५ पुस, धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापासँग कुनै असमझदारी नभएको दाबी गरेका छन् ।
सुदूरपश्चिमका नेता तथा कार्यकर्ता भेटघाट गर्न शुक्रबार धनगढी पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
देउवा सबैको साझा सभापति भएको र थापासँग पनि कुनै विवाद नभएको उनले जिकिर गरे । तर अगामी १५ औं महाधिवेशनमा आफू सभापतिको स्वभाविक दाबेदार भएको उनको भनाइ छ ।
उनले महाअधिवेशन आउन एक वर्ष मात्र बाँकी रहेकाले आफू महाधिवेशनको तयारीमा लागेको समेत लागेको उल्लेख गरे । कोइरालाले महाधिवेशनसम्म एकताबद्ध भएर अघि बढ्ने पनि बताए ।
फरक प्रसँगमा बोल्दै उनले अहिलेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । दुई ठूला दल मिलेर बनेको वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नभएकोले सरकारले राम्रो काम गर्नुपर्ने बताए ।
सरकारलाई सफल पार्न लागिपरेको बताउँदै उनले जनपक्षीय काम गर्न सुझाव दिएका छन् ।