Monday, December 23

कृषि

अनुदान कार्यक्रमले पशुपालन किसान उत्साहित

अनुदान कार्यक्रमले पशुपालन किसान उत्साहित

कृषि, ताजा समाचार
१६ भदौ, तनहुँ । तनहुँको भानु नगरपालिकाले पशुपालन किसानलाई अनुदानको व्यवस्था गरेपछि यहाँका किसान उत्साहित भएर पशुपालन व्यवसायमा लागेका छन् । गत आर्थिक वर्षमा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी तीन हजारका दरले ३७ जना किसानलाई अनुदान दिएपछि व्यावसायिक पशुपालनमा किसान आकर्षित भएका हुन् । नगरपालिकाले घाँसखेतीका साथ पशुपालन गर्दै आएका किसानलाई अनुदान रकम प्रदान गरेको पशु विकास शाखाका प्राविधिक अमित ढुंगानाले बताए । उनकाअनुसार किसानले कुल एक सय ८५ रोपनी क्षेत्रफलमा घाँसखेती गरेवापत ५ लाख ५५ हजार रुपैयाँ अनुदान प्रदान गरिएको छ । ‘पछिल्लो समय किसानले घाँसखेतीसँगै पशुपालन व्यवसायलाई वृद्धि गर्दै लान थालेका छन्’, उनले भने, ‘नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई उत्प्रेरण गर्ने काम भइरहेको छ ।’ नगरपालिकाको पशु विकास शाखाले वार्षिक कार्यक्रमअन्तर्गत घाँसखेती गर्न...
बेलायतको भिसा त्यागेका लालबहादुर किवी खेतीबाट सन्तुष्ट

बेलायतको भिसा त्यागेका लालबहादुर किवी खेतीबाट सन्तुष्ट

कृषि, ताजा समाचार
५ भदौ, म्याग्दी । किवी खेतीमा नलागेको भए बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेका हुने थिए । २०७५ सालमा बेलायत जाने तयारी गरेका लालबहादुरको योजना वडा कार्यालयले सञ्चालन गरेको किवी खेती सम्बन्धी तालिममा सहभागी भएपछि स्थगित भयो । ‘दुई वर्ष मलेसिया र एक वर्ष बहराइनमा काम गरेर आएपछि आफन्त मार्फत बेलायत जाने भिसा पनि लागेको थियो’, उनले भने, ‘बेलायतको भिसा त्यागेर सुरु गरेको किवी खेतीले सफलता मिल्न थालेको छ । घरपरिवारसँगै बसेर रोजगार र आत्मनिर्भर हुन पाएकोमा सुखी र सन्तुष्ट छु ।’ सचिन्द्रा कृषि तथा पशुपंक्षी फार्म खोलेर मकै र कोदोको विकल्पमा करिब १७ रोपनी पाखोबारीमा लगाएको २५० बोट किवीले आम्दानी दिन थालेको छ । गत वर्ष प्रतिकिलो २५० का दरले दश क्वीन्टल (एक हजार किलो) किवी बेचेका पुन यसपालि राम्रो फल लागेकाले उत्प...
इलामका किसान ‘ड्रागनफ्रुट’मा आकर्षित

इलामका किसान ‘ड्रागनफ्रुट’मा आकर्षित

कृषि, सुचना/संचार
५ भदौ, इलाम । इलाममा किसान ‘ड्रागनफ्रुट’ (सिउँडी) खेतीप्रति आकर्षित हुँदै गएका छन् । मनग्य आम्दानी हुने भएपछि परम्परागत खेती छाडेर उनीहरु व्यावसायिक ड्रागनफ्रुट खेती गर्न थालेका हुन् । इलामको चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका किसान प्रवीण लिम्बूले ड्रागनफ्रुट खेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गरेका छन् । एक बिगाहा जग्गामा लगाइएका ३ हजार बिरुवाबाट उनले फल बेचेर ८ लाख र बिरुवा बिक्रीबाट ४ लाख रुपैयाँ आम्दानी गरेका हुन् । ‘यस वर्ष बिरुवा हलक्क बढेकाले उत्पादन अझ बढ्नेछ, जसबाट आम्दानी बढ्ने अपेक्षा गरेको छु’, उनले भने । उद्यमी लिम्बूले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागनफ्रुटको फल र बिरुवा उत्पादन गर्दै आएका छन् । तीन वर्षअघि ‘भिलेज एग्रो फार्म’ दर्ता गरी सुरु गरेका उनले मलेसियन प्रजातिको रातो ड्रागनफ्रुट रोपेका छन् । आफूले उत्पादन गरेका ड्रागनफ्रुट र बिरुवाको बजारीकरणमा समस्या नभएक...
साढे १ करोड लगानीमा कुखुरापालन

साढे १ करोड लगानीमा कुखुरापालन

कृषि, ताजा समाचार, विजनेस
३२ साउन, बागलुङ । बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्मा अहिले कृषि फार्म चलाइरहेका छन् । शर्माको फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । ६ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाएका उनी ३ हजार चल्ला थप्ने तयारीमा छन् । एक करोड ५० लाखको लगानीमा ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेर सञ्चालनमा ल्याइएको फार्म कालिमाटीको ४३ रोपनी जग्गामा फैलिएको छ । फार्ममा गाई र बाख्रा पनि पालिएको छ । उनले यसरी काम थालेको ५ वर्ष भयो । सामूहिक रूपमा थालिएको फार्म पछिल्लो ३ वर्षदेखि शर्माले एक्लै सञ्चालन गर्दै आएका हुन् । ‘कुखुरापालन व्यवसाय निकै जोखिपूर्ण हुन्छ, अण्डाको मूल्यमा उतारचढाव हुन्छ, तर हिम्मत हारिएन अहिले फार्मलाई जिल्लाकै ठूलो अण्डा उत्पादन गर्ने फार्मका रूपमा चिनाउन सफल भएको छु’, शर्माले भने । शर्माको फार्ममा प्र...
कालीमाटीमै अधिकांश तरकारी किलोको १०० रुपैयाँ माथि, यस्तो छ मूल्यसूची

कालीमाटीमै अधिकांश तरकारी किलोको १०० रुपैयाँ माथि, यस्तो छ मूल्यसूची

कृषि, समाज
१ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारीको भाउ किलोको १०० नाघेको छ । अघिल्लो दिनको तुलनामा काउली, मुला, तने बोडी, घिउ सिमी, तिते करेला, लौका, घिरौंलाजस्ता तरकारीको भाउ महँगिएको छ । मंगलबार कालीमाटी बजारमा ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो १२०, गाजर १००, स्थानीय काउली १००, तने बोडी १२०, मकै बोडी १००, घिउ सिमी १६०, राजमा १४०, टाटे सिमी १२०, भटमासकोशा १२०, तिते करेला १००, लौका १००, घिरौंला १२०, भिण्डी १५०, पिँडालु १२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । रायो साग २५०, हरियो प्याज १५०, न्यूरो १४०, ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कनय च्याउ प्रतिकिलो २००, डल्ले च्याउ ४३० र कुरिलो ३०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । कालीमाटी बजारमा रातो आलु प्रतिकिलो ६०, प्याज ९५, बन्दा ६०, सेतो मुला ३५, लाम्चो भन्टा ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको कालीम...
अर्गानिक तरकारी खेतीमा रमाउँदै बाँकेका थारू महिला

अर्गानिक तरकारी खेतीमा रमाउँदै बाँकेका थारू महिला

कृषि
२६ वैशाख, बाँके । अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारू महिला बिहानै तरकारी लिएर नेपालगञ्ज आउने गरेका छन् । अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारू महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ गर्न थालेका हुन् । नेपालगञ्ज ल्याइएका तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि उत्पादनतर्फ अधिकांश थारू महिला आकर्षित भइरहेका बाँके खजुरा-४ की रामदुलारी थारूले बताइन् । उनले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक रु १५ देखि रु २० हजारसम्म आम्दानी गरिरहेको जानकारी दिइन् । बाँकेको नौबस्तामा घर वरिपरी तरकारी खेती गरिरहेकी वसन्ती थारूले उत्पादित तरकारी एकाबिहानै नेपालगञ्ज ल्याएर बिक्री गर्ने गरेको बताइन् । त्यस्तै, कोहलपुर मैटहवाकी सुनिता चौधरीले घरबाट ताजा तरकारी ल्याएर नेपालगञ्जको पुष्पलाल चोकमा केही समयमै बिक्री...