Monday, January 13

सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौं : जनमत

१३ मंसिर, काठमाडौं । जनमत पार्टीले सरकारलाई दिएको समर्थन नगर्ने स्पष्ट पारेको छ । सरकार र जनमत पार्टी बीच विवाद उत्पन्न भएकाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चर्चा चलेको थियो ।

जनमत पार्टीको सांसद गोमा लाभ सापकोटालाई सभामुख देवराज घिमिरेले नहटाउने निर्णय लिएका थिए । पार्टीका अध्यक्ष सीके राउतले कम्बोडियाको प्रधानमन्त्री सामडेक हुन मानेटलाई भेट्दा नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीप्रति टिप्पणी गरेका थिए ।

सामाजिक सञ्जालमा उनले लेखेका थिए,‘ कम्बोडियाका प्रधानमन्त्री सामडेक हुन मानेट सँग भेटवार्ता । बरू, नेपालकै प्रधानमन्त्री भेट्न साह्रै गाह्रो ।’

सरकारको निर्देशन अनुसार सभामुखले आफ्नो सांसद नहटाएको प्रतिक्रिया र पार्टी अध्यक्षको प्रधानमन्त्रीप्रति कटाक्षले जनमले सरकारलाई दिएको समर्थन फिर्ताले आशंकाहरु व्यक्त भएका थिए ।

जनमतका पार्टी प्रवक्ता शरदसिंह यादवले सरकारलाई दिएको समर्थन फिर्ता नलिने जानकारी गराए । ‘केन्द्रमा समर्थन फिर्ता र मधेस सरकार परिवर्तनको कुरा अनावश्यक हो । सरकारलाई समर्थन फिर्ता गर्दैनौं,’ प्रवक्ता यादवले अनलाइनखबरसँग भने,‘मधेस सरकारमा Ck rau

Leave a Reply

Your email address will not be published. Required fields are marked *