Sunday, December 22

मनोरन्जन

‘हाइट, साइज र अनुहार मिल्ने मात्रै हिरो हुनुपर्छ भन्ने छैन’

‘हाइट, साइज र अनुहार मिल्ने मात्रै हिरो हुनुपर्छ भन्ने छैन’

ताजा समाचार, मनोरन्जन
काठमाडौं । ‘गुरुचेला’बाट अभिनय करिअर थालेका जितु नेपालको पछिल्लो फिल्म ‘ज्वाइँ साब’ दशैंको फूलपातीमा असोज २४ गतेदेखि प्रदर्शन हुँदैछ । निश्चित शारीरिक आकारको कलाकार मात्र नायक बन्छ भने परम्परागत सोचाइलाई चुनौती दिंदै जितुले अहिले लगातार कथानक फिल्ममा केन्द्रीय भूमिका निर्वाह गरिरहेका छन् । ‘ह्यारीकी प्यारी’पछि उनी ‘ज्वाइँ साब’मा लिड रोलमा छन् । मुन्द्रे नामले समेत चर्चित जितुलाई ‘छक्कापञ्जा’ले पनि चर्चा दिलायो । फूलपातीमा उनले अभिनय गरेको पूर्वफिल्म ‘छक्कापञ्जा’ श्रृंखलाको पाँचौं भाग रिलिज हुँदैछ भने अर्कोतिर जितुकै शीर्ष अभिनय रहेको ‘ज्वाइँ साब’ पनि आउँदैछ । यिनै विषयमा केन्द्रित रहेर अभिनेता नेपालसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश : फिल्म ‘ज्वाइँ साब’ नेपाली ज्वाइँहरुको यथार्थ हो ? ज्वाइँ हुनका लागि भोग्ने सानो यथार्थ चाहिं हो । भइरहेका ज्वाइँ चाहिं ...
‘ज्वाइँ साब’मा जितुको बुढ्यौली गेटअप किन ?

‘ज्वाइँ साब’मा जितुको बुढ्यौली गेटअप किन ?

मनोरन्जन
काठमाडौँ । जितु नेपालको मुख्य भूमिका रहेको फिल्म हो ‘ज्वाइँ साब’ । यही असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्मको नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता जितुको बुढ्यौली गेटअप देख्न सकिन्छ । पोस्टर जितु आफैँले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । पोस्टरबाट फिल्ममा जितुको युवादेखि बुढ्यौलीसम्मको अभिनय रहेको अनुमान गर्न सकिन्छ । पोस्टरमा जितुलाई गोवर्द्धन पण्डितको रूपमा चित्रण गरिएको छ । यो गेटअपले फिल्ममा कतै जितुको दोहोरो भूमिकामा त छैन भन्ने कौतुहलता जगाएको छ । जितुको दोहोरो भूमिका हो वा होइन भन्ने बारे निर्माण पक्षले केही बोलेको छैन । राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा वसन्त निरौलाको निर्देशन छ । फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ । @रातोपाटी...
छायांकनपूर्व शुभसाइत पूजा गर्ने नेपाली संस्कृतिले लोभिए बेलायती अभिनेता बेकन

छायांकनपूर्व शुभसाइत पूजा गर्ने नेपाली संस्कृतिले लोभिए बेलायती अभिनेता बेकन

मनोरन्जन
काठमाडौं । विज्ञान कथामा आधारित हुने फिल्म ‘एक्लो’को छायांकन सुरु भएको छ । बुधबार बिहान भद्रकाली मन्दिरमा शुभसाइत पूजा गर्दै मल्टिस्टारर फिल्मको छायांकन सुरु भएको जानकारी दिइयो । प्रदीप शाहीले निर्देशन गर्ने यो फिल्ममा प्रदीप खड्का, जेमी बेकन, दीया पुन, कविता नेपाली, सुनिल थापा, विजय लामा र एवनराज उप्रेतीको अभिनय हुने जनाइएको छ । शुभसाइत पूजामा कास्ट एण्ड क्रूको उपस्थिति थियो । यो फिल्म खेल्नैका लागि बेलायती अभिनेता बेकन मंगलबार नेपाल आइपुगेका थिए । भद्रकाली मन्दिरमा उनले नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली फिल्ममा सहकार्य गर्न पाउँदा आफू उत्साही रहेको बताए । फिल्म छायांकनपूर्व शुभसाइत गर्ने चलन आफूलाई मनपरेको भन्दै उनले यसलाई आश्चर्यजनक बताए । ‘आध्यात्मिक र धार्मिकरुपमा नेपाली संस्कार र संस्कृति निकै महत्वपूर्ण छ । मलाई मनपर्‍यो’ उनले भने । फिल्ममा आफूले निर्वाह गर्न लागेक...
‘गुमनाम सुपरस्टार’ विष्णु माझीले ल्याइन् नयाँ तीज गीत

‘गुमनाम सुपरस्टार’ विष्णु माझीले ल्याइन् नयाँ तीज गीत

मनोरन्जन, सुचना/संचार
काठमाडौं । तीज नजिकिएसँगै सामाजिक संजालमा एउटा भनाइ चर्चामा हुन्छ- ‘जबसम्म विष्णु माझीको गीत आउँदैन तबसम्म तीज लागेको महसुस हुँदैन ।’ लामो समयदेखि आफूलाई सार्वजनिक जीवनबाट लुकाउँदै आएकी गायिका माझीको गीत सुन्न प्रशंसक तीजमा अधैर्य हुन्छन् । आफ्ना गीतमा महिलाको वेदना र पीडा दर्शाउने उनका गीत धेरैजना माझ चर्चित पछि छन् । यो तीजमा पनि माझीले नयाँ गीत ल्याएकी छन् । ‘आइन आमा यो तीजमा’ बोलको तीज गीत शनिबार युट्युवमा सार्वजनिक भएको छ । यो गीतलाई उनको ‘पुतलीको भट्टी भाग २०’को श्रृंखलाको रुपमा चिनाइएको छ । यो पनि पढ्नुहोस टेलर स्वीफ्टको मात्रै होइन, बिष्णु माझीको पनि बन्न सक्छ इतिहास माझीकै श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत छ । ठीक ११ महिनापछि माझीले यो नयाँ गीत ल्याएकी हुन् । गीतको भिडियोमा पनि माझीलाई फिचर्ड गरिएको छैन, उनको पाश्र्वगायन मात्र छ । यो गीतलाई आशिष अविरलको स्टु...
महिला टी-२० विश्वकप यूएईमा हुने

महिला टी-२० विश्वकप यूएईमा हुने

खेलकुद, मनोरन्जन, सुचना/संचार
५ भदौ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने भएको छ । यसअघि बंगलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप त्यहाँबाट यूएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ । यसअघि महिला विश्वकप आगामी अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो । तर बंगलादेशमा भएको पछिल्लो विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा प्रतियोगिता हुने नहुने अनिश्चित बनेको थियो । यसअघि भारतलाई महिला टी२० विश्वकप आयोजनाका लागि प्रस्ताव गरेपनि भारतले अस्वीकार गरेको थियो । अब महिला टी-२० विश्वकप यूएईको दुई शहर दुबई र शारजहामा हुने आईसीसीले जनाएको छ । आईसीसीका प्रमुख कार्यकारी जेफ एलार्डासले बंगलादेशमा विश्वकप आयोजना गर्न नपाउनु लाजमर्दो कुरा रहेको बताएका छन् । यस्तै विश्वकप आयोजकको रुपमा आगाडी आएको इमिरेट्स क्रिकेट बोर्डलाई एलार्डासले धन्यवाद दिएका छ...
एउटै चलचित्रमा केपी ओली र माधव नेपाल

एउटै चलचित्रमा केपी ओली र माधव नेपाल

ताजा समाचार, मनोरन्जन
२३ साउन, काठमाडौं । कथानक चलचित्रमा समेटिएका पात्रहरुको भूमिकामा कलाकारहरु हुन्छन् । सामान्यतः मुख्य भूमिकामा रहनेलाई हिरो, हिरोइन भनिन्छ । उनीहरुलाई समस्या सिर्जना गर्ने पात्र भिलेन भनेर चिनिन्छन्, अरु सहायक कलाकार हुन्छन् । जस्तो– कथाले मागे कुनै कलाकार मन्त्रीको भूमिकामा देखिन्छन् । ती मन्त्री बनेर चलचित्रमा देखिने कलाकार हुन्, मन्त्री होइनन् । तर आगामी ७ भदौमा प्रदर्शन गर्ने तयारी रहेको चलचित्र ‘नमेटिने घाउ’ मा भने वास्तविक पात्रहरु नै पर्दामा देखिनेछन् । एसिड आक्रमणमा परेकाहरुको वास्तविक कथामा आधारित भएकाले पीडितहरु नै पर्दामा आउने छन् । ‘आफ्नैले हानेको एसिडबाट शरीर बिग्रिएको छ, मनमा नमेटिने घाउ छ’, निर्माता एवं निर्देशक रमित ढुंगानाले भने, ‘त्यस्तो निर्मम प्रवृत्ति अन्त्य गर्न मैले यो चलचित्रलाई एउटा अभियान भनेको छु ।’ ढुंगानाले अभियान भनेको यो चलचित्रमा पीडितहरु मात्र नभ...
न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु

न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु

अन्तरास्ट्रिय, ताजा समाचार, मनोरन्जन, समाज
७ साउन, न्यूयोर्क । संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ बिहीबारबाट प्रदर्शनी औपचारिक रुपमा सुरु भएको हो । मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दुतावास न्यूयोर्कको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी जुलाई १७ सम्म चल्नेछ । संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले प्रदर्शनीको औपचारिक उद्घाटन गरेका हुन् । अध्यक्ष फ्रान्सिसले मिथिला चित्रकला प्रदर्शनीले आफुलाई गम्भिर बनाएको भन्दै मानवताको रक्षाका लागि विश्व एक भएर अघि बढ्नु पर्नेमा जोड दिए । प्रदर्शनीमा स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागि हुन आएका अधिकांश देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। समारोहलाई सम्बो...
रङ्गमञ्चबाट उदाएर रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

रङ्गमञ्चबाट उदाएर रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

जीवनशैली, मनोरन्जन
१४ चैत, काठमाडौं । आज ६३औं विश्व रङ्गमञ्च दिवस । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । पछिल्लो समयमा नेपालमा पनि रङ्गकर्मी र रङ्गमञ्चप्रति लोकप्रियता बढ्दै गएको पाइएको छ । रङ्गकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् । यद्यपि, रङ्गमञ्च भने अहिले पनि अभिनय सिक्ने मञ्चका रूपमा मात्र चिनिन्छ । चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायः नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ । कला जीवनको महत्त्वपूर्ण पक्ष हो । यसले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले समाज बदल्न कलात्मक गतिविधिको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपिन क...
Trisha suffer accidental in cross country skiing

Trisha suffer accidental in cross country skiing

Travel, खेलकुद, मनोरन्जन
Shall their, them tree and creeping moveth Green. Yielding stars bearing lesser. Us likeness without they're they're greater. You said let saying. Moveth whose let in living. Have. Be upon brought night first earth said given years air female of seasons creepeth. Subdue subdue living. Fourth. Said you're seed hath light fish signs dry under behold the. Greater made second. Deep beast grass fly seed May earth fruitful evening called lesser. Under good said Seas form. Fruitful. Divide our his hath you'll void living be man appear. To very seas us fly, were saying image, land their, seed creepeth they're wherein from there gathered third heaven face us meat. Darkness fish replenish one. Fourth be so his whose under together kind had. Isn't so great can't shall saying Sixth in. Own the god you...