Sunday, December 22

राजनीति

शेरबहादुर देउवा र गगन थापासँग कुनै विवाद छैन : शेखर कोइराला

शेरबहादुर देउवा र गगन थापासँग कुनै विवाद छैन : शेखर कोइराला

राजनीति
५ पुस, धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग कुनै असमझदारी नभएको दाबी गरेका छन् । सुदूरपश्चिमका नेता तथा कार्यकर्ता भेटघाट गर्न शुक्रबार धनगढी पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । देउवा सबैको साझा सभापति भएको र थापासँग पनि कुनै विवाद नभएको उनले जिकिर गरे । तर अगामी १५ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक दाबेदार भएको उनको भनाइ छ । उनले महाअधिवेशन आउन एक वर्ष मात्र बाँकी रहेकाले आफू महाधिवेशनको तयारीमा लागेको समेत लागेको उल्लेख गरे । कोइरालाले महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने पनि बताए । फरक प्रसँगमा बोल्दै उनले अहिलेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । दुई ठूला दल मिलेर बनेको वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नभएकोले सरकारले राम्रो काम गर्नुपर्ने बताए । सरकार...
पार्टी प्रवेशमा माओवादीको दुई नीति : वामपन्थीलाई एक, गैरवामपन्थीलाई अर्कै

पार्टी प्रवेशमा माओवादीको दुई नीति : वामपन्थीलाई एक, गैरवामपन्थीलाई अर्कै

ताजा समाचार, राजनीति
२ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेहरूमाथि दुई खाले नीति अवलम्बन गर्ने भएको छ । गत मंसिर २८ गते बसेको स्थायी समिति बैठकको निर्णयअनुसार पार्टीको मातहतको कमिटीमा पठाइएको सर्कुलरमा यो विषय समावेश छ । जहाँ पार्टी प्रवेश गर्ने नेता/कार्यकर्ता वामपन्थी भए एकखाले नीति र गैरवामपन्थी भए अर्कैखाले नीति अवलम्बन गर्ने उल्लेख छ । ‘… एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुनस्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैर वाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन निश्चित गरिएको छ,’ सर्कुलरमा उल्लेख छ । विगतमा एकीकरण/समायोजन/पार्टी प्रवेश भएका कतिपय नेताहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनि आएका गुनासोलाई ध्यानमा राखेर यस्तो निर्णय लिइएको नेताहरू बताउँछन् । ‘वाम घटकहरूसँग ...
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

ताजा समाचार, राजनीति
२ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मंगलबार कास्की अदालतले ४ दिन थप हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । प्रहरीले मंगलबार चार दिन हिरासतमै राख्न अनुमति मागेको थियो । प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सोमबार नै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाइसकेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन ...
नेताहरुको कार्यविभाजन टुंगो लगाउँदै एकीकृत समाजवादी

नेताहरुको कार्यविभाजन टुंगो लगाउँदै एकीकृत समाजवादी

राजनीति
३० मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आज दिउँसो १२ बजे बस्ने बैठकले पार्टी केन्द्रीय सदस्यहरुको कार्यविभाजन र कार्ययोजना टुंगो लगाउने छ । शनिबारको स्थायी कमिटी बैठकमा आगामी कार्ययोजना र कार्यविभाजनबारे छलफल भएको थियो । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले छलफल आज आइतबार पनि चल्ने र कार्यविभाजन टुंगो लगाउने बताए । पार्टीको नयाँ कार्ययोजना र कार्यविभाजन टुंगो लगाएर बैठक आइतवारै सम्पन्न गर्ने तयारी छ ।...
विप्लवको राजनीतिक दस्ताबेजमाथि समूहगत छलफल जारी

विप्लवको राजनीतिक दस्ताबेजमाथि समूहगत छलफल जारी

राजनीति
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक दोस्रो दिन पनि जारी छ । पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तुमा शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत धारणा राख्ने क्रम जारी रहेको विप्लवको सचिवालयले जनाएको छ । बिहीबार बसेको बैठकमा महासचिव विप्लवले ‘साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध दृढतापूर्वक मोर्चा खडा गरौँ, समाजवादको नेतृत्वका लागि पार्टीलाई तयार पारौँ’ शीर्षकसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । सचिवालयका अनुसार १७ पेज लामो राजनीतिक प्रतिवेदनमाथि अहिले ९ वटा समूहमा विभाजन गरी नेताहरूले आ–आफ्ना विचार व्यक्त गरिरहेका छन् । दिउँसो ३ बजेसम्म २५ जनाले विप्लवको प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखिसकेका छन् । बिहीबार प्रतिवेदन पेस गर्नेक्रममा विप्लवले देशको वास्तविक प्रतिनिधि गर्ने पार्टी ...
एकीकृत समाजवादीको स्थायी कमिटी जारी

एकीकृत समाजवादीको स्थायी कमिटी जारी

राजनीति
२६ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ । केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको बैठकमा कार्यविभाजनबारे छलफल भइरहेको छ । ‘कार्य विभाजन अनि अरु विषयमा पनि छलफल हुँदैछ’, महासचिव घनश्याम भूसालले भने । गत असारमा सम्पन्न दशैं महाधिवेशनपछि एकीकृत समाजवादीका नेताहरुको कार्यविभाजन हुन सकेको छैन । मुख्य विभागमै नेताहरुबीच कुरा नमिल्दा महाधिवेशन अगाडिकै जिम्मेवारीमा नेताहरु छन् ।...
रवि माथि सरकारको व्यवहार प्रतिशोधपूर्ण : प्रचण्ड

रवि माथि सरकारको व्यवहार प्रतिशोधपूर्ण : प्रचण्ड

राजनीति
२४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले लामिछानेमाथि सरकारले गरिरहेको व्यवहारको निन्दा समेत गरेका छन् सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’...
राजनीति विचौलियाको हातमा छ, सरकारका दलहरू मुखौटा मात्रै हुन : प्रचण्ड

राजनीति विचौलियाको हातमा छ, सरकारका दलहरू मुखौटा मात्रै हुन : प्रचण्ड

राजनीति
२४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति अहिले सरकारमा भएका राजनीतिक दलहरूको हातमा नभएको दाबी गरेका छन् । सोमबार राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले विचौलिया र दलालहरूको हातमा देशको राजनीति रहेको प्रष्टै देखिएको बताए । ‘अहिले जो सरकारमा भएका राजनीतिक दलका नेता छन्, तीनको हातमा राजनीति छैन । उनीहरूको राजनीति विचौलिया र दलालहरूको हातमा छ भन्ने प्रष्टै देखिएको छ । उनीहरू त खाली मुखौटा मात्रै हुन्,’ प्रचण्डले भने । साथै, उनले रातको अँध्यारोमा विचौलियाले आफ्नो घरमा लगेर अहिलेका सरकारमा रहेका दलका नेताहरूलाई उठबस गराएको पनि जिकिर गरे । ‘विचौलियाहरूले घुमाएर, आ–आफ्नो घरमा रातका अँध्यारामा लगेर नेताहरूलाई उठबस गराएर, हामीले भनेको माने यहाँ राख्छौं, नत्र राख्दैनौं भनेर...
शेखरलाई नेताहरूको सुझाव- असन्तुष्टि भए पार्टी बैठकमा राख्नुस्, बाहिर होइन

शेखरलाई नेताहरूको सुझाव- असन्तुष्टि भए पार्टी बैठकमा राख्नुस्, बाहिर होइन

राजनीति
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई असन्तुष्टि भए पार्टी संयन्त्रमा राख्न र सार्वजनिक रुपमा नबोल्न सुझाव दिएका छन् । सोमबार विहान बसेको कार्यसम्पादन समितिको बैठकमा पार्टीको औपचारिक फोरममा आफ्ना धारणा नराखेर सार्वजनिक रुपमा राखेको भन्दै नेताहरूले कोइरालाप्रति असन्तुष्टि व्यक्त गरे । मतभिन्नता भए पार्टी बैठकमा राख्नुपर्ने तर बाहिर बोल्न नहुने विचार नेताहरूले राखेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । ‘व्यक्तिगत असन्तुष्टि, सन्तुष्टी भन्दा पनि पार्टी एक भएर जानुपर्छ । सन्तुष्टि असन्तुष्टीको विषय पार्टीको सम्बन्धित संयन्त्रमै छलफल गर्नुपर्दछ,’ बैठकमा उठेका विषयबारे जानकारी गराउँदै महतले भने, ‘असन्तुष्टिको विषय बाहिर राख्नु हुँदैन र संस्थागत तरिकाले नै मत राख्नुपर्छ ।’ कांग्रेसभित्रको मतभिन्नता ठूलो रहेछ भन्नेसमेत पर्नेगरी सार्वजनि...
एक-दुई दिनमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुनसक्छः प्रदीप ज्ञवाली

एक-दुई दिनमा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुनसक्छः प्रदीप ज्ञवाली

राजनीति
२१ मंसिर, म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको पत्रकार भेटमा नेता ज्ञवालीले राजनीतिक सहमतिको आधारमा निर्माण भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी ऐन कार्यान्वयनका लागि आयोगको पदाधिकारी चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘सिफारिस समितिले आयोगका पदाधिकारीको छनोट गरेर सूची सार्वजनिक गर्नेछ’ उनले भने, ‘ एक-दुई दिनमा आयोग गठन गर्ने सरकारको तयारी छ ।’ आयोग गठन भएपछि २० वर्षदेखि थन्किएर रहेका शान्ति प्रक्रियाका बाँकी कामले पूर्णता पाउने र पीडितले न्याय पाउने उनले बताए । नेता ज्ञवालीले सरकारले सहकारी संस्थामा देखिएको समस्या समाध...