Sunday, December 22

सुचना/संचार

Elit scripta volumus cu vim, cum no vidit prodesset interesset. Mollis legendos ne est, ex pri latine euismod apeirian. Nec molestie senserit an, eos no eirmod salutatus.

नेपालमा टिकटक दर्ता, मेटा र एक्सलाई पनि सरकारले लेख्यो पत्र

नेपालमा टिकटक दर्ता, मेटा र एक्सलाई पनि सरकारले लेख्यो पत्र

ताजा समाचार, सुचना/संचार
२१ कात्तिक, काठमाडौं। टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटकमाथिको प्रतिबन्ध हटेको थियो । सोही शर्तअनुसार टिकटकले सबै प्रक्रिया पूरा गरेर निवेदन दर्ता गरेपछि टिकटक नेपालमा दर्ता भएको हो । यसअघि भाइबर र विटल्क नेपालमा दर्ता भएका थिए । टिकटकट नेपालमा दर्ता भएको तेस्रो सामाजिक सञ्जाल हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त टिकटकले स्वीकारेको छ । टिकटकमार्फत हुने साइबर अपराध नियन्त्रणमा सघाउन पुर्‍याउन समेत टिकटक तयार भएपछि दर्ता भएको हो। सामाजिक सद्भाव खलब...
रुसले गुगलमाथि लगायो यतिधेरै जरिवाना

रुसले गुगलमाथि लगायो यतिधेरै जरिवाना

ताजा समाचार, सुचना/संचार
मस्को । सन २०२२ देखि रुस एकैसाथ दुई मोर्चामा युद्ध लडिरहेको छ । युक्रेनसँग हतियारको साथमा प्रत्यक्ष लडिरहेको छ भने अमेरिकासँग उसको आर्थिक युद्ध चलिरहेको छ । युक्रेनसँगको युद्ध सुरु भएदेखि नै अमेरिकाले रुसमाथि एकपछि अर्को गर्दै नाकाबन्दी लगायो । यस पटक रुसले अमेरिकी कम्पनीलाई निशाना बनाएको छ । रुसले अमेरिकाको सबैभन्दा ठुलो कम्पनी गुगललाई यति ठुलो जरिवाना लगाएको छ कि त्यो रकम यो संसारमा समेत छैन । हो तपाईँले सत्य कुरा पढ्दै हुनुहुन्छ । रुसी अदालतले गुगललाई तिराएको जरिवाना रकमको जिरो गन्दा गन्दै तपाई पनि थाक्नु हुनेछ । रुसी अदालतले आफ्नो आदेशमा गुगललाई २ दशमलव ५ डेसिलियन डलर जरिवाना तिर्न आदेश दिएको थियो । यो रकम यति धेरै हुन्छ कि पूरै पृथ्वीभरको पैसा थुपार्दा पनि त्यस्तो रकम पुग्दैन । डेसिलियनको हिसाब गर्न अमेरिकी गिन्तीमा १ को पछाडि ३८ वटा जिरो राख्नु पर्छ । बेलायती गन्तीमा भने १ को पछा...
आईओएस १८ मा आइफोनको होमस्क्रिन कसरी कस्टमाइज गर्ने ?

आईओएस १८ मा आइफोनको होमस्क्रिन कसरी कस्टमाइज गर्ने ?

ताजा समाचार, सुचना/संचार
एप्पलले आफ्नो नयाँ आइफोन अपरेटिंग सिस्टम आईओएस १८ मा आइफोनको होमस्क्रिनलाई आफ्नो रुचि अनुसार कस्टमाइज गर्ने गज्जबको नयाँ अप्सन उपलब्ध गराएको छ । यसमा प्रयोगकर्ताले होमस्क्रिनमा विजेटहरुको आकारलाई सानो ठूलो बनाउने, एप आइकनको रंङग परिवर्तन गर्ने र स्क्रिनमा आइकनलाई स्वतन्त्र ढंगले मिलाउन सक्दछन् । यो कस्टमाइजेसन फिचरले आइफोन प्रयोगकर्तालाई आफ्नो आइफोनको लुक्स तथा आइफोन चलाउने अनुभूतिमा अभूतपूर्व नियन्त्रण प्रदान गर्दछ । आईओएस १८ मा होम स्क्रिन कस्टमाइजेसन अप्सन यसमा निम्न सुविधा रहेका छन् : विजेटको साइज तथा स्थान परिवर्तन गर्ने एप आइकनको रङ तथा थिम परिवर्तन गर्ने सफा लुक्सका लागि एपको लेबल हटाउने होमस्क्रिनको पृष्ठभूमिलाई गाढा वा फिक्का बनाउने होमस्क्रिनलाई कसरी कस्टमाइज गर्ने ? १. विजेट्स थप्न तथा साइज मिलाउन एप आइकनमा केहीबेर थिच्नुहोस् पप अप मेन्यूबाट विजेटको साइ...
चीनका कान्छा अन्तरिक्षयात्री पुगे अन्तरिक्ष

चीनका कान्छा अन्तरिक्षयात्री पुगे अन्तरिक्ष

ताजा समाचार, सुचना/संचार
बेइजिङ । तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ अन्तरिक्ष यान अन्तरिक्षमा पुगेको छ । ६ घण्टा भन्दा बढी समयको यात्रापछि शेन्चाउ १९ अन्तरिक्ष स्टेसनमा पुगेको थियो । तीन जनाको सो समूहमा चीनकी पहिलो महिला अन्तरिक्ष इन्जिनियर पनि छिन् । एक जना भने चीनको अहिलेसम्मकै कान्छा अन्तरिक्षयात्री हुन् । ६ महिनासम्म ती तीन जना चीनको आफ्नै अन्तरिक्ष स्टेसनमा बस्नेछन् । यस क्रममा केही परीक्षण र स्पेश वाक गरिनेछ । चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री उतार्ने मिशनमा काम गरिरहेको छ । यसअघि उसले अन्तरिक्षमा पर्याप्त अनुभव र ज्ञान बटुल्न खोजिरहेको छ । चीनले शेन्चाउ १९ लाई पूर्णतः सफल घोषित गरेको छ । यतिबेला चीनले अन्तरिक्षमा अमेरिकी प्रभुत्व तोड्ने प्रयास तीव्र पारिरहेको छ । गोबी मरुभूमिबाट चीनले शेन्चाउ १९ प्रक्षेपण गरेको थियो । यस क्रममा सयौँ सर्वसाधारण प्रक्षेपणस्थलमा उपस्थित थिए । २ वर्ष अ...
ग्यालेक्सी एस२४ एफईको लन्च, मूल्य ९४ हजार ९९९ रुपैयाँ

ग्यालेक्सी एस२४ एफईको लन्च, मूल्य ९४ हजार ९९९ रुपैयाँ

ताजा समाचार, सुचना/संचार
काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्यको रूपमा ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ । सो मोबाइलमार्फत प्रयोगकर्ताहरूले प्रिमियम मोबाइल अनुभवहरू प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी एआईको फोटो असिस्टको प्रयोगद्वारा ग्यालेक्सी एस२४ एफईले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकतालाई प्रदर्शन गर्ने क्षमता दिने कम्पनीको भनाइ छ । यसमा ६.७ इन्चको डायनामिक एमोलेड २ह डिस्प्ले, लामो समयसम्म चल्ने ४७०० एमएएच ब्याट्री, र शक्तिशाली एक्सिनो २४००इ सिरिज चिपसेट रहेका बताइएको छ । ग्यालेक्सी एस२४ एफई नीलो र ग्रेफाइट रङ्गहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसको मूल्य रु.९४ हजार ९९९ बाट सुरु हुनेछ । साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाको साथमा यो नयाँ फोनलाई ०% ब्याज दरमा रु.४,७५० महिनादेखि सुरु हुने गरी...
डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छः प्रधानमन्त्री ओली

डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छः प्रधानमन्त्री ओली

ताजा समाचार, सुचना/संचार
काठमाडाै। प्रधानमन्त्री केपी शर्मा ओलीले दूरदराजका क्षेत्रमा सञ्चार सम्पर्क विस्तार गर्ने क्रममा डिजिटल कनेक्टिभिटीका क्षेत्रमा नयाँ युगको सुरुआत भएको बताएका छन् । वर्तमान सरकारको एकसय दिने कार्यसम्पादनका उपलब्धि सार्वजनिक गर्दै आज प्रधानमन्त्री ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्रालयले सम्पन्न गरेको ‘फाइबर टु द होम’ (एफटिटिएच) सेवा विस्तार महत्वपूर्ण उपलब्धिका रुपमा रहेको उल्लेख गर्नुभयो । “हुम्ला एक मात्र यस्तो जिल्ला थियो, जहाँ ‘एफटिटिएच’ सेवा अझै पुगेको थिएन । गत भदौदेखि यो सेवा सञ्चालनमा आएसँगै मुलुकका ७७ वटै जिल्लामा यसको पहुँच पुर्‍याएका छौँ”, उनले भने् । @ग्लोबल आवाज...
‘स्न्यापच्याट’ बन्दै गइरहेको छ व्हाट्सएप, फिल्टरसहितको क्यामरा इफेक्ट परीक्षणमा

‘स्न्यापच्याट’ बन्दै गइरहेको छ व्हाट्सएप, फिल्टरसहितको क्यामरा इफेक्ट परीक्षणमा

ताजा समाचार, सुचना/संचार
काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएप बिस्तारै स्न्यापच्याट बन्दै गइरहेको छ । ह्वाट्सएपले विगत केही महिनादेखि स्न्यापच्याटसँग मिल्दोजुल्दो फिचरहरू ल्याइरहेको छ । अब कम्पनीले एकैसाथ कयौ नयाँ फिचरहरू परीक्षण गरिरहेको छ जुन पूर्ण रूपमा स्न्यापच्याटसँग मिल्दोजुल्दो भएको बताइएको । रिपोर्टका अनुसार कम्पनीले व्हाट्सएपमा क्यामेरा इफेक्ट उपलब्ध गराउने तयारी गरिरहेको छ र यसको परीक्षण पनि भइरहेको छ । नयाँ अपडेट पछि व्हाट्सएपमा कयौं क्यामेरा इफेक्टहरू उपलब्ध हुनेछ । यसबाहेक, फिल्टरहरू पनि उपलब्ध हुनेछन् । पृष्ठभूमिका लागि पनि अनेक विकल्पहरू उपलब्ध हुनेछन् । प्रयोगकर्ताको अनुहारका लागि मात्रै पनि धेरै इफेक्ट र फिल्टरहरू ल्याइनेछ । यी सबै सुविधाहरू भिडियो कलिङको समयमा उपलब्ध हुनेछन् । फचर ट्र्याकर डब्ल्यूएबेटाइन्फोको रिपोर्टका...
हुन्डाई मोटर्सको ‘ब्रान्ड भ्यालु’ २३ अर्ब डलर

हुन्डाई मोटर्सको ‘ब्रान्ड भ्यालु’ २३ अर्ब डलर

ताजा समाचार, सुचना/संचार
काठमाडौं । दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डाईको ‘ब्रान्ड भ्यालु’ २३ अर्ब अमेरिकी डलर (३० खर्ब ८२ अर्ब रुपैयाँ बराबर) भएको छ । यो ब्रान्ड भ्यालुले कम्पनी संसारकै ३०औं ठूलो ब्रान्डभित्र पर्न सफल भएको हुन्डाईले जनाएको छ । इन्टरब्रान्ड्सले तयार पारेको ‘बेस्ट ग्लोबल ब्रान्ड्स २०२४’ मा हुन्डाई परेको हो । हुन्डाईका अनुसार यो सफलताले कम्पनीको ब्रान्ड भ्यालु पछिल्लो पाँच वर्षमा ६३ प्रतिशतका दरले बढेको पुष्टि भएको छ भने लगातार दोस्रो वर्ष सफलता श्रेणी बढेको हो । अघिल्लो वर्ष ३६औं स्थानमा रहेको हुन्डाई यो वर्ष ३० मा परेको हो । ब्रान्ड भ्यालु लगातार १४ वर्षदेखि वृद्धि हुँदै आएको कम्पनीको भनाइ छ । हुन्डाई मोटर्सको ब्रान्ड भ्यालु बढ्नुका प्रमुख कारकमा यसको ब्रान्ड भिजन ‘मानवताका लागि उन्नति’ रहेको उसको भनाइ छ । त्यसैगरी हुन्डाईको आयोनिक ५ गाडीले सन् २०२४ को ‘वल्र्ड पर्फर्मेन्स क...
नि:शुल्क सेवा दिएर पनि ह्वाट्सएपले कसरी कमाउँछ पैसा ?

नि:शुल्क सेवा दिएर पनि ह्वाट्सएपले कसरी कमाउँछ पैसा ?

सुचना/संचार
जोई क्लाइनमन, बीबीसी। पछिल्लो २४ घण्टामा मैले १ सय भन्दा धेरै ह्वाट्सएप मेसेज गरेँ । त्यसमा अधिकांस दैनिकीकै कुराहरु थिए । मैले परिवारसँग योजना बनाएँ, सहकर्मीहरुसँग कामका बारेमा कुराकानी गरेँ। केही साथीहरुलाई समाचार पठाएँ र साथीहरुसँग हँसिमजाक र ख्यालठट्टा पनि गरेँ । ह्वाट्सएपमा हुने सामान्य कुराकानीहरु पनि इनक्रिप्टेड हुन्छन् । त्यसका लागि ह्वाट्सएपका शक्तिशाली कम्प्युटर सर्भर हुन्छन्, जो विश्वका विभिन्न डाटा सेन्टरहरुमा राखिएका छन् । यो कुनै सानोतिनो सञ्चालनको काम होइन । यसका लागि ठूलो कार्यसञ्चालनको आवश्यकता पर्दछ । उक्त प्लाटफर्ममा करीब ३ अर्ब प्रयोगकर्ता छन् । तर कोहीपनि मानिसले ह्वाट्सएप प्रयोग गर्नका लागि पैसा खर्च गर्नु पर्दैन । त्यसोभए ह्वाट्सएपको कमाई कसरी हुन्छ त ? सबैभन्दा पहिले त ह्वाट्सएपलाई आफ्नो मूल कम्पनी मेटाको साथ छ, जोसँग फेसबुक तथा इन्स्टाग्रामको पनि स्वामित्व...
चीनले बनायो सबैभन्दा छिटो दगुर्ने रोबोट

चीनले बनायो सबैभन्दा छिटो दगुर्ने रोबोट

ताजा समाचार, सुचना/संचार
बेजिङ । चीनले विश्वकै सबैभन्दा छिटो दगुर्ने रोबोट बनाएको छ । रोबोट एरा नाम गरेको कम्पनीले स्टार१ रोबोट बनाएको छ । यो रोबोट अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनीले बनाएको अप्टिमस रोबोटभन्दा पनि छिटो दौडिने बताइएको छ । यो रोबोट प्रतिघण्टा १३ किमीको दरले दौडिन सक्छ । यो यसको सबैभन्दा उच्च गति हो । रोबोट ५ दशमलव ६ फिट लामो छ भने यसको तौल ६४ केजी रहेको छ । स्टार१ रोबोटले युनिट्रीको एच१ रोबोटको रेकर्ड तोडेको छ । सन् २०२४ को मार्चमा प्रतिघण्टा १२ किमीका दरको गतिमा दौडिएर सो रोबोटले नयाँ रेकर्ड बनाएको थियो । स्टार१ रोबोट विश्वमै सबैभन्दा छिटो दगुर्ने रोबोट मेशिन भएको दाबी कम्पनीले गरेको छ । कम्पनीले यसको एउटा प्रोमोशनल भिडियो पनि शेयर गरेको थियो । मरुभूमिमा परीक्षण भिडियो चीनको गोबी मरुभूमिमा खिचिएको हो । यसमा दुई वटा स्टार१ रोबोट जुत्ता लगाएर एक अर्कासँगै दौडको बाजी लगाइरहेका देखिन्...