Monday, December 23

कृषि

गुल्मीमा किसानलाई बजारसँग जोड्न ‘पैँचो पसल’

गुल्मीमा किसानलाई बजारसँग जोड्न ‘पैँचो पसल’

कृषि, ताजा समाचार
११ असोज, काठमाडौं । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी संकलन केन्द्रमा पुग्छन्। केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति परिमाणमा ल्याए ? त्यसको मूल्य कति हो ? निर्धारण गरेर पठाउँदैमा बित्छ । किसानलाई आफूले ल्याएको तरकारीबाट कति कमाइ भयो भन्ने जानकारी घर नपुग्दै मोबाइलमा आइपुग्छ । कति तरकारी बिक्री गरेछु भन्ने हिसाब राख्नै पर्दैन । पाण्डेका अनुसार केन्द्रमा दैनिक औसतमा पाँच क्विन्टल तरकारी आउँछ । संकलन भएका तरकारी लिन केन्द्रमा सवारीसाधन आइपुग्छ । स्थानीय किसानका लागि दैनिक उपभोग्य सामान पनि संकलन केन्द्रमै उपलब्ध हुन्छ । किसानले कति मूल्यको तरकारी बिक्री गरे र त्यहाँबाट कति मूल्यको सामान लिएर गए भन्ने जानकारी पनि मोबाइलमै आउँछ । किसानलाई सामान उपलब्ध गराउँदै उनीहरूको तरकारी खरिदलगायतसम्मको कामको व्यवस्थाप...
मह किसानको समस्या अध्ययन गर्न समिति गठन

मह किसानको समस्या अध्ययन गर्न समिति गठन

कृषि, ताजा समाचार
६ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मह उत्पादक किसानका समस्या अध्ययन गर्न एक समिति गठन गरेका छन् । आइतबार मन्त्रालयमा बसेको सरोकारवाला सहभागी बैठकमा मन्त्री अधिकारीले मन्त्रालयका सहसचिव भोजराज सापकोटाको अध्यक्षतामा सरोकार पक्षको समेत सहभागिता हुने गरी नौ सदस्यीय समिति गठन भएको हो । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । मन्त्री अधिकारीले सरकारको लक्ष्य आयात प्रतिस्थापन गरी स्वदेशी किसानको उत्पादनलाई प्राथमिकता दिने भए पनि मह किसानको तत्काल देखिएको समस्या समाधान गर्न जरुरी रहेको बताए । के हो मह किसानको माग ? मह किसानले हाल मौज्दात २ हजार १ सय टन मह बिक्री व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका छन् । मह आयात रोके पनि सिरपका रूपमा यसको आयात भइरहेको भन्दै मह किसानले मह आयातमा कर वृद्धि गर्नुपर्ने, स्वदेशी म...
बाँदरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

बाँदरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

कृषि, ताजा समाचार
पर्वत । बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत गाउँपालिकाका छवटै वडामा ओखरखेती सुरु गरिएको छ । गाउँमा बाँझो रहेको जमिन सदुपयोग तथा बाँदरबाट हुने क्षति न्यूनीकरणका लागि ओखरखेती थालिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए। गण्डकी प्रदेश सरकारबाट १० हजार बिरुवा प्राप्त भएका थिएभने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बागलुङमार्फत चक्लाबन्दीमा आधारित खेती कार्यक्रमअन्तर्गत एक हजार पाँच सय बिरुवा थप गरी ११ हजार पाँच सय बिरुवा रोपिएको छ । पालिकाका दुई सय जना किसानले व्यावसायिक रूपमा ओखर रोपेका छन् । ओखर रोपेको तीन वर्षदेखि पाँच वर्षभित्रमा फल लाग्छ ।...
बाँदरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

बाँदरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

कृषि, ताजा समाचार
पर्वत । बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत गाउँपालिकाका छवटै वडामा ओखरखेती सुरु गरिएको छ । गाउँमा बाँझो रहेको जमिन सदुपयोग तथा बाँदरबाट हुने क्षति न्यूनीकरणका लागि ओखरखेती थालिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए। गण्डकी प्रदेश सरकारबाट १० हजार बिरुवा प्राप्त भएका थिएभने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बागलुङमार्फत चक्लाबन्दीमा आधारित खेती कार्यक्रमअन्तर्गत एक हजार पाँच सय बिरुवा थप गरी ११ हजार पाँच सय बिरुवा रोपिएको छ । पालिकाका दुई सय जना किसानले व्यावसायिक रूपमा ओखर रोपेका छन् । ओखर रोपेको तीन वर्षदेखि पाँच वर्षभित्रमा फल लाग्छ ।...
पश्चिम म्याग्दीका किसान फेरि कोदोखेती गर्न थाले

पश्चिम म्याग्दीका किसान फेरि कोदोखेती गर्न थाले

कृषि, ताजा समाचार
२ असोज, म्याग्दी । तीन दशक अघिसम्म जिल्लाको मालिका गाउँपालिका–६ का टेकबहादुर विकको बारीमा प्रशस्त कोदो फल्थ्यो । विसं २०५० पछि पश्चिम म्याग्दीमा कोदोखेती गर्ने भेटिनै छाडे । अहिले कोदो माग फेरि बढेसँगै छोडिसकेको कोदो खेतीमा पश्चिम म्याग्दीवासी फेरि आकर्षित भएका छन् । तीन वर्षयता फेरि कोदोखेती गर्ने बढेका छन् । अन्य बालीको तुलनामा कोदोबाट बढी आम्दानी हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन् । ‘गाउँघरमा मात्र होइन सहरबजारबाट पनि कोदो किन्न गाडी लिएर गाउँगाउँमा नै ग्राहक आउन थालेका छन्’, विकले भने, ‘आफूले भनेकै मूल्यमा घरबाट नै बिक्री हुन थालेपछि मैले वर्षौँसम्म बाँझिएको बारीमा खनजोत गरी गत वर्षदेखि कोदोखेती सुरु गरेको हुँ ।’ प्रतिपाथी दुई सय रुपैयाँका दरले घरबाट नै कोदो बिक्री हुने यहाँका किसानले बताएका छन् । गत वर्ष पाँच मुरी कोदो बेचेर २० हजार आम्दानी भएको बताउँदै विकले यस वर्...
केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

केराखेतीबाट वार्षिक १४ लाख आम्दानी

कृषि, ताजा समाचार
३१ भदौ, घोराही । दाङमा पछिल्लो समय केराखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको देउखुरी क्षेत्रमा केराखेतीका लागि माटोसँगै सिँचाइको सुविधा भएको र थोरै खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले व्यावसायिक केराखेती गर्नेको सङ्ख्या बढ्दै गएको हो । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी विद्याबहादुर चौधरी विगत चार वर्षदेखि केराखेती गर्दै आएका छन् । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केराखेतीमा लाग्नुभएका उनले वार्षिक १३–१४ लाख बराबरको केरा बिक्री गर्दै आएको बताउँछन् । केराखेतीबाट राम्रो आम्दानी लिँदै आएको किसान चौधरी बताउँछन् । ‘अन्य कृषि व्यवसायको तुलनामा केराखेतीले राम्रै आम्दानी दिने गरेको छ । खासै मेहनत पनि गर्न पर्दैन ।’ रोपेपछि समय–समयमा गोडमेलसँगै पानी र मलको व्यवस्था गर्नुपर्ने भए पनि अन्य बालीजस्तो मेहनत गर्न नपर्ने उनी सुनाउँछन् । अन्य कृषिबालीजस्तो जोखिम नहुने र परि...
निजी र सरकारीले किसानको रकम भुक्तानी गर्नुपर्ने मन्त्री अधिकारीको जोड

निजी र सरकारीले किसानको रकम भुक्तानी गर्नुपर्ने मन्त्री अधिकारीको जोड

कृषि, ताजा समाचार
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले निजी र सरकारी दुबैले दुग्ध किसानको रकम भुक्तानी गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्ड र केन्द्रीय दुग्ध सहकारी संघले शुक्रबार ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले निजी र सरकारी दुबैले दुग्ध किसानको रकम भुक्तानी गर्नुपर्नेमा जोड दिएका हुन् । मन्त्री अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई सरकारले दिएको ६० करोड ऋण किसानकै हातमा जानुपर्नेमा जोड दिए । मुलुकलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन दुग्ध सहकारीहरूको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए । मन्त्री अधिकारीले दुग्ध किसानले भोगेका समस्याहरूमा आफू जानकार रहेको र समस्या समाधानमा मन्त्रालय लागि परेको उल्लेख गरे । देशभरका ६४ जिल्लामा १८ सय ७५ वटा दुग्ध सहकारी संस्थानहरु रहेको र वार्षिक १० अर्ब रुपैयाँको कारोबार हुने गरेको केन्द्रीय दुग्ध सहका...
जुम्लाका मौरी विषादी र कुपोषणले मरे

जुम्लाका मौरी विषादी र कुपोषणले मरे

कृषि, ताजा समाचार
२८ भदौ, जुम्ला । व्यावसायिक रुपमा पालिएका मौरी मर्न थालेपछि ललितपुरस्थित मौरी विकास केन्द्रको टोली जुम्ला आएर अनुसन्धान गरेको छ । किसानका घार, मौरी पालन गरिएको स्थानको वस्तुस्थिति र मर्नुको कारणबारे अनुसन्धान गरी मौरीपालन किसान, केन्द्रका विज्ञको समूह र जिल्लाका सरोकार भएका निकायबीच आज भएको अन्तरक्रिया कार्यक्रममा परिजीवी, विषादी, कुपोषणलगायत समस्या देखिएकाले मौरी मरेको केन्द्रका प्रमुख एवं मौरीविज्ञ तीर्थकुमार श्रेष्ठले बताए । उनले जुम्लामा पालन गरिएका मौरी पोलाको माथिलो भागमा हुनुपर्ने जति मह नभएकाले मरेका जानकारी दिए । मौरीपालक किसानका घार हेर्दा पोलाको माथिलो भागमा हुनुपर्ने जति मह नभएपछि मौरी मरेको हो । ‘कुटमा पोषण हुन्छ, कुट नै नभएकाले मौरी मरेका हुन्’, श्रेष्ठले भने । पोला कमजोर हुने बित्तिकै मौरी नासिने अवस्थामा पुग्ने भएकाले पोला बलियो बनाएर पोषणयुक्त बनाउन किसानले विशेष ...
अनुकूल वर्षाले महोत्तरीमा लहलहायो धान

अनुकूल वर्षाले महोत्तरीमा लहलहायो धान

कृषि, ताजा समाचार
२० भदौ, महोत्तरी । यसपालि साउन मध्ययता भइरहेको अनुकूल वर्षाले धानखेतीका किसान खुसी छन् । असारसम्म राम्ररी पानी नपर्दा ढिलो रोपाइँ सकेका यहाँका किसानलाई साउन मध्ययताको दुई/तीन दिनको फरकमा परिरहेको पानी ‘अमृत’ झैं बनेको छ । समयसमयको वर्षाले साउन मध्यताकाको रोपो पनि लहलहाएको देख्दा किसान यसपालि अपेक्षित धान फल्ने आशमा छन् । महोत्तरीसहितका मधेशका अधिकांश ठाउँमा बुधबार रातिदेखि परेको पानी धानबालीलाई अनुकूल भएको किसानको भनाइ छ । ‘असारमा पानी नपर्दा रोपाइँ अलि ढिलो भयो, तर साउन मध्यताका रोपिएको धानलाई भने त्यसयताको अनुकूल वर्षाले मद्दत गरेको छ’, भंगाहा–४ का ८० वर्षीय किसान दीपबहादुर फुयाँल भन्छन्, ‘भदौ लागेदेखि नै धानका लागि अनुकूल वर्षा भइरहेको छ, यसपालि धानबाली राम्रो भित्रिने आश जाग्यो ।’ साउन मध्ययता परीरहेको पानीले रोपोलाई हलक्क बढाएको फुयाँल बताउँछन् । भदौ तेस्रो साता चल्दै गर्दा अ...
मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो

मुस्ताङको स्याउ भदौमा नै पाक्न थाल्यो

कृषि, ताजा समाचार
म्याग्दी । विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । “पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो”, ७९ वर्षीय हिराचनले भने, “यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ । स्याउ पनि १५–२० दिनअघि नै पाक्न थालेको छ ।” घरपझोङ गाउँपालिका–३ स्याङका किसान कर्मा गुरुङको पनि हिराचनको जस्तै अनुभव छ । व्यावसायिक स्याउखेती गर्दै आएका हिराचन र कर्मामात्र नभएर मुस्ताङका सबैजसो किसान यसपालि विगतको तुलनामा स्याउ छिटो पाकेको बताउँछन् । तापक्रम वृद्धि र मौसम परिवर्तनका कारण स्याउ छिटो पाकेको किसान तथा कृषि प्राविधिकको भनाइ छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत नेत्र भट्टले गत हिउँदम...