Monday, December 23

चुनावी प्रचारको आज अन्तिम दिन, कीर्तिपुरमा शीर्ष नेताहरूले सम्बोधन गर्दै

१३ मंसिर, काठमाडौं । चुनावी प्रचारको अन्तिम दिन विभिन्न दलका शीर्ष नेताहरूले कीर्तिपुरमा सम्बोधन गर्ने भएका छन् । १६ मंसिरमा हुने उपनिर्वाचनमा चुनावी प्रचारका क्रममा नेताहरूले सम्बोधन गर्ने भएका हुन् ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल, कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कीर्तिपुरमा चुनावी भाषण गर्नेछन् । कांग्रेसले दिउँसो साढे २ बजे कीर्तिपुरस्थित लोकतान्त्रिक चोकमा गर्ने खुलासभामा महामन्त्रीद्वय थापा र शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ३ बजे कीर्तिपुरस्थित नगाउँ दोबोटोमा हुने सभामा सम्बोधन गर्दैछन् ।

नेकपा एमालेले भने पाँगामा चुनावी सभा गर्दैछ । उक्त सभालाई महासचिव पोखरेल र बागमतीका इन्चार्ज राजन भट्टराईले दिउँसो ३ बजे सम्बोधन गर्नेछन् ।

कीर्तिपुरमा कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर, माओवादीबाट शिवशरण महर्जन उम्मेदवार छन् । दल र स्वतन्त्र गरी यहाँ २० जना उम्मेदवार छन् । एकीकृत समाजवादीका भानु रिजालले माओवादीका उम्मेवारलाई र स्वतन्त्र उठेको नरेश श्रेष्ठले राजमान मानवलाई समर्थन गरेका छन् ।

स्वतन्त्र उम्मेदवार राजमानको पक्षमा धरानका मेयर हर्क साम्पाङले चुनावी सभामा सम्बोधन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *