नकारात्मक विचारबाट कसरी उम्किने ?
वरपरको माहोल, मानिसको व्यवहार र जीवनमा पटक-पटक बदलिने परिस्थिति नकारात्मक विचारको कारण बन्न थाल्छ । अन्य मानिसबाट प्रभावित भएर आफूलाई कुनै प्रश्न गरी चुपचाप बस्ने हो भने नकारात्मकताको बाटो लम्बिंदै जान्छ । यसले सोच्ने विचारमा नकारात्मकता मात्र ल्याउँदैन । व्यवहारमा पनि परिवर्तन ल्याउँछ ।
यी परिवर्तन जीवनका लागि पक्कै राम्रो होइन । यही नकारात्मक विचार हाबी हुँदै जाँदा मानिसलाई जीवनको लक्ष्य प्राप्तिमा कठिनाइको सामना गर्नुपर्ने हुन्छ ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सन् २०१५ को तथ्यांकअनुसार विश्वभर ३० करोड मानिसमा डिप्रेसनको समस्या देखिएको थियो । जसमा १५ देखि ४९ वर्ष उमेर समूह ग्रस्त हुन्छन् । नकारात्मक विचार तब हाबी हुन्छ । जब मानिसले जीवनमा सत्यलाई स्वीकार गर्न नसकी नकारात्मकतातर्फ लाग्न थाल्छ । यसबाहेक कहिलेकाहीं अरू मानिसमा बढ्दो निर्भरताले कमजोरी र नकारात्मकता निम्त्याउ...