ खर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको छ । यो अधिल्लो वर्षको तुलनामा धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा शिक्षातर्फ ६७ अर्ब १९ करोड रुपैयाँ मात्र विदेशिएको थियो । शिक्षाका लागि अधिक रकम विदेशिँदा भ्रमण व्यय समेत अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको पाइएको छ । यस वर्ष ९ महिनामा भ्रमण व्यय १ खर्ब ४३ अर्ब २२ करोड पुगेको छ । यसमध्ये शिक्षामा ९५ अर्ब ८५ करोड र घुमफिरमा जानेले ४७ अर्ब ३७ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश लगेका छन् । यसअवधिमा नेपालले विदेशी पर्यटकका माध्यमबाट भने ६० अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको यसै अवधिमा करिब ४० प्रतिशत धेरै हो । सो वर्ष भ्रमण आय ४३ अर्ब १७ करोड थियो...
रुकुममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

रुकुममा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

Travel
२८ वैशाख, सुर्खेत । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट –१४ छेपारेमा शुक्रबार मध्याह्न दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी नवराज पोखरेलले दुर्घटनामा परी तीन जना घाइते भएको बताएका छन् । घाइतेहरूलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको छ । ‘मृतकको र घाइतेहरूको सनाखत भएको छैन,’ डिएसपी पोखरेलले भने ।...
ॐ नम शिवाय जय शम्भो🙏मुक्तिनाथ दर्शन गर्दै हेर्नुहोस तपाइको आजको राशिफल पुग्ने छ मनले चाहेको

ॐ नम शिवाय जय शम्भो🙏मुक्तिनाथ दर्शन गर्दै हेर्नुहोस तपाइको आजको राशिफल पुग्ने छ मनले चाहेको

Travel, राशिफल
मेष–अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । वृष–समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । मिथुन–ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मेहनतअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल नहोला । कर्कट–आम्दानी बढढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी...
सोह्र देशका कर प्रशासक नेपालमा

सोह्र देशका कर प्रशासक नेपालमा

Travel, What's Hot, ताजा समाचार, विजनेस
काठमाडौँ, वैशाख २७ गते । आन्तरिक राजस्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस ट्याक्स इनिसिएटिभ (एटिआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा सुरु भएको छ । राजधानीमा जारी बैठकमा एटिआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जनाभन्दा बढी सहभागी छन् । काउन्सिल अन इकोनोमिक पोलिसी (सिईपी) र जर्मन इन्स्टिच्युट फर डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटीसँगको सहकार्यमा आन्तरिक राजस्व विभागले कार्यक्रमको आयोजना गरेको हो । कर प्रणालीको निष्पक्षता, पारदर्शिता, दक्षता र प्रभावकारितामा सुधारका लागि सहकार्य गर्ने उद्देश्यका साथ कार्यशाला आयोजना गरिएको विभागले जनाएको छ । कार्यशालाका क्रममा अर्थ मन्त्रालयका सचिव (राजस्व) डा. रामप्रसाद घिमिरेले बैठकले सदस्य मुलुकबिचको सहकार्य थप बलियो बनाउन, कर प्रशासनलाई पारदर्शी, जवाफदेही र प्र...
गाडी चालकलाई कुन-कुन रोगको जोखिम हुन्छ ?

गाडी चालकलाई कुन-कुन रोगको जोखिम हुन्छ ?

Travel, स्वास्थ्य
कामको प्रकृति र पेशाका कारण पनि मानिसलाई विभिन्न रोगल् सताउन सक्छ । दिनभर कुर्सीमा बसेर काम गर्ने व्यक्तिलाई एक खालको रोगको जोखिम हुन्छ भने शारीरिक श्रम गर्ने, भारी काम गर्ने, उद्योगमा काम गर्नेहरुमा पनि विभिन्न रोगको जोखिम हुन्छ । यस्तै दिनभर सवारी साधन चलाउने चालकलाई नसा च्यापिनेदेखि मूत्रनलीको समस्यासम्म हुनसक्छ । लामो समयसम्म एउटै पोस्चरमा बसेर स्टेरिङ चलाउँदा विभिन्न स्वास्थ्य समस्या चालकमा देखिन सक्छ । नसा च्यापिने समस्या : गाडी चालकमा देखिने पहिलो समस्या नसा च्यापिने हो । यसको मूल कारण भनेकै खराब पोस्चर अर्थात् लामो समय एउटै पोस्चर बस्नु हो । चालकले आफ्नो निश्चित गन्तव्य नपुग्दासम्म एउटै पोजिसनमा बसेर गाडी हाँक्ने गर्छन् । लामो दुरीको बस वा ट्रक चलाउने चालकले लामो समयसम्म एउटै पोजिसनमा भएर गाडी चलाएका हुन्छन् । जसकारण ढाड, गर्दनको नसा च्यापिने समस्या हुन्छ । कम्मर दुख्ने, ढाड ...
काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिममा

काभ्रेमा ‘आगो’को वितण्डा, बस्ती जोखिममा

Travel, Uncategorized, समाज
२६ वैशाख, काभ्रेपलाञ्चोक । आफू जन्मे हुर्केको घर एकाएक खरानी भएको देख्दा सत्यमान लामा रिङ्गटा लागेर भूइँमा पछारिए । धेरैबेरसम्म होश खुलेन । होस खुल्दा घर सम्पूर्ण रुपमा भष्म भइसकेको थियो । पचास वर्षीय लामाको जीवनमा ठूलै बज्रपात लागेको थियो । लामा जलेको घर नियाल्न तेस्रो दिनसम्म पनि सामूहिक टेण्टको बसाईबाट चियाइरहन्थे। अब कसरी परिवारलाई कहाँ लगेर राख्ने भन्ने चिन्ताले उनलाई सताएको छ । उनी भन्छन्, ‘बर्खा लागिसक्यो । भएको अन्तपात र लत्ताकपडा जलेर खरानी भयो । यो पीडा कसलाई पोखुँ ? ‘ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ सानो पोटा गाउँमा वैशाख १८ गते मङ्गलबार गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो हावाहुरीका कारण बस्तीमा आएपछि उनको सँगै गाउँका १५ घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । घरमा वनको आगो सल्किएपछि आगोले ‘वितण्डा’ मच्चाउँदा गाउँका पीडितले घरका सरसामान निकाल्न सकेनन् र घण्टामै केही पशु...