गुगल सर्च इन्जिनको विकल्पमा ओपेनएआईले बनाउँदै च्याटजीपीटी सर्च इन्जिन
काठमाडौँ — डेढ वर्षअघि च्याटजीपीटी सार्वजनिक गरेर चर्चामा आएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी काम गर्ने संस्था ओपेनएआईले अब गुगल सर्च इन्जिनको विकल्पका रूपमा च्याटजीपीटी सर्च इन्जिन विकास गरिरहेको छ । पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा ओपेनएआईले आगामी दिनमा सार्वजिक गर्ने सर्च इन्जिनबारे अनेक सामाग्री प्रकाशन भइरहेका छन्।
गुगल सर्च इन्जिनको विकल्पमा ओपेनएआईले बनाउँदै च्याटजीपीटी सर्च इन्जिन
सो फिचरमा प्रयोगकर्ताले च्याटजीपीटीलाई सोधेका प्रश्नको जवाफमा विभिन्न वेबसाइटहरूको लिंकसहित विवरणहरू आउनेछन् । आवश्यक परेको खण्डमा तस्बीरसहितको जवाफ दिने गरी सर्च इन्जिन विकासको काम भइरहेको बताइएको छ । प्रयोगकर्ताले ढोकाको बिँड कसरी फेर्ने भनेर प्रश्न सोधेमा च्याटजीपीटी सर्च इन्जिनले चित्रसहित प्रतिक्रिया दिने यसमा आबद्ध एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा द बिजनेस टा...