Sunday, December 22

स्वास्थ्य

वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयलले सोध्यो स्पष्टीकरण

वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयलले सोध्यो स्पष्टीकरण

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिका निर्देशक डा. प्रदीप केसीलाई स्पष्टीकरण सोधेको छ । विभागीय मन्त्रीको निर्देशन पालना गर्नुको सट्टा फेसबुकबाट जवाफ फर्काएको भन्दै मन्त्रालयले गत शुक्रबार पत्र काट्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । ‘मन्त्रालयले आफैं निर्देशक जस्तो जिम्मेवारीपूर्ण पदमा आसिन कर्मचारीले सार्वजनिक सरोकारका विषयहरु सामाजिक सञ्जाल (फेसबुक)मा के कति कारणले लेखिएको हो ? सोको स्पष्ट जानकारी पछिसम्म फरक नपर्ने गरी आजको मितिले तीन दिनभित्र स्पष्टीकरणसहित मन्त्रालय पेश गर्न निर्णयनुसार अनुरोध छ,’ उनलाई पठाइएको पत्रमा भनिएको छ । गत बुधबार वैद्यखानाको आकस्मिक निरीक्षणमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदाधिकारी तथा कर्मचारीहरुलाई उत्पादन बढाउन र संस्था सुधार गर्न निर्देशन दिएका थिए । कर्मचारीहरुले स्रोत अभाव...
प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी

स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको इन्डोस्कोपी गरिएको छ । बिहीबार बिहान साढे ९ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री ओलीको इन्डोस्कोपी गरिएको हो । प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले नियमित स्वास्थ्य जाँचको क्रममा इन्डोस्कोपी गरिएको बताइन् । ‘समस्या भएर होइन नियमित परीक्षण हो । मिर्गौला प्रत्यारोपण अगाडि इन्डोस्कोपी गरिएको थियो’ डा. शाहले अनलाइनखबरसँग भनिन्, ‘इन्डोस्कोपी परीक्षणमा कुनै समस्या देखिएन ।’ शरीरमा घाउ नपारी शरीरको भित्री भाग परीक्षण गर्ने प्रक्रिया नै इन्डोस्कोपी हो । जसमा शरीरको भित्री भागको अवस्था नजिकबाट हेर्न इन्डोस्कोप (उपकरण) प्रयोग गरिन्छ । यो उपकरणमा लामो, पातलो लचिलो ट्युब हुन्छ । उक्त ट्युबमा प्रकाश र क्यामेरा जडान हुन्छ । यसलाई मुखबाट छिराएर खाद्यनली, पेटलगायतमा के भएको छ भनी प्रष्ट रुपमा मोनिटरमा हेर्न सकिन्छ । ‘उहा...
सिंहदरबार वैद्यखानामा स्वास्थ्यमन्त्री : ‘तलब खुवाउन मन्त्रालयको मुख नताक्नुहोस्’

सिंहदरबार वैद्यखानामा स्वास्थ्यमन्त्री : ‘तलब खुवाउन मन्त्रालयको मुख नताक्नुहोस्’

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिंदै आएका छन् । सोहीअनुरुप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचेजस्तो उत्पादन वृद्धि नभएपछि स्थलगत अनुगमन गरेका हुन् । मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले वैद्यखानाको काम कारबाहीबारे जानकारी लिंदै आमरुपमा सुनिएका गुनासा समाधान गर्न समेत कर्मचारीको ध्यानाकर्षण गराए । पर्याप्त औषधि उत्पादन नभएकोबारे गुनासो सुनेपछि मन्त्री पौडेलले उत्पादन बढाउन हरसम्भव उपाय लगाउन आग्रह गरे । ‘बजारमा जति औषधि उत्पादन भए पनि वैद्यखानाको औषधि बिक्री हुनेरहेछ’ उनले भने, ‘तपाईंहरुले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ ।’ कर्मचारीहरुले स्रोत अभाव भएको ग...
कान्ति बाल अस्पतालको पूर्वाधारमा सहयोग गर्न कतारसँग मन्त्री पौडेलको आग्रह

कान्ति बाल अस्पतालको पूर्वाधारमा सहयोग गर्न कतारसँग मन्त्री पौडेलको आग्रह

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशमा बालबालिकाको उपचार हुने विशिष्टिकृत अस्पताल कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह गरेका छन् । नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीसँगको भेटमा मन्त्री पौडेलले बालबालिकाको उपचार हुने देशकै ठूलो सरकारी अस्पतालमा पूर्वाधार विकासमा मित्रराष्ट्र कतारको सहयोगको अपेक्षा गरेको बताए । कान्ति बाल अस्पतालमा भवनसहितका संरचना र पूर्वाधार विकास गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डीपीआर निर्माण गरेर योजना अघि बढाएको छ । कतारको विकासमा नेपाली नागरिकको योगदान रहेको चर्चा गर्दै मन्त्री पौडेलले कतारले समेत नेपालको विकासमा साथ दिएकोमा खुसी व्यक्त गरे । राजदूत अन्सारीले दुई देशबीचको सम्बन्ध असल रहेको भन्दै सहयोगका क्षेत्र विस्तार गर्न चाहेको बताए । कतार सरकारको सहयोग संस्था कतार च्यारिटीले नेपाल...
स्वस्थ भनिएका यी खानेकुरा कति स्वस्थ ?

स्वस्थ भनिएका यी खानेकुरा कति स्वस्थ ?

स्वास्थ्य
हिजोआज मानिसहरू तन्दुरुस्त र स्वस्थ रहन स्वस्थकर खानाको खोजीमा हुन्छन् । तर बजारमा केही यस्ता खानेकुरा पनि उपलब्ध छन्, जसलाई हामी स्वस्थ मान्छौं तर वास्तवमा त्यो हाम्रो शरीरका लागि हानिकारक हुनसक्छ । ‘लो-फ्याट’, ‘अर्गानिक’, ‘ग्लुटेन-फ्री’, ‘सुगर-फ्री’ जस्ता शब्द सुनेपछि हामी सोच्छौं कि यी खाना हाम्रो स्वास्थ्यका लागि फाइदाजनक हुनेछन् तर वास्तवमा यस्ता धेरै उत्पादन मार्केटिङको एउटा हिस्सा मात्र हो । यस्ता खानेकुरामा लुकेको चिनी, प्रिजर्भेटिभ र अस्वस्थकर बोसो जस्ता तत्त्वले स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छ । उदाहरणका लागि, स्वस्थ विकल्पको रूपमा मार्केटिङ गरिएको ‘होलग्रेन पाउरोटी’ जसमा प्रायः उच्च फ्रक्टोज मकैको सिरप र कृत्रिम रङ समावेश हुन्छ । चिनीमुक्त भनिएका चकलेट, मिठाई, बिस्कुट हामीलाई फाइदाजनक जस्तो लाग्छ । तर तिनमा चिनीको विकल्पमा माल्टोज, सुक्रोज र अन्य रसायन हालिएका हुनसक्छन् ।...
महिलाहरूका लागि निशुल्क प्रजनन् स्वास्थ्य शिविर: बुटवल उपमहानगरपालिकाको सफल पहल

महिलाहरूका लागि निशुल्क प्रजनन् स्वास्थ्य शिविर: बुटवल उपमहानगरपालिकाको सफल पहल

स्वास्थ्य
पुष ३, बुटवल। बुटवल उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सर, पाठेघर खसेको समस्या, र तल्लो पेटसम्बन्धी अन्य स्वास्थ्य समस्याहरूको निदान र उपचारका लागि विभिन्न वडाहरूमा निशुल्क प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेका अनुसार वडा नम्बर ३ र वडा नम्बर ७ मा आयोजित शिविरबाट ३३२ जनाले सेवा लिएका छन्। यो शिविर ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको हो। पाठेघरको मुखको क्यान्सरको सम्भावना समयमै पत्ता लगाई आवश्यक उपचारका लागि पर्याप्त समय उपलब्ध गराउन यो शिविरले महत्त्वपूर्ण भूमिका खेल्ने उनले भने। शिविरमा ३५ जनाको संकास्पद रिपोर्ट देखिएपछि उपमहानगरपालिकाले क्यान्सर रोग विशेषज्ञलाई फिल्डमै बोलाएर आवश्यक परामर्शको व्यवस्था गरेको छ। नगर प्रमुख खेलराज पाण्डेले संकास्पद बिरामीहरूको थप परीक्षण र उपकरण व्यवस्थाका लागि विभि...
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?

क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?

अन्तरास्ट्रिय, स्वास्थ्य
मस्को । आफूहरूले क्यान्सर विरुद्धको खोप तयार पारेको दाबी रुसको स्वास्थ्य मन्त्रालयले गरेको छ । यो खोप आफ्ना नागरिकलाई सित्तैमा लगाइने मन्त्रालयले भनेको छ । डेली मेलमा छापिएको एउटा समाचारका अनुसार रुसको स्वास्थ्य मन्त्रालयमातहतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टका प्रमुख एन्ड्री काप्रिनले भनेका छन् कि खोपलाई सन् २०२५ को सुरुमा लन्च गरिनेछ । खबरका अनुसार यो खोपबाट क्यान्सर निको हुनेछ । यसले ट्यूमर बन्नबाट भने रोक्ने छैन । खोपको हरेक मात्रा बिरामीका लागि छुट्टा छुट्टै तयार पारिने वैज्ञानिकहरूले भनेका छन् । यो खोप पश्चिमी देशमा बनाइरहेको क्यान्सर विरुद्धको खोप जस्तै भएको बताइएको छ । तर अहिलेसम्म यो खोपले कसरी क्यान्सरको निको पार्छ भनेर चाँहि स्पष्ट बताइएको छैन । यो खोपको कत्तिको प्रभावकारी हुनेछ वा रुसले यसलाई कसरी लगाउनेछ भन्ने जस्ता जानकारी पनि आएका छैनन् । न त मन्त्रालयले खोपको नाम ...
केन्द्रीय अस्पतालमा कति छन् बेड ? (सूचीसहित)

केन्द्रीय अस्पतालमा कति छन् बेड ? (सूचीसहित)

स्वास्थ्य
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका १५ अस्पतालको शय्या सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार संघीय स्वास्थ्य मन्त्रालय अन्तर्गतका १५ वटा अस्पतालमा कुल ५ हजार ३८६ शय्या छन् । संघीय अस्पतालमध्ये सबैभन्दा धेरै वीर अस्पतालमा ९६० शय्या छन् । सबैभन्दा कम भने तनहुँमा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्र ५० शय्याको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९१३, भरतपुर अस्पताल चितवनमा ६००, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल काठमाडौंमा ४८०, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा ४५० शय्या छन् । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३८०, कान्ति बाल अस्पताल महाराजगञ्जमा ३७२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ३००, नारायणी अस्पताल वीरगञ्जमा २५०, राष्ट्रिय ट्रमा सेन्टर २०० शय्या छन् । भक्तपुर क्यान्सर अस्पतालमा १५०, शुक्रराज...
आँखाबाट आँसु किन बग्छ ?

आँखाबाट आँसु किन बग्छ ?

स्वास्थ्य
आँसु एक अद्भूत प्रक्रिया हो, जसले हाम्रो जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ । जब हामी दु:खी हुन्छौं वा हाँस्छौं, हाम्रो आँखाबाट आँसु निस्कन्छ । आँसुले आँखालाई हाइड्रेटेड राख्नुका साथै सुरक्षा पनि दिन्छ । आँखामा कुनै हानिकारक पदार्थ पुगेमा आँसुले त्यसलाई बाहिर निकाल्न मद्दत गर्छ । तर कहिल्यै सोच्नुभएको छ यी आँसु किन खुसी वा दुःखको क्षणमा मात्र आउँछन् ? आँसु के हो ? आँसुमा ९८ प्रतिशत पानी र बाँकी २ प्रतिशतमा नुन र अन्य तत्त्व हुन्छ । कहिलेकाहीं आँखाबाट धेरै आँसु निस्कन्छ र ओठमा पुग्छ तब हामीले त्यसको नुनिलो स्वाद पनि महसुस गर्छौं । पानीबाहेक बाँकी २ प्रतिशतमा नुन, तेल, केही भिटामिन र करिब २०० प्रोटिन हुन्छन् । यी तत्त्वहरूले आँखाको कोषिकाहरुलाई पोषण दिन्छ । हाम्रो आँसुमा पनि इलेक्ट्रोलाइट हुन्छ । तिनीहरूमा पाइने सोडियमका कारण तिनीहरू नुनिलो हुन्छन् । इलेक्ट्रोलाइटमा मुख्यतया सोडि...
स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो ‘हेल्लो हेल्थ’

स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो ‘हेल्लो हेल्थ’

स्वास्थ्य
२४ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा सुरू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि हेल्लो हेल्थ स्थापना भएको हो । ‘नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेका हौं । तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला,’ मन्त्री पौडेलले भने । अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासाहरु टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट समेत पठाउन सक्नेछन् । टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासा राख्न सक्नेछन् । यसैगरी भाइबर र ह्वाट्स एपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्...