Sunday, December 22

मनोरन्जन

‘तेल भिसा’को तीन दिनको कमाई कति ?

‘तेल भिसा’को तीन दिनको कमाई कति ?

ताजा समाचार, मनोरन्जन
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘तेल भिसा’को बक्सअफिस ओपनिङ सुखद देखिएको छ । फिल्मका वितरक करण श्रेष्ठले फिल्मले तीन दिनमा १ करोड ३६ लाख कमाएको बताएका छन् । फिल्मले शुक्रबार, शनिबार र आइतबारमा यति कमाएको हो । फिल्मको सोमबारको व्यवसाय सार्वजनिक हुन बाँकी रहेको छ । वितरक श्रेष्ठले सोमबार पनि फिल्मले राम्रो व्यवसाय गरेका र त्यसको विवरण मंगलबार साँझ सार्वजनिक गर्ने बताए । ‘तेल भिसा’की प्रस्तुतकर्ता तथा अभिनेत्री ऋचा घिमिरे हुन् । फिल्मको वर्डअफ माउथका कारण मंगलबारबाट व्यवसाय अझै बढ्ने अनुमान गरिएको छ । शंकर घिमिरे निर्देशित फिल्ममा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । विपिनसँगै फिल्ममा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरूको समेत अभिनय छ । वेलडन क्रियसनको ब्यानरमा अनिल पाण्डे र शिवराज कार्की निर्म...
पुसबाट सरेर फागुनमा पुग्यो ‘मायावी’

पुसबाट सरेर फागुनमा पुग्यो ‘मायावी’

ताजा समाचार, मनोरन्जन
काठमाडौंँ । अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं अभिनीत फिल्म ‘मायावी’को प्रदर्शन मिति फेरि हेरफेर भएको छ । गत १५ कात्तिकबाट पोस्टपोन्ड भएर आगामी पुस २६ मा पुगेको फिल्म यो मितिबाट पनि सरेको छ । निर्माण युनिटले फिल्मको एक पोस्टरमार्फत् फिल्म आगामी फागुन १४ गते (महाशिवरात्रि) मा प्रदर्शन गर्न लागेको जानकारी दिएका छन् । फिल्मका निर्देशक दीवाकर भट्टराई हुन् । निर्देशक भट्टराई यो तिमिमा नयाँ फिल्म ‘नरसिंहा अवतार’ प्रदर्शन गर्ने तयारीमा थिए । यसको छायाङ्कन र पोस्ट प्रोडक्सनमा समय लाग्ने भएपछि उनले ‘मायावी’ फगुनमा पुर्याएका हुन् । यो मितिमा फिल्म ‘लाज शरणम्’ आउने तयारीमा छ भने त्यसको दुई दिनपछि ‘होस्टेल ३’ पनि आउँदैछ । ‘मायावी’ को सार्वजनिक पोस्टरमा पल र दीपिका प्रस्तुत छन् । जसमा उनीहरु रोमान्टिक भावमा चित्रित छन् । पोस्टरले फिल्मको कथा प्रेम र वियोगमा केन्द्रित रहेको संकेत गर्छ । ...
आगोमा उभिएर लेखिएको ‘नातिपुस्ताको खेल’

आगोमा उभिएर लेखिएको ‘नातिपुस्ताको खेल’

ताजा समाचार, मनोरन्जन
जितपुरबाट शनिश्चरे झरेको बराल पुस्ताको चकचके कृष्ण डेरिडाको डिकन्स्ट्रक्सन नेपाल झर्दा मेखबहादुरसित हाक्पारे गाएर डँडाल्नोमा सुम्ला उठ्ने गरी शिक्षकको कोदो चुटाइ सङ्गीतमा अभ्यस्त हुँदै थिए । तेत्तिखेरै काइँलाहरुले मिथ उभ्याएर कविताको गहिरो घनत्व भनिरहेका थिए। बराल अक्षर खोज्न झापा झरे उता काइँला अक्षर पक्डिन दार्जिलिङ पुगे । हुनेखानेकै छोरा बराल फुक्काफाल बिन्दास बाल्यकाल बिताएका बाबुको खरो स्वभावको भरमार चुटान भेटेका आमाको न्यानो ममताले निथ्रुक्क भिजेका लीला लेखनका अति यथार्थवादी अद्यावधिक लेखक हुन् । जब एउटा लेखन सिद्धान्त लामो समय पार गर्छ त्यसले सीमा पार गरेर छिमेकीको बाली चरिसक्छ । बरालले लीलामार्फत जीवनको सम्पूर्णता प्रस्ट्याउन आफ्नो लेखनको सुरुवाती वर्षतिर जसरी भाषिक भञ्जन जटिलता प्रक्षेपण गरे त्यसरी समय हराएको बेलामा गरेनन्। यो निबन्ध सङ्ग्रह नाति पुस्ताको खेलमा पनि केह...
आजदेखि प्रज्ञा प्रतिष्ठानमा ‘मह जात्रा’

आजदेखि प्रज्ञा प्रतिष्ठानमा ‘मह जात्रा’

ताजा समाचार, मनोरन्जन
काठमाडौँ । ‘मह’जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले करिब दश वर्षपछि नेपालमा गर्न लागेको प्रहसन ‘मह जात्रा’आजदेखि सुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुन लागेको कार्यक्रमको तयारी पूरा भएको आयोजकले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ । विज्ञप्तिमा कार्यक्रमका प्रहसन रियल्सल, स्टेज निर्माण लगायतको सम्पूर्ण तयारी पूरा बताइएको छ । मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम मंसिर १८ गतेसम्म चल्नेछ । कार्यक्रममा मह जोडीका अलवा किरण के.सी., राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतलगायतका कलाकारको प्रस्तुति रहनेछ । हास्य–व्यङ्ग्यको माध्यमबाट समाजमा विद्यमान समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक स...
‘हरिबहादुरको जुत्ता’मा प्रियंकाको इन्ट्री

‘हरिबहादुरको जुत्ता’मा प्रियंकाको इन्ट्री

मनोरन्जन
काठमाडौँ । दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री प्रियंका कार्कीको प्रवेश भएको छ । निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा प्रियंकालाई भित्र्याएको हो । प्रियंकाले सामाजिक सञ्जालमा निर्देशक खनालबाट स्क्रिप्ट बुझेको तस्बिर सेयर गर्दै फिल्ममा आफूलाई अनुबन्धित गरेकोमा निर्मातासहितको टिमलाई धन्यवाद दिएकी छन् । प्रियंकाको अलवा फिल्ममा हरिवंश आचार्य, प्रकाश सपूत, स्वस्तिमा खड्काको पनि मुख्य भुमिका रहनेछ । प्रियंकाको निर्देशक खनालसँग यो चौथो सहकार्य हुनेछ । यसअघि ‘भिजिलान्ते’, ‘झोले’ र ‘चंगा चेट’मा उनीहरूको सहकार्य भएको थियो । फिल्ममा पटकथा तथा संवाद हरिवंश आचार्य स्वयंको छ । उनले ‘आइडिया’ युनिक रहेकाले फिल्म राम्रो बन्ने विश्वास व्यक्त गरेका छन् । फिल्मलाई सरोज ओलीले निर्माण गर्नेछन् । सरोजले हरिवंश र प्रियंकासँग थुप्रै गीतमा सहकार्य गरिसकेका छ...
ऋषिको फिल्ममा भित्रिए माग्नेबुढा

ऋषिको फिल्ममा भित्रिए माग्नेबुढा

ताजा समाचार, मनोरन्जन
काठमाडौँ । अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा भित्रिएका छन् । फिल्म अभिनयका विषयमा बिहीबार केदार र निर्देशक लामिछानेबिच कागजी सम्झौता भएको हो । फिल्मको शीर्ष भूमिकामा केदार भित्रिएका हुन् । कथाको माग अनुसार फिल्मको लागि केदार लिएको निर्देशक लामिछानेले बताए । आगामी माघ दोस्रो साताबाट छायाङ्कनको तयारी गरिएको फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । नाम तय नभए पनि फिल्मको कलाकार भने धमाधम छनौट भइरहेको छ । फिल्मलाई निर्देशक समेत रहेका मुनाल घिमिरेले निर्माण गर्नेछन् । सामीप्यराज तिमल्सिनाको स्क्रिप्ट लेखन रहेको यो फिल्मबाट निर्देशक लामिछानेले ८ वर्षपछि कमब्याक गर्न लागेका हुन् । ऋषिले यसअघि निर्देशन गरेको फिल्म ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शन भएको थियो । उनले ‘हवलदार सुन्तली’, ‘श्रीमान् श्रीमती’, ‘कहिले मिलन कहिले बिछोड’ लगायतका फिल्म निर्देशन गरिसकेका ...
‘१२ गाउँ’ को अहिलेसम्मको आम्दानी कति ?

‘१२ गाउँ’ को अहिलेसम्मको आम्दानी कति ?

ताजा समाचार, मनोरन्जन
काठमाडौँ । फूलपातीबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो ‘१२ गाउँ’ । एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्मले चौथो सातासम्म २५.५ करोड माथिको व्यवसाय गरेको छ । फिल्मका वितरक कम्पनी काफिया फिल्मसका गोविन्द शाहीले चौथो सातासम्म फिल्मले २५.५ करोड बढी व्यवसाय गरेको बताए । फिल्म आजबाट प्रदर्शनको पाँचौँ सातामा प्रवेश गरेको छ । निर्माण युनिटले यो खुसीमा फिल्मको एक पोस्टर सार्वजनिक गरेको छ । जसमा प्रदर्शनरत साता ५ औँ र अहिलेसम्मको व्यवसाय २५.५ बढी भनेर उल्लेख गरिएको छ । फिल्ममा विराज भट्ट, विराजका छोरा समीर, न्यान्सी खड्का, सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ । विराज भट्ट फिल्म पोडक्सनको प्रस्तुत...
आफ्नै सन्तान नभएकोमा भावुक भए अनुपम खेर

आफ्नै सन्तान नभएकोमा भावुक भए अनुपम खेर

मनोरन्जन
मुम्बई । अनुपम खेरले अभिनेत्री किरण खेरसँग सन् १९८५ मा विवाह गरेका थिए । त्यतिबेला दुवैको प्रेम जीवनको निकै चर्चा भएको थियो । हालै अनुपमले आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गरेका छन् । उनले आफ्नो नाम किरण खेरका छोरा सिकन्दर खेरलाई दिए पनि कहिलेकाहीँ आफूलाई आफ्नै छोराछोरीको कमी महसुस हुने स्वीकार गरेका हुन् । वास्तवमा, एक पोडकास्टमा अनुपम खेरलाई सोधिएको थियो– के तपाईंलाई आफ्नो बच्चा नभएकोमा कमी महसुस हुन्छ ? यसबारे अनुपमले भने, ‘अवश्य पनि मेरो आफ्नै सन्तान नहुँदा कमी महसुस हुन्छ । यो पहिले भएको थिएन, तर पछिल्ला ८-१० वर्ष देखि म एक्लो महसुस गर्दैछु। म सिकन्दरसँग धेरै खुसी छु। तर मेरो आफ्नै छोराछोरी सानोदेखि ठुला हुँदै गएको देखेको भए सायद त्यो खुसी अर्कै हुने थियो । म यो कुरा इमानदारीपूर्वक भन्दै छु। तर यो मेरो जीवनमा दुखद घटना होइन।’ अनुपम खेरले थप भने, ‘म मेरो जीवनमा धेरैजसो समय ...
‘पोखरा छाड्नु नपरोस् जस्तो लाग्छ’

‘पोखरा छाड्नु नपरोस् जस्तो लाग्छ’

मनोरन्जन
काठमाडौं । प्रकाश घिमिरे घरेलु फिल्मका उम्दा अभिनेता हुन् । चरित्रमा प्राण भर्ने कलाकारको रुपमा उनी दर्शकमाझ परिचित छन् । दशैंमा उनी अभिनित दुई फिल्म ‘छक्कापञ्जा ५’ र ‘ज्वाइँ साब’ एकसाथ प्रदर्शनमा आए । ‘एकदिन एकरात’बाट फिल्म करिअर थालेका उनले ३० भन्दा धेरै फिल्ममा काम गरेका छन् । नाट्य विधा पनि उनको सशक्त माध्यम हो । काठमाडौं कर्मथलो भएपनि उनी जन्मथलो पोखरामा बस्न रुचाउँछन् । जन्मथलोप्रतिको मोह र अभिनयबारे अभिनेता घिमिरेसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश : आफूले अभिनय गरेका फिल्मले पैसा छाप्दा कस्तो लाग्दो रहेछ ? एकदम सन्तुष्ट छ । प्रोड्युसर सन्तुष्ट भए भने कलाकारले काम पाउने हो । प्रोड्युसरले कमाइदिए भने हल पनि चल्ने हो । हाम्रो उद्योग भनेकै यही हो । फिल्म हल चले भने निर्माता बाँचे भने हामी चल्ने हो । उनीहरु नै बाँचेनन् भने हामी रहनुको के अर्थ रहन्छ ...
५ लाख धरौटीमा रिहा भए इकु

५ लाख धरौटीमा रिहा भए इकु

मनोरन्जन
काठमाडौं । कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश खिमानन्द भुषालको इजलासले इकुलाई धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि उनी १४ असोजमा रिहा भएको अदालतका सूचना अधिकारी मेलिस बासकोटाले जानकारी दिए । इकुलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीइआबीले २६ भदौमा बुढानिलकण्ठबाट पक्राउ गरेको थियो । रिहा भएपछि फिल्मको प्रचारमा धरौटीमा रिहा भएका इकुले आफू अभिनित फिल्म ‘१२ गाउँ’को प्रचार थालेका छन् । आफूले केही हल भिजिट गरेर दर्शकसँगै फिल्म हेरेको उनले अनलाइनखबरलाई बताए । विराज भट्ट निर्देशित फिल्ममा इकुको शीर्षमध्येको भूमिका छ । उनी फिल्ममा विराजका सहयोगीको भूमिकामा देखिएका छन् । इकुको यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहे...