Sunday, December 22

मनोरन्जन

४९ दिनमा सकियो ‘होस्टेल ३’

४९ दिनमा सकियो ‘होस्टेल ३’

मनोरन्जन
काठमाडौँ । फिल्म ‘होस्टेल ३’ को छायाङ्कन ४९ दिनमा सकिएको छ । फिल्मको छायाङ्कन शुक्रवारबाट सकिएको निर्देशक सशान कँडेलले जानकारी दिए । फिल्मको रिलिज मिति फागुन १६ बताइएको थियो । अहिले आएर यो मितिमा रिलिज हुन नसक्ने बताइएको छ । ‘होस्टेल’को तेस्रो श्रृखलाको रुपमा निर्माण भएको ‘होस्टेल ३’मा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारको अभिनय देख्न सकिनेछ । ‘होस्टेल’ शृङ्खलाबाट अनमोल केसी, स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, सुशील सिटौला लगायत कलाकार यस अगाडि उदायका थिए । ‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका हुन् । कथा निर्देशक कँडेलकै हो । सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मससँगको सहकार्यमा निर्माण गरेको हो । अर्जुन तिवारी डिओपी, ...
एआईबाट भिडियो बनाएर चरित्रहत्या गर्नेविरुद्ध समीक्षाले दिइन् साइबर ब्युरोमा उजुरी

एआईबाट भिडियो बनाएर चरित्रहत्या गर्नेविरुद्ध समीक्षाले दिइन् साइबर ब्युरोमा उजुरी

मनोरन्जन
काठमाडौं । गायिका समीक्षा अधिकारीले एआईबाट भिडियो बनाएर आफ्नो चरित्रहत्या गरेको भन्दै शनिबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । २१ हजार फलोअर्स रहेको दिपु कान्छो प्रोफाइल डिजिटल क्रिएटर नामक फेसबुक पेजविरुद्ध उजुरी दिएको उनले जनाएकी छन् । फेसबुक, टिकटक र युट्युवमा समेत आपत्तिजनक भिडियो पोस्ट गरिएको विवरण उल्लेख गर्दै समीक्षाले प्रहरीमा उजुरी दिएकी हुन् । उनले साइबर ब्युरोमा उजुरी दिएकोबारेको विवरण फेसबुकमार्फत सार्वजनिक गरेकी छन् । अपरिचित व्यक्तिले एआई र कम्प्युटरलाई दुरुपयोग गरि सामाजिक संजालमा आफ्नो बेइज्जत गरेको, प्रतिष्ठामा आँच आउने गरि हैरानी दिने उद्देश्यले भिडियो बनाएको विवरण उल्लेख गरेकी छन् । पोस्ट गर्ने व्यक्तिलाई पक्राउ गरि हदैसम्मको कानूनी कार्वाही गर्न पनि उनले आग्रह गरेकी छन् । यसबारे जानकारी दिँदै उनले लेखेकी छन्- मेरो चरित्रहत्या गर्ने व्यक्तिविरुद्ध आज सा...
‘मिसेस भोग नेपाल’को अडिसन हुँदै

‘मिसेस भोग नेपाल’को अडिसन हुँदै

मनोरन्जन
काठमाडौँ । विवाहित, एकल महिला तथा एकल आमाहरूले सहभागिता जनाउन सक्ने प्रतियोगिता ‘मिसेस भोग नेपाल २०२५’को अडिसन शनिबार हुने भएको छ । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न चाहने महिला लक्षित कार्यक्रम हाउस अफ फेसन गर्न लागेको हो । बिहान ९ बजेदेखि प्रारम्भ हुने अडिसनको निर्णायकमा गीता गुरुङ, एलिजा गौतम, रेनुका श्रेष्ठ, पूजा पाख्रिन तथा रिश्मा केसी रहेका छन् । मिसेस भोग नेपालको उपाधि जित्ने एक जना प्रतिभाशाली महिलाले नेपाललाई प्रतिनिधित्व गर्दै थाइल्याण्डमा आयोजना हुने मिसेस टुरिजम क्वीन इन्टरनेशनलमा सहभागिताको अवसर पाउने छिन् । यसबाहेक पाँच लाख रुपैयाँ बराबरको उपचार, मोडलिङ सम्झौता, विभिन्न ब्राण्डसँग आबद्ध हुने तथा अन्य अवसरहरू प्राप्त गर्ने आयोजकले जनाएको छ ।...
‘पुष्पा’ अभिनेता अल्लु अर्जुन पक्राउ

‘पुष्पा’ अभिनेता अल्लु अर्जुन पक्राउ

मनोरन्जन
काठमाडौं । तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ । डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । इण्डियन एक्सप्रेसले यसबारे समाचार लेखेको छ । उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते छन् । प्रहरीले सन्ध्या थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो । अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ । अल्लुलाई चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रबार हिरासतमा लिएको थियो, जहाँ मुद्दा दर्ता गरिएको थियो । एफआईआर दर्ता गर्दा हैदराबाद प्रहरीको केन्द्रीय क्षेत्रका प्रहरी उपायुक्त अक्षांश यादवले द इन्डियन एक्सप्रेसलाई भनेका छन्, ‘बीएनएस धारा १०५ (हत्या नभएक...
दीप श्रेष्ठ, अस्मिता र रचनासहित १९ संगीतकर्मीले टुँडिखेलमा प्रस्तुति दिने

दीप श्रेष्ठ, अस्मिता र रचनासहित १९ संगीतकर्मीले टुँडिखेलमा प्रस्तुति दिने

मनोरन्जन
काठमाडौं । ३० औं महानगर दिवसको अवसरमा आगामी मंसिर २९ गते चर्चित कलाकार र ब्याण्डले टुँडिखेल मैदानमा सांगीतिक प्रस्तुति दिने भएका छन् । काठमाडौं महानगरपालिकाले प्रस्तुति दिने कलाकारको लाइनअप सार्वजनिक गरेको छ, जसमा पछिल्लो समय निकै रुचाइएका संगीतकर्मी र समूह छन् । दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, सञ्जय श्रेष्ठ, जेम्स प्रधान, सुगम पोखरेल एण्ड बाजागाजा, अस्मिता अधिकारी, रचना रिमाल, उर्गेन दोङ, केहर एण्ड जोय, कुमा सागर एण्ड द ख्वप, सुजन चापागाईं, एकदेव लिम्बू, महेश काफ्ले, बाबुकृष्ण परियार, सुजिल कर्माचार्य, इन्द्रकला राई, सागर प्रजापति, सुशान्त घिमिरे र सन्दीप विष्टले प्रस्तुति दिन लागेका हुन् । उक्त दिन शनिबार दिउँसो ३ बजेदेखि कन्सर्ट सुरु हुने महानगरले जनाएको छ । सो अवसरमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको जनाइएको छ । यस वर्ष काठमाडौं महानगरपालिकाका प्रमुख ब...
सडक दुर्घटनामा कमेडियन हिक्मत महराको निधन

सडक दुर्घटनामा कमेडियन हिक्मत महराको निधन

मनोरन्जन
काठमाडौं । ‘कमेडी च्याम्पियन’ सिजन २ बाट चर्चामा आएका कमेडियन हिक्मत महराको सडक दुर्घटनामा निधन भएको छ । मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीस्थित भीमदत्त राजमार्गमा उनले हाँकिरहेको म २ प ९११७ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो । गम्भीर घाइते भएका महरालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘कमेडी च्याम्पियन’को दोस्रो सिजनबाट निकै चर्चामा आएका ३० वर्षीय महरा शुक्लाफाँटा नगरापालिका–११ कलुवापुर बनसाहका बासिन्दा थिए । उक्त रियालिटी शोमा उनी उत्कृष्ट ४ मा प्रवेश गरेका थिए । कमेडी च्याम्पियनमा महराले सामाजिक मुद्दामा सशक्त हास्यव्यंग्य प्रस्तुति दिएका थिए । उनको निधनमा शोका निर्देशक विशाल भण्डारी, कमेडियनहरू हिमेश पन्त, मे...
टिकटकबाट अचानक गायब भए आयुष र एलिजे

टिकटकबाट अचानक गायब भए आयुष र एलिजे

मनोरन्जन
काठमाडौं । चर्चित टिकटकर आयुषसिंह ठकुुरी र एलिजे जमाली टिकटकबाट गायब भएका छन् । उनीहरुको आधिकारिक टिकटक खाता अहिले देखिँदैन । उनीहरु आफैले एकाउन्ट डिएक्टिभ गरेका हुन् कि टिकटकले खातालाई प्रतिबन्ध लगाएको हो, यो भने खुलेको छैन । सोमबारदेखि टिकटक प्लाटफर्ममा उनीहरुको एकाउन्ट देखिएको छैन । नेपालका ठकुरीलाई टिकटकमा १३ लाखले पछ्याएका थिए भने पाकिस्तानकी युवती जमालीलाई २२ लाखले पछ्याएका थिए । एलिजे र आयुष पछिल्लो समय नेपालका चर्चित टिकटकर हुन् । दुबईमा बसोबास गर्दै आएका यी दुईले केही महिनाअघि इन्गेजमेन्ट समेत गरेका थिए । गतसाता आयुषले नयाँ घर किनेको खबर सार्वजनिक भएको थियो । त्यसपछि उनकी आमा नानुसिंह ठकुरीसँगको विवादलाई लिएर आयुष टिकटकमा ट्रोल बनिरहेका छन् । सामाजिक संजाल प्रयोगकर्ताको आलोचनाको केन्द्रमा उनी छन् । यो पृष्ठभूमिमा उनीहरु टिकटकमा देखिन छाडेका हुन् ।...
शोमा अन्याय भएपछि ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन रोक्ने घोषणा

शोमा अन्याय भएपछि ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन रोक्ने घोषणा

मनोरन्जन
काठमाडौँ । नेपाली फिल्मको इतिहासमै धेरै रुपैयाँ कमाउन सफल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारदेखि देशभरका फिल्म हलमा उतारिने भएको छ । फिल्मको व्यवसाय राम्रो हुँदाहुँदै भारतीय फिल्म ‘पुष्पा २’को कारण ‘पूर्ण बहादुरको सारङ्गी’लाई हलहरूले शोमा अन्याय गरेको भन्दै निर्माण संस्था सेभेन सिस सिनेमाले फिल्म हलबाट उतार्ने निर्णय गरेको हो । सेभेन सिस सिनेमा एक प्रेस विज्ञप्ति जारी गर्दै दर्शकहरूबाट प्राप्त माया र समर्थनका लागि आभार व्यक्त गर्दै फिल्मको प्रदर्शन रोक्नु परेकोमा दुःख व्यक्त गरेको छ । ‘पछिल्लो समय केही फिल्म हलहरूले फिल्मलाई नजरअन्दाज गरेको व्यवहारका कारण यो निर्णय गर्न बाध्य भएका हौँ’ । विज्ञप्तिमा भनिएको छ ‘पूर्ण बहादुरको सारङ्गी’लाई कर्नरिङ गरेपछि विद्रोह गर्ने अवस्थामा पुग्न बाध्य भएका हौ ।’ प्रदर्शन रोकिनु परेकोमा गहिरो क्षमायाचना गर्दै सेभेन सिस सिनेमाले भविष्यमा दर्शकको अप...
पहिलो दिन भारतमा पुष्पा- २ को कमाई १७५ करोड बढी

पहिलो दिन भारतमा पुष्पा- २ को कमाई १७५ करोड बढी

मनोरन्जन
दमस्कस । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २ द रुल’ डिसेम्बर ५ मा रिलिज भएको छ । सुकुमारद्वारा निर्देशित यस फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल पनि मुख्य भूमिकामा छन् । एसएस राजामौलीको ओस्कार विजेता फिल्म ‘आरआरआर’ लाई पछाडी पार्दै फिल्मले ओपनिङ डेमा बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ । फिल्म १२ हजार स्क्रिनमा रिलिज भएको थियो । पोष्ट–प्रडक्शनमा ढिलाईका कारण थ्री–डीमा फिल्म रिलिज गर्ने योजना रद्द गरिए पनि स्क्रिनिङहरू टूडी र ४ डीएक्समा फिल्म रिलिज भएको थियो । स्पेशल स्क्रिनिङमा १० करोड १० लाख भारु कमाएको फिल्मले भारतीय बक्स अफिसमा १६५ करोड भारुको ओपनिङ गरेको छ । योसँगै पहिलो दिन फिल्मको कुल कलेक्शन भारतमा १७५ करोड १० लाख भारु भएको छ । फिल्मले तेलुगुमा ९५ करोड १० लाख, हिन्दीमा ६७ करोड, तमिलमा ७ करोड, कन्नडमा १ करोड र मलायालममा ५ करोड भारु कमाएको छ । पुष्पा २ः द रु...
कमेडी रियालिटी शो ‘मिमिक्री किङ’ आउँदै

कमेडी रियालिटी शो ‘मिमिक्री किङ’ आउँदै

मनोरन्जन
काठमाडौँ । नयाँ कमेडी रियालिटी शो ‘मिमिक्री किङ’ आउने भएको छ । कमेडियन दिनेश काफ्लेले आफ्नो निर्देशनमा यो शो ल्याउन लागेका हुन् । शोमा क्यारिकेचर कमेडियनहरु सहभागी हुन सक्नेछन् । दक्षयानी प्रोडक्सनको ब्यानरमा बन्ने यो शोको अहिले सेट डिजाइनको काम भइरहेको छ । निर्देशक काफ्लेका अनुसार शो आगामी फागुनसम्म प्रसारण गर्ने तयारी भइरहेको छ । शोको डिजिटल राइट्समा ओएसआर डिजिटले लिएको छ भने कुनै एक राष्ट्रिय टेलिभिजनमार्फत कार्यक्रम प्रसारण तयारी भैरहेको काफ्लेले बताए । ‘हामी अहिले स्टुडियोको काममा ब्यस्त छौं, शो नेपालका लागी मात्र नभई वल्र्डमै फरक हुनेमा ढुक्क छौं । हामीले बुझे अनुसार मिमिक्री गर्नेहरूका लागी छुट्टै शो बनेको छैन’ काफ्लेले थपे । शोको छिट्टै हामी डिजिटल अडिसन समेत खुल्नेछ । शोमा तीन निर्णायक हुनेछन् । निर्णायक अहिले छनौटको क्रममा छन् । मिमिक्रीसँगै अभिनय गर्नेहरुलाई लक्षित ग...