Sunday, December 22

राजनीति

तपाईंको उत्तराधिकारी गगन हो भनी सोध्दा देउवाले भने– उत्तराधिकारी घोषणा गरेर कहाँ हुन्छ ?

तपाईंको उत्तराधिकारी गगन हो भनी सोध्दा देउवाले भने– उत्तराधिकारी घोषणा गरेर कहाँ हुन्छ ?

राजनीति
२१ मंसिर, विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा उत्तराधिकारी आफूले घोषणा गरेर नहुने बताएका छन् । कोशी प्रदेश सम्मेलनका लागि विराटनगर पुगेका बेला देउवाले पत्रकारहरुलाई उक्त जवाफ दिएका हुन् । तपाईंको उत्तराधिकारी गगन थापा हो ? भनी पत्रकारले सोधेको प्रश्नमा देउवाले भने, ‘उत्तराधिकारी कहाँ घोषणा गरेर हुन्छ ?’ संविधान संशोधनको प्रसंगमा देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्न सकिने बताए । ‘उपराष्ट्रपतिको भूमिका छैन । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ कि भन्ने कुरा हो,’ देउवाले भने । प्रधानमन्त्री केपी शर्मा ओली चीन गएको बेला बीआरआईमा ऋण लिने सहमति नभएको उल्लेख गर्र्दै देउवाले ओलीलाई धन्यवाद दिए । नेता शेखर कोइराला पक्षले गरेको भेलाका बारेमा सोधिएको प्रश्नमा देउवाले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ...
उपनिर्वाचनको समीक्षा गर्दै कांग्रेस-एमाले

उपनिर्वाचनको समीक्षा गर्दै कांग्रेस-एमाले

राजनीति
१९ मंसिर, काठमाडौं। सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले १६ मंसिरको स्थानीय तह उपनिर्वाचन परिणामको समीक्षा गर्ने भएका छन् । अपेक्षित परिणाम नआएपछि नेपालका प्रमुख दुई दलले समीक्षा गर्ने भएका हुन् । ४४ स्थानका लागि भएको उपनिर्वाचनमा १९ स्थान जितेर कांग्रेस पहिलो शक्ति बन्दा ११ स्थान जितेर माओवादी दोस्रो र ८ स्थान जितेर एमाले तेस्रो बनेका थिए । २०७९ सालको निर्वाचनमा कांग्रेसले जितेका २७ स्थानमा निर्वाचन भए पनि ८ स्थान कांग्रेसले गुमाएको थियो । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल स्थानीय तह उपनिर्वाचनबाट निराश हुनुनपर्ने तर पार्टीका तर्फबाट भएका कमी कमजोरीबारे समीक्षा गर्ने बताए । आफ्नो पकड क्षेत्र भएका ठाउँमा पनि मत घटेकोप्रति समीक्षा गर्ने उनको भनाइ छ । ‘उपनिर्वाचनको परिणाम निराशाजनक छैन । उपनिर्वाचनमा हामीले गत निर्वाचनमा पराजित भएका ठाउँहरुमा पनि जितेका छौं...
सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौं : जनमत

सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौं : जनमत

राजनीति
१३ मंसिर, काठमाडौं । जनमत पार्टीले सरकारलाई दिएको समर्थन नगर्ने स्पष्ट पारेको छ । सरकार र जनमत पार्टी बीच विवाद उत्पन्न भएकाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चर्चा चलेको थियो । जनमत पार्टीको सांसद गोमा लाभ सापकोटालाई सभामुख देवराज घिमिरेले नहटाउने निर्णय लिएका थिए । पार्टीका अध्यक्ष सीके राउतले कम्बोडियाको प्रधानमन्त्री सामडेक हुन मानेटलाई भेट्दा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीप्रति टिप्पणी गरेका थिए । सामाजिक सञ्जालमा उनले लेखेका थिए,‘ कम्बोडियाका प्रधानमन्त्री सामडेक हुन मानेट सँग भेटवार्ता । बरू, नेपालकै प्रधानमन्त्री भेट्न साह्रै गाह्रो ।’ सरकारको निर्देशन अनुसार सभामुखले आफ्नो सांसद नहटाएको प्रतिक्रिया र पार्टी अध्यक्षको प्रधानमन्त्रीप्रति कटाक्षले जनमले सरकारलाई दिएको समर्थन फिर्ताले आशंकाहरु व्यक्त भएका थिए । जनमतका पार्टी प्रवक्ता शरदसिंह यादवले सरकारलाई दिएको स...
स्वामिकार्तिकमा माओवादीले एकीकृत समाजवादीलाई सघाउने

स्वामिकार्तिकमा माओवादीले एकीकृत समाजवादीलाई सघाउने

राजनीति
१३ मंसिर, काठमाडौं । आफनो उम्मेदवारले एमालेको उम्मेदवारलाई समर्थन गरेपछि बाजुराको स्वामिकार्तिक गाउँपालिकामा नेकपा माओवादीले एकीकृत समाजवादीलाई सघाउने भएको छ । माओवादी केन्द्रबाट उपाध्यक्ष उम्मेदवार बनेकी राजुकुमारी विकले एमाले उम्मेदवार सुलोचना भण्डारीलाई समर्थन गरेकी छन् । आफ्नो उम्मेदवारले नाम फिर्ता लिएपछि एकीकृत समाजवादीलाई सघाउन सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले पत्राचार गरेका छन् । एकीकृत समाजवादीले जवा शाहीलाई उम्मेदवार बनाएको छ । पोखरेलले नाम फिर्ता लिने कार्य पार्टी नीति विपरीत भएको पत्रमा लेखेका छन् । समाजवादी मोर्चालाई बलियो बनाउनका लागि एकीकृत समाजवादीलाई मत हाल्न पोखरेलले निर्देशन दिएका छन् । स्वामिकार्तिकमा नेपाली कांग्रेसबाट पुल्तीसरा शाही, एमालेबाट सुलोचना भण्डारी, एकीकृत समाजवादीबाट जवा शाही, राप्रपाबाट देवी थापा भोटे धामी उम्मेदवार छन् ।...
चुनावी प्रचारको आज अन्तिम दिन, कीर्तिपुरमा शीर्ष नेताहरूले सम्बोधन गर्दै

चुनावी प्रचारको आज अन्तिम दिन, कीर्तिपुरमा शीर्ष नेताहरूले सम्बोधन गर्दै

राजनीति
१३ मंसिर, काठमाडौं । चुनावी प्रचारको अन्तिम दिन विभिन्न दलका शीर्ष नेताहरूले कीर्तिपुरमा सम्बोधन गर्ने भएका छन् । १६ मंसिरमा हुने उपनिर्वाचनमा चुनावी प्रचारका क्रममा नेताहरूले सम्बोधन गर्ने भएका हुन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल, कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कीर्तिपुरमा चुनावी भाषण गर्नेछन् । कांग्रेसले दिउँसो साढे २ बजे कीर्तिपुरस्थित लोकतान्त्रिक चोकमा गर्ने खुलासभामा महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ३ बजे कीर्तिपुरस्थित नगाउँ दोबोटोमा हुने सभामा सम्बोधन गर्दैछन् । नेकपा एमालेले भने पाँगामा चुनावी सभा गर्दैछ । उक्त सभालाई महासचिव पोखरेल र बागमतीका इन्चार्ज राजन भट्टराईले दिउँसो ३ बजे सम्बोधन गर्नेछन् । कीर्तिपुरमा कांग्रेसब...
बीआरआईबारे कांग्रेस र एमालेको धारणा फरक छैन : गगन थापा

बीआरआईबारे कांग्रेस र एमालेको धारणा फरक छैन : गगन थापा

राजनीति
१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा नेकपा एमालेसँग समान धारणा रहेको जिकिर गरेका छन् । बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा महामन्त्री थापाले यसअघि हस्ताक्षर भएका परियोजना यस पटक कार्यान्वयनको चरणमा जाओस् भन्ने चाहना आफूहरूको रहेको बताए । ‘हामीलाई अहिले विकासका लागि स्रोत र साधनले पुग्दैन । ठूलो पुँजी चाहिएको छ । मित्र राष्ट्रले अनुदान दिओस् र बहुपक्षीय दातृ निकायबाट सस्तो ऋण लिन चाहन्छौं,’ महामन्त्री थापाले भने, ‘अमेरिका, चीन, भारत, जापान जस्ता देशबाट अनुदानको अपेक्षा गर्छौं । यो पटक चीन भ्रमणमा पनि हाम्रो अपेक्षा त्यही रहन्छ । नेकपा एमालेको धारणा पनि यो भन्दा फरक छैन ।’ महामन्त्री थापाले सबै मित्र राष्ट्रसँग मित्रवत् सम्बन्ध स्थापित गर्न चाहेको भन्दै बीआरआई सम्झौता नेपालमा ला...
बीआरआईबारे छलफलमा जुटे कांग्रेस शीर्ष नेता

बीआरआईबारे छलफलमा जुटे कांग्रेस शीर्ष नेता

राजनीति
१२ मंसिर, काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)बारे निर्णय लिन नेपाली कांग्रेस छलफलमा जुटेको छ । पार्टी सभापति शेरबहादुर दउवाको निवासमा आज कांग्रेसका शीर्ष नेताहरुले बीआरआईका बारेमा छलफल गरिरहेका छन् । बैठकमा सभापति देउवासहित पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, कृष्णप्रसाद सिटौलालगायत सहभागी छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमको तयारीमा रहेका बेलामा बीआरआईले चर्चा पाएको छ । कांग्रेसले बीआरआईका नाममा ऋण लिन नहुने बताउँदै आएको छ । सतप्रतिशत अनुदान भए लिने नत्र लिन नहुने पक्षमा कांग्रेस छ । प्रधानमन्त्री ओलीले पनि सार्वजनिक कार्यक्रममा चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने बताइसकेका छन् ।...
सरकारबाट हटेपछि प्रचण्ड तिकडम खेल्दैछन् : प्रदीप ज्ञवाली

सरकारबाट हटेपछि प्रचण्ड तिकडम खेल्दैछन् : प्रदीप ज्ञवाली

राजनीति
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारबाट हटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न तिकडम अपनाउन थालेको आरोप लगाएका छन् । बुधबार एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाटमा ज्ञवालीले प्रचण्डको पछिल्ला अभिव्यक्ति तिकडमका संकेत भएको बताएका हुन् । ‘प्रचण्डको अभिव्यक्ति बंगलादेश, श्रीलंका बनाइदिन्छु भन्ने, पहिचानवादीसँग कोशी मान्दिनौ भन्दै सँगै आन्दोलनमा जान खोज्नु, भारतीय मिडियासँग अन्तर्वार्ताको क्रममा दिएको अभिव्यक्तिले सरकारबाट हटेपछि फेरि सबैखाले तिकडम अपनाउँदै छन् भन्ने देखाएको छ’, उनले भने, ‘अराजकता मौलायो भने भ्याकुमभित्र अलोकतान्त्रिक तत्त्वले खेल्छन् । ६ सालदेखि परिवर्तनका संवाहक मुख्य कांग्रेस र एमाले हुन् ।’ उनले अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने पनि बताए ।...
मन्त्रिपरिषद बैठक बस्दै, के छ एजेण्डा ?

मन्त्रिपरिषद बैठक बस्दै, के छ एजेण्डा ?

राजनीति
३ मंसिर, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा पूर्वसभामुख दमनानाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रस्तावबारे छलफल हुने बताइएको छ । ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न सभामुख देवराज घिमिरेले प्रधानमन्त्री र कानुन मन्त्रीसमेतलाई सुझाव दिएका थिए । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ । त्यसअघि सानो गौरचणमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जली सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् । वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए । उनी सरकार–माओवादी शान्तिवार्ताका सहजकर्तासमेत थिए ।...
कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने

कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने

ताजा समाचार, राजनीति
२ मंसिर, काठमाडौं । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले बताए । ‘हाम्रो उम्मेदवारी हुँदैन । स्वतन्त्र उम्मेदवारमध्ये कसलाई समर्थन गर्ने पार्टीले निर्णय लिन्छ,’ सभापति विष्ट भने । तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने सभापति विष्टले बताएका छैनन् । यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् । कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले...